मलेखु-भण्डारा पैदल यात्रा: संस्मरण

Sep 14–16, 2018

यात्रा अघि

“पैले पैले नौ डाडा पार गरेर काठमाडौँ जान्थ्यौ हामी” सानोछँदा गाउका हजुरबुवाहरुले काठमाडौँ जादाको अनुभब सुनाउनुहुन्थ्यो — “जंगल नै जंगल को बाटो।कतै कतै त बस्ने ठाउँ पनि नमिल्ने।”

म सोध्थें — “बाघ, भालु, सर्प केई आउदैन जंगलको बाटो हिड्दा?”

जंगल संग जोडिएको मेरो डर यसरी प्रकट हुन्थ्यो।

अस्ती रारा जादा पनि सुरुमा एक्लै जाने भनेर तम्सिएको म, पछि बाटोमा जंगल टन्नै पर्छ भनेपछि हचकिएको थिए। र पछि एक जना स्थानीय दाजुलाई लिएर गएको थिए। डर अहिले सम्म उस्तै छ भनम।

सानोमा हजुरबुवाहरुबाट सुनेजस्तै जंगलको यात्रा यो पटक जुर्यो, मलेखु कान्द्रांग गढी हुदै भण्डारा। प्रस्तावक हरि अङ्कल। अन्य सहभागी हामी ५ जना:

  • संघर्ष भट्टराई
  • प्रवेश आचार्य
  • सुमन सेढाई
  • महावीर विश्वकर्मा र
  • म नारायण कंडेल

जंगलसंग को डर यो पटक म मा थिएन। कारण : पहिलो, म एक्लै थिइन। दोस्रो हरि अङ्कल ले यस अघि हिडिसकेको बाटो थियो त्यो।

अहिले सम्म पहाड, हिमाल तिर मात्र पैदल यात्रा (Trekking) गरेकोले यो बाटो अलि फरक थियो मेरो लागि। पहाड बाट तराई (भित्रि मधेश) मा गएर टुंगिने। अनि तामांग र चेपांग जातिका बसोबास क्षेत्र हुदै जाने भएकोले पनि नया अनुभव हुने ठम्याई थियो।

Day 1: काठमाडौँ देखि मलेखु सम्मको गाडी यात्रा

भदौ २९ गते शुक्रबार ३ बजे कलंकी जम्मा भई मलेखु को लागी गाडी चढ्यौ ४ जना। म, महाबिर दाई , संघर्ष दाईहरि अङ्कल। सुमन जी धादिंङ बाट नै सामेल हुने कुरा थियो। प्रवेश जी मिटिङ ले गर्दा काठमाडौँ बाट पछि आउछु भन्नु भयो।

गाडी चढे पछि विभिन्न बिषयमा कुराकानी सुरु भयो। यहि क्रममा निस्कियो अर्गानिक खानेकुरा

“काठमाडौँ मा तामा पनि अर्गानिक भन्दै कालिमाटी भन्दा तेब्बर, चौबर पैसा हालेर किन्छन।मान्छेहरुले अर्गानिक tag लागेपछि जे पनि बढी पैसा तिरेर किन्न तयार हुन्छन” अङ्कल ले भन्नु भयो।
“काठमाडौँ का मान्छेहरु लाई अर्गानिक कुरा पच्दै पच्दैन” अघिल्लो सिट का एकजना दाई हामीतिर फर्केर बोले — “ मेरो अर्गानिक स्याउ किनेनन्। भारतिय र चाईनिज तिरै लागे सबै।”

५० वर्ष जति उमेरका झुस्स दारी फुलेका, जुम्लेली दाजु ले हाम्रो अर्गानिक खानेकुरा बारे चलिरहेको गफ सुनेर भन्नु भएको रहिछ । अचम्म लाग्यो उहाको कुरा। १ हप्ता अघि महाबिर दाई र म मिनभवनमा गएर ३/३ किलो जुम्ला को स्याउ र त्यताको दाल किनेर आएका थियौ। अङ्कल ले पनि केहि जुम्लेली भाईहरुलाई गएको ४-५ वर्ष देखि support गरिराको भन्नु भएको थियो। काठमाडौँ मा जुम्ला शब्द को marketing value राम्रो नै छ भन्ने हाम्रो सोच मा हानिएको झापड थियो त्यो। पछि कुरा बुझ्दा बेच्न दिएकोले घात गरेर उहाको स्याउ कुहिन पुगेको रहिछ।

