लाइफ इन्सुरेन्स लिई सक्नु भयो — अब के गर्ने ?

(लाइफ इन्सुरेन्सको कथा सकिसकेको छैन — अहिलेलाई सामान्य अनुभब र अध्ययनबाट जम्मा परेको यो जानकारी)

लाइफ इन्सुरेन्स लिनु. आफैमा नराम्रो होइन — बुझ्नु पर्ने के छ भने तपाईँको लाइफ इन्सुरेन्समा के छ?

लाइफ इन्सुरेन्स एकदमै “कम्प्लीकेटेड” विषय हो त्यसैले लाइफ इन्सुरेन्स लिई सक्नु भएको छ भने,

१. तुरुन्तै आफ्नो एजेन्टलाई फोन गरेर आफूले लिएको इन्सुरेन्स के कस्तो हो ? त्यो बुझ्नुहोस्।

२. हरेक महिना तिरेको प्रिमियम कहाँ जान्छ? के कतै सेभिग छ? कहिले आउछ फिर्ता ?

३. आफूले. तिरेको प्रिमियम अत्यन्तै महँगो पो छ कि? कसरि कम. गर्न सकिन्छ बुझ्नुहोस्!

४. इन्सुरेन्स बेच्नेहरु व्यापारी नै हुन् — — अरू व्यापारी सँग पनि बुझ्नुहोस्।

५. र अन्त्यमा तपाईँलाई पूर्ण जानकारी नदिई, वा गलत जानकारी दिएर, झुक्काएर इन्सुरेन्स बेचेको लाग्छ , तपाईँ पीडित हुनु भएको जस्तो लग्यो भने सम्बन्धित इन्सुरेन्स कम्पनीमा फोन गरेर कम्प्लेन गर्नुहोस वा

डिपार्टमेन्ट अफ फ़ाइनसियल सर्भिसको यो टोल फ्रीमा फोन गरेर पनि कम्प्लेन लेखाउन सक्नु हुन्छ

(800) 342–3736

वा यो वेब साइटमा जानुहोस ।

http://www.dfs.ny.gov/consumer/fileacomplaint.htm

लाइफ इन्सुरेन्स लिनु भएको छैन? लाइफ इन्सुरेन्स एजेन्ट्सले थाहा पाउलान है ! शान्त भएर बस्नुस् !