“कम्प्युटर भनेको यस्तो चिज हो जहाँ धेरै कुरा एकैचोटी गर्न मिल्छ जस्तै गीत सुन्न २ ३ वटा एकैचोटी, गेम खेल्न, फोटो हेर्न। हो!!! धेरै काम एकैचोटी!” कुरो ८-९ बर्ष अगाडिको हो मेरो आदरणिय पारस दाईले मलाई सुनाउनु भयो! म अचम्मित् भएँ, के होला त्यो कम्प्युटर? हेर्न एकदम मन लाग्यो! मलाई लाग्यो एकैछिन आँखा चिम्लेर बस्छु अनी आँखा खोल्दा त्यो अचम्मको कम्प्युटर मेरै अगाडि आइदियोस्! सुन्दै अचम्म लाग्यो, तर अफसोच मेरो चाहना पुरा हुन पाएन, शायद यदी त्यो बेला कम्प्युटर मेरो साथ भएकोभए धेरै सिक्थेँ होला,कति धेरै माया गर्थेँ होला। त्यसपछी ९-१० मा पढ्दा साथीहरुको घरमा कम्प्युटर हुन्थ्यो तर चलाऊन डर लाग्ने, कतै बिग्रने पो हो कि? चलाऊदा Mouse control समेत नहुने, सोचेँ यस्तै हो मुसाको जात। एस.एल.सी पछिको छुट्टीमा कम्प्युटर सिक्न गइयो तर चलाऊन न आउने। साथीहरु कहाँ पुगिसक्दा पनि आफु सुरुमै अड्किने! के को सिक्नु नि? फुस्सा!!!!!

११-१२ त कम्प्युटरको क पनि चलाइएन, जब १२ पछि ईन्जिनियरिङ पढ्ने बेलामा सोँच आयो, मेरो बाल्यकालको सपना पुरा गर्नु छ भने मैले कम्प्युटर ईन्जिनियरिङ नै पढ्नुपर्छ, सोही अनुरुप कम्प्युटर ईन्जिनियरिङ नै छनियो। क्लासमा पहिलो दिन नै अगाडिको सिटमा नै बसियो,सोचेँथे आज कम्प्युटरको बारेमा केही भन्लान्, तर उही त ho नि कम्प्युटर “C” पनि उच्चारण भएन। तर जब ल्याप्टप किनियो, तेस्पछी त कामै त्यै, आहा!!! कति रमाइलो!! अब त Mouse पनि आफुले भनेको ठाउँ तिर जाने। अलि अलि चाहिने कुरापनि सिकियो C,C++,Java,Android etc.. बोरिङ्ग र अनाबस्यक जस्ता लाग्ने classहरु काट्दै आज यो क्षणमा अाइपुगेकोछु, एउटा Software Company मा Intern गर्दैछु, मन प्रफुल्ल छ, घुम्ने कुर्चिमाथि म बढ्न बिर्सेंको मान्छे बसिराछु, सम्पत्तिको नामको त्यै ल्याप्टपNon-Stop ७-८ घण्टा हेरेको हेरेकै छु,Android मोबाईलको लागि program लेख्दैछु,। अहँ म पटक्कै सफल भएकोछैन, त्यो एकदम सहि कुरा हो तर म असफल पनि पक्कै छैन। त्यो दिन, त्यो समय पक्कै टाढा छैन “आँखा चिम्लनेछु र सोच्छु “हो म आज साच्चै सफल भएको छु, Yes i Did It!!” अनि मेरो Mummy र बुवाको फोन आउनेछ र सुन्नेछु “स्याबास छोरा! “