सन्जोग भनौ, अङ्कल ले झोला मा १०-१२ ओटा जुम्लाको स्याउ राख्नु भएको रहिछ। राम्रो कुरा नपच्ने भनेकै मान्छे ले ल्याएको जुम्लाको स्याउ खानु भयो उहाले पछि। हाम्रो आग्रहमा। उहाको वाक कला बाट हामी प्रभावित भयौ। राम कृष्ण ढकाल ले गाएको गीत सुनाएर कसको गित चिन्नु हुन्छ? भनेर सोध्दा टाउको हल्लाउदै उहाले भन्नु भयो —“ स्वर चै राम कृष्ण ढकाल को जस्तो छ तर एस्तो स्वर धेरै ले निकाल्न सक्छन।” हामी मज्जैले हास्यौ।हो होइन भनेर जवाफ नदिने।जे मा पनि बीच को उत्तर दिने। जे होस् उहासंग को गफ गाफ ले बाहिर को जाम को पत्तो दिएन भनौ।८ बजे तिर मलेखु पुग्यौ।

मलेखु पुगेपछि अङ्कल को काका (पर्नुहुने) आउनु भयो। केहि छिन गफ गर्यौ। उहाले स्थानीय ठाउँमा गर्नु भएको समाजसेवा को काम हरु पनि सुन्ने अवसर पायौ। हरि अङ्कल संग को यात्रा को एउटा विशेष्ता नै भनौ। समाजका धेरै पाटा हरुको बारेमा सुन्ने बुझ्ने मौका पाइन्छ।होटेलमा मिठो खाना खायौ अनि सुत्न चाई अङ्कल को काका को घरमा गयौ।

Day 2 मलेखु — तापाङ्ग पैदल यात्रा

बिहान उठी अङ्कल ले बाटोमा बाढ्न भनेर ल्याउनु भएको मन्जन र ब्रस बाढ्यौ ६ भाग मा अनि लाग्यौ उकालो। क्यामेरा कोठा मै छोडेको रहेछु। २०-२५ मिनट हिडेपछि याद आयो। म फर्किएर क्यामेरा लिए। पहेलो माटो माथिको कच्ची सडक।सडक वरपरको हरियाली।

Kerung — Thori Track

डोको डालो अनि मोटरसाइकल मा तरकारी बोकेर बजार तर्फ़ बेच्न हिडेका मानिसहरु।बाटो छेउका राम्रा राम्रा फूलहरु, लटरम्म झुन्डिएका अम्बाहरु। र बिहान को मौसम। रमाइलो माहोल थियो हिड्न को लागि।

One of the beautiful Flower I saw on the Trail

यतिकैमा भाडा कुटी खेलिरहेका भाईहरुसंग भेट भयो।

Local Children playing bhadakuti
“तिमिहरु ले दात मझ्छौ कि नाई?” ब्रस र मन्जन बाडन सोध्यौ।
“अह” उनीहरुले भने।

सबैलाई ब्रुस र मन्जन दियौ। अनि माझ्न सिकायौ।

सबैले स्कुल जानै छोडिसकेको रहिछन। अहिले खेल्ने, बाख्रा चराउने, बस्ने रहिछन। किन छोडेको भनेर सोध्दा जवाफ आएन। एउटा भाई ले मुङ्ग्रो केरा खाइराको थियो। कहाँ बाट ल्याएको भनेर सोध्दा घर को रहिछ। घर सोधेर हिड्यौ। अघि घर मा पस्यौ। त्यो भाई को आमा हुनुहुदो रहिछ।

