यात्रा अनुभव: “तपाई ले हामीलाई पढाउनु न।”

Narayan Kandel
Jul 18, 2018 · 6 min read

June 15, 2018

राराबाट जुम्ला फर्किने बेला एक दिन मुगु को सदरमुकाम गमगढी बसे। राराबाट ७ बजे हिडेर ९ बजे गमगढी पुगेको थिए। खास मा २-३ घण्टा गमगढी घुमेर सिन्जा उपत्यकामा बस्ने सोच थियो।तेहा पुग्ना साथ सिन्जातिर जाने गाडीको बारेमा बुज्दा अहिले जान आटेको गाडी नै अन्तिम भन्ने थाहा पाए। यहाँ आएपछि गमगढी नघुमी त के जानु। असारे झरीले हिलाम्य बनाएको बाटो अनि बेला बेलामा चर्किने घाम तथा २ दिनको निरन्तर हिडाईले थाकेको जिउले गर्दा गाडी गुड्ने बाटोमा पनि हिड्न जागर आएन। अनि तेही बस्ने निर्णय गरे।

साझपख नँया बाटोमा (भर्खर खुलेको मोटर बाटो) हिडी केहि पर सम्म जाने सोची हिड्न थाले।गाडी हिड्ने एक मात्र बाटो भएर हो कि किन हो बाटोमा बालबालिकाहरुको खुब चहलपहल थियो। कोई आफु भन्दा पनि बढी किलो को काठ बोकेर हिडिरहेको थिए त कोइ साथीसाथी कुम जोडेर हिडिरहेका। एउटी दिदि भाई लाई पिट्दै थिइन्।भाईले जिस्क्याए पछि। कोइ घरमा कराउने बाजा बजाई बसिरहेको।कोइ चाई आमाहरुसंग बजार आए जस्तो।सबै आफ्नै-आफ्नै तालमा।

भमरा ग्यांग
भाई गिज्याउने अनि दिदि पिट्ने
बेस्ट friend
आफु भन्दा नि बढी तौल बेकेर हिडिरहेका २ भाईहरु
बाजा बजाउदै बसेको भाई
आमाहरुसंग बजार आएका बालबालिकाहरु

एउटा साना भाई बहिनिहरू को gang चाई बाटो छेउको बोटको फुल टिपेर रस चुस्दै रमाई रहेका थिए। एक जना चाई निडर नाइके। भिरमा गई फुल टिप्ने। आफुले फुल को रस चुस्ने। अनि माथि रहेका साथीहरुलाई पनि नया फूल दिने टिपेर। रस चुस्न को लागि। माथिका साथीहरु चाई नसकेर नगएका। भिरालो जमिनमा फूल टिप्नको लागि।

भमरा ग्यांग
फुल को रस चुस्दै भमरा ग्यांग को नाइके
भमरा ग्यांगको सहायकहरु

अर्को gang चाई ट्रिपर ले उडाउने धुलोमा रमाई रमाई नाचिरहेका थियो।

उता एफ. एम. को गीतमा बालुवा माथि नाच्ने भाई बहिनिहरुको नाच पनि निकै रमाइलो थियो। मैले निकै पछि होला यति धेरै gang देखेको।

एफ. एम. को गीतमा नाच्दै बसिराको डान्सर ग्यांग

सबै सानो सानो टिममा रमाइलो गरिरहेका। आजकल गाउ/सहरमा धेरै जस्तो भाई बहिनिहरु स्कुल को होम वोर्क ले गर्दा हो कि। अथवा मोबाइल अनि टि. भी. मा बेस्त भएर हो। अथवा पहिला जस्तो धेरै बाल बच्चा नजन्मिने भएर हो। अथवा म धेरै नघुम्ने भएर हो। यति धेरै बच्चाहरु एउटै बाटोमा यसरी खेलेको देखेको सम्झना थिएन। बाटो हिड्दा पनि रमाइलो लागि राखेको।

बाटोमा हिडीराख्दा खेलिराखेका भाई बहिनिहरुसंग बात गर्दै हिडिरहेको थिए म । यतिकैमा खरायोलाई घाँस टिप्दै गरेका दुई बहिनिहरु संग भेट भयो।

खरायोलाई घास टिप्दै बहिनिहरु

सिस्नु जस्तै केई नंया खाने कुरा पो टिपेका छन कि? भन्ने सोचेर मैले सोधे

म : के टिपेको बहिनि ?

बहिनि : खरायोलाई घास।

म: कति मा पढ़छेउ तिमीहरु ?

बहिनि: दुवै जना ३ मा।

म: (हास्दै) म तिमीलाई maths को multiplication सोदम ?

बाटोमा भेटेका भाईबहिनिहरुलाई प्रश्न सोध्धै, मिलाएमा चकलेट दिने गर्थे। अहिले चकलेट त थिएन तर पनि सोध्न मन लाग्यो।

केहि बेर प्रश्न उत्तर गरेपछि म अगाडी को गाउ बारेमा सोधेर अघि बढे। अगाडी गई, पहाड अनि परको गाउको फोटो खिचेर फर्किदा पनि बहिनिहरु घास टिप्दै रहिछन।

खोला, पहाड र गाउ

अनि फेरी कुराकानी गर्न थाले।

म: कति ओटा खरायो छन् तिम्रो ? धेरै पो टिप्यौ त घास।

बहिनि: १२ वटा

म: कसरी पर्छ खरायो लागि।

बहिनि: जोडी को २००० ठुलो को सानो को १५०० जति (जस्तो लाग्छ)

म: अनि तिमिहरु पछि के बन्ने केहि सोचेको छउ त ?

