आज Vs भोली
भोली : हजारौं हजार वर्षपछि कसैले सम्झन्छ कि नाँइ?
आज : अइले कसैले सम्झन्छ?
भोली : पछि, तिमीलाई तिम्रो शब्द र बोलीमा पछ्याउनेहरू हुनेछन्?
आज : अइले "हो मा हो" थाप्नेहरू चटक्कै भोली नै तिम्रो विरोध गर्न के बेर? मलाई पछि पछिको ज्ञान छैन ।
भोली : पछि, तिमीलाई "तिमी" नभए पनि तिमीलाई सम्मान बोल्नु आवश्यक छ?
आज : मेरा पछाडि कुरा नकाटुन्, दुरुस्तै अगाडि मेरै बारे, बोलून् - अइले नै ।
भोली : अनि, तिमीलाई सय वर्षपछि सम्झेलान् कि नाँइ?
आज : अइले कसले - कतिले सम्झिन्छ?
भोली : तिम्रो अस्तित्व बिनै तिम्रो तारिफ होस् कि नाँइ?
आज : बोल्नेहरूले म बाँच्दै राम्रो मानून् । म अइले राम्रो हुन्छु ।
भोली : त्यसो भए मरे पछि पनि वैचारिक अस्तित्व मर्छ, स्याल मरे झैँ, बिरालो मरे झैँ ।
आज : किन कसैले सम्झि दिन पर्यो? म अइले मात्र छु । म अइले मात्र छु । मेरो बोली अइले सुनून् ।
भोली : निरन्तर नदि जस्तै हुनु छ । आकाश जस्तै उच्च फराकिलो हुनु छ ।
आज : मलाई आज बाँच्नु छ । सदा कसलाई मान्नु ? म जन्मनु अघि आकाश देखेको थिइँन, नदी थिएनन् । मेरो चेतना आज हो । म आज छु ।
भोली : जीवन केलाई मात्र पो साँच्छौ? सदा बाँचिरहने सोच … सदा रहिरहन सोच ।
आज : म आज छु । म हुन्जेल आज मर्दैन । आज - नहोला कुनैदिन, नहोस् ।
भोली : त्यसो भए सदा मलाई किन पछ्याइरहन्छौँ?
आज : तिमी म बन्न आतुर छौ । तिमी म मा बिलिन छौ । भोली छैन । म छु । आज छु । आज मात्र छ ।