“तपाई फलानोको श्रीमती हो ? अनि उहा खोइ ?”(अघि बुबाको नाम सोधेको थियौ अनि confirm गर्न को लागि)
“त्यो मुर्दार लाई जेल राख्नु पर्यो। अर्की लिएर पेट्रोल पम्प मा बसेको छ।तेती सहयोग गर्न पर्यो सर ”.
“तल खेलिराको बच्चा हरु तपाइको को हो? उनीहरु ले खाएको केरा मन परेर किन्न आएको। ”
“हो सर ”
“अनि बच्चा लाई किन स्कुल नपठाएको ? ”
“ड्रेस किन्ने पैसा नभएर नि सर.”
“मलेखु को … कपडा पसल मा गएर मलाई फोन गर्नु।” (मैले अङ्कल को फोन नम्बर कागजमा लेखिदिए )

हामी केहि केरा किनेर अघि बढ्यौ। यतिकैमा अंकल ले खाना खान को लागि अघि फोन गर्नु भएको घर आयो। अङ्कल को पुरानो घर यतै रहिछ। लगभग गाउको सबैलाई चिन्नु भएको। मुख्य सडकबाट १० मिनट जति हिड्नु पर्ने, अनि एउटा सानो खोलो पनि तर्नु पर्ने रहिछ। तेहा पुगेर मिठो खाना खायौ। खाना खाएर उठदा एउटा डर थियो मन मा। धेरै खाना खाइयो अब हिड्न पो सकिने हो कि नै भन्ने। हल्का हल्का भाते निन्द्रा अनि दिउसो को घाम ले केहि गारो बनाए पनि बस्दै बस्दै हिडिरहेउ।

बाटोमा पर्ने पहिलो झोलुङ्गे पार गरेपछि बाहुन वस्तिबाट तामांग वस्तिसुरु भएको थियो।

“सुन्नुन, गढी जाने बाटो यहि हो?”
“कहाँ जान आट्नु भएको ?”
“भण्डारा जाने हामी। आज पुगिन्छ?”
“अहिले गाडी आउछ नि। तेसैमा जानु। ”
“होइन हिडेर जाने। ”
“तेसो भए आज त पुग्दैन तपाईहरु।”
“कहाँ पुग्छ त हामीहरु आज ”
“कसिएर हिड्नु भयो भने गढी सम्म पुग्नु होला। ”
“हामी त तापाङ्ग मा बस्ने भनेको।”
“तपाई हरु लाई गार्हो हुन सक्छ यहि पारा मा हिड्नु भयो भने। (बिहान हिड्न सुरु गरेको समय सोध्दै घडी हेरेर भन्नुभयो )”

बाटोमा भेट्ने हरु संग येस्तै संबाद गर्दै हिडी रहेका थियौ हामीहरु। धेरै जस्तो बाटोमा भेटिने बच्चा हरु स्कुल नजाने पायौ। जुम्ला मा ३-४ घण्टा हिडेर स्कुल जाने भेटेको मैले यहाँ नजिकै स्कुल हुदा पनि पारिवारिक कारण ले गर्दा स्कुल नजाने हरु रहिछन धेरै।

हिड्दै गर्दा अङ्कल ले २०४२ साल तिर १५ महिना जति पढाउनु भएको स्कुल छेउ पुग्यौ। तेही छेउमा बाटोमा टन्नै काक्रो हरु फलेका रहिछन। मन थाम्नै गारो हुने गरि। “दाई, दिदी” भनेर बोलाउदा केहि आवाज आएन माथि घरबाट। अनि अङ्कलले एउटा काक्रो टिप्नु भयो। उता परबाट चोर्यो चोर्यो जस्तै केहि शब्द गुञ्जियो। महाबिर दाजु को अनुहारमा पुरै आतिएको जस्तो भाव झल्किएको थियो। ठिक काम गरेनौ भनेर हो कि। अङ्कल ले चै अगाडिको पसल मा पैसा दिउला भनेर टिप्नु भएको रे । काक्रो साहु तल बारीमा रहिछन। एक छिन मा आए। हामीले उनलाई अघि को पसल मै भेट्यौ।काक्राको पैसा दियौ। छोप पिन्न लगाएर काक्रो खाएपछि अघि बढ्यौ।

View

गढी पुग्दा बेलुकीको ५ जति बजिसकेको थियो।

Team at Kandrang Gadi (Sangharsha dai, Narayan, Hari Uncle, Mahabir Dai, Suman Dai, Pravesh from left to right)