बहिनि: खै थाहा छैन।

म: अहिले कति वर्ष को भयौ?

बहिनि: ११

अगाडी एउटा साहुनीसंग कुरा गर्दा १६, १७ वर्ष तिर बिहे भएको भन्नु भएको थियो। पढ्ने समय कति छ? भन्ने थाहा छ, छैन भनेर पढाई र बिहे को कुरा जोडी प्रश्न सोध्न थालेे

म: यतातिर कति वर्षमा बिहे हुन्छ प्राय ?

बहिनि: खै थाहा छैन।

म : २०, २५, ३०?

बहिनि: २० अघि नै बिहे हुन्छ धेरै को।

म: बिहे पछि पढ्ने कतिको हुन्छन?

बहिनि: खासै हुदैनन्।

म: भनेपछि तिमिसंग पढ्नको लागि बढीमा ९ वर्ष सम्म छ हैन?

बहिनि: (मुस्कुराउदै) तेस्तै होला।

म: लगातार पढ्यौ भने १२ कक्षा सम्म पढ्न भ्याउछेउ भने पछि। तेती ले पुग्छ त ?

बहिनि: खै?

म: आमा बुबाले पढ्नु भएको छ?

बहिनि: छैन।

म: पढ्न चाही किन पर्छ थाहा छ ?

बहिनि: ठुलो मान्छे बन्न।

रटान को जवाफ जस्तो लागेर फेरी सोधे

म: नपढे को मान्छे ठुलो बन्दैनन् त ?

बहिनि: बन्छन।

म: अनि किन पढने त ?

बहिनि: खै

म: तिम्रो बुबा आमा ले गरे जस्तो दुख नगरी अफिस मा काम गरेर खान पाइन्छा नि हैन धेरै पढेपछि।

बहिनि: हो।

म: जति धेरै पढ्यो उति धेरै पैसा कमाइञ्छ। अनि अरुले नि सम्मान दिन्छन धेरै पढे पछि। सरकारी अफिस मा काम गर्ने हरुलाई सबै ले धेरै सम्मान गर्छन होइन ? उनीहरु तेहा कसरि पुगे थाहा छ ?

बहिनि: धेरै पढेर।

म: ठिक भन्यौ। पछि घरमा बिहे गर्दिन भनेर कुरा गरे भने म यो बनेपछि मात्र बिहे गर्छु अथवा यति पढेपछी मात्र बिहे गर्छु भन्न सक्छौ त ?

बहिनि: (मुस्कुराईन मात्र )

एक छिन पछि

बहिनिले मुस्कुराउदै भनिन “तपाई ले हामीलाई पढाउनु न।”

“हुञ्छ। भई हाल्छ नि। बरु कहिले देखि पढ्ने। ” मलाई भन्न मन लागेको जवाफ। तर पनि आफ्नै बाध्यताले गर्दा त्यो भन्ने स्थितिमा म थिइन। अनि के भन्ने कसरी भन्ने जवाफ पनि आई रहेको थिएन। यतिकैमा लामो gap नराख्नको लागि एउटा काम चलाउ प्रश्न सोधे।

म: कहाँ पढ़छेउ ? यहि माथि हो ? (नजिकैको श्री महाकाली नमुना उच्च मा. बि. देखाउदै)

श्री महाकाली नमुना उच्च मा. बि. को एक भाग

बहिनि: हो

अझै पनि अघि को प्रश्न को जवाफ आइरहेको थिएन। अनि यतिकैमा काम चलाउ जवाफ दिए।

म: म त यहाँ घुम्न आएको हो बहिनि। भोलि फर्की हाल्छु। पढाउन त सक्दिन मैले।

बहिनि को त्यो प्रश्न पछि अरु प्रश्न सोध्न तिर ध्यान गएन। अनि म निस्किए।

केहि बाहिरका अनि बाकी यतैका शिक्षक शिक्षिकाहरु रहेको बताएकी थिइन् उनले मलाई। उनले किन मलाई पढाउन भनिन र मैले के भन्नु पर्थ्यो भन्ने कुरा आज यो ब्लग लेखिरहदासम्म नि सोचिरहेको छु।आफै लाई चित्त बुझ्दो जवाफ भने पाउन सकेको छैन अझै सम्म पनि।

नेपालमा कति बालबालिकाहरु होलान राम्रो स्कुल तथा पढने बाताबरण नपाएर बिच मै पढाई छोड्नु परेको? पढाई पछि आउने शु:ख भोग्न सुरु गरेको म राम्रो पढ्न पाए कति धेरै मानिस म जस्तो सुख भोग्न पाउने थिए होला।अनि मैले के गर्न सक्छु यस्ता बालबालिकाहरुको पढाईमा सहयोग गर्न ? भन्ने जस्ता अनेक कुरा मनमा आउने गर्छ खाली समय यतिकै बस्दा।अनि, पछि भबिष्यमा केहि गर्नुपर्छ भनि आफैसंग उधारो बाचा गरेर मनलाई शान्त बनाई बाकी काम गर्न तर्फ़ तल्लिन गर्ने गरेको छु। तर मलाई त्यो आग्रहले अहिले पनि बारम्बार घच्घचाई रहन्छ, “तपाइले हामिलाई पढाउनु न !”

July १८

अघिल्लो ब्लगहरु:

56

56 claps
Narayan Kandel

Written by

#DigitalNomad