गढी भन्दा तल बाटोमा पहिरो गएको ले एक जना भाई लाई लिन भनेर पठाएका रहिछन बसन्त जी (हाम्रो आजको होस्टको ज्वाई) ले। उमेर १० वर्ष, कक्षा ५। साधारण बालकहरुको मा पनि राम्रो हो त्यो उमेरमा तेती पढ्नु। अझ पिछडिएको चेपांग जातिमा त कुरै नगरम। बोलि चाली पनि उमेर भन्दा माथिल्लो स्तर को थियो उसको।

भाईले बसन्त जी संग भेट गराएसी बिहान देखि गारो बनाएको झोलामा नअटेको ब्रस र मन्जनको पोको गाडीमा राख्यौ। काछ ले अलि अलि दुख दिएको अनि तेही पोको बोक्न झ्याउ भएको नै हो दोस्रो दिन को दुख भनेको। दिउसो बाटोको एउटा घरमा छोप पिनिदिन भनेर निबुवा खाएको थियौ। अकबरे खुर्सानी परेछ। सारै पिरो।

“काछ लागेको ठाउमा तेल लगाउनु पर्छ” हरि अङ्कल को सुझाब।

निबुवा खाएपछि हात धोएर तेल लगाउदा अघिको पिरो ले बस्नु न उफ्रनु बनाएछ महाबिर दाई अनि प्रवेश लाई। काछ ले गारो बनाएको ले महाबिर दाई, प्रवेश अनि सुमन जी गाडीमा जाने हुनुभयो। संघर्ष दाई को अघि ओरालोमा खुट्टा फर्केको ले छिटो हिड्न त सक्दिन बिस्तारै जाने भए हिड्ने भन्दै हुनुहुन्थ्यो। ६ बजिसकेको ले गर्दा छिटै हिड्न पर्छ फेरी धेरै नै ओरालो छ भनेपछि गाडीमा जाने हुनु भयो।

बसन्त जी ले हामीलाई ४ घण्टा लाग्छ भन्दै हुनुहुन्थ्यो।हामी ८ बजे तेहा पुग्छौ भनेर हरि अङ्कल र म हिड्न थाल्यौ। लाइट बालेर हिड्ने ईच्छा पनि पुरा हुने भयो मेरो। आज तापाङ नपुग्दा भोलि लाई धेरै भार पर्ने वाला थियो। प्रवेश ले बेलुका काठमाडौँ जानु छ भनेर भनेको थियो पहिलै। ३१ कि मी जति हिडिसकेका थियौ। अब ९ कि मी जति बाकी थियो बाटो।

अङ्कल र म हिड्दै गर्दा बाटोमा मुख हेर्ने कार्यक्रम भएको घर मा पुग्यौ। भर्खर बिहे भएको रहिछ। धादिङ्ग बजार मा। अङ्कल ले येसो यता उता हेर्दा डराए तेहा का मानिस हरु। सादा पोसाक का प्रहरी भनेर हो कि ? नुवाकोट, सिन्धुपाल्चोव्क, काभ्रे जस्तो नभएपनि सानोतिनो चेलीबेटी बेचबिखन हुने क्षेत्र हो जस्तो लाग्छ। एक छिन तेह भुलेर खोला सम्म पुग्यौ हामी।

अब खोलै खोला जाने भनेको बाटो नै देखिएन। झपक्क रात परिसकेको थियो। एक छिनपछि माथिको बिहे सकेर फर्केको भाईहरुले जाने बाटो देखाइ दिए। हामीलाई तेहा सम्म छोडि देउ भन्ने आग्ग्रह नकारे। हामी लाई पनि बाटो थाहा छैन भनेर। एक छिन पछि बसन्त जी ले बाटो देखाइदिन भनेको दाई आइपुगे। माथि बाट हामीले बाटो थाहा नपाएको देखेर आएका रे। हामीलाई ठुलो राहत महसुस भयो। कहिले खोला त कहिले कुलो को पानी माथि हिड्नु पर्ने। तिखो ढुंगा। छेउछाउ को सिस्नु। मैले खाली खुट्टा हिड्ने आट नगरी जुत्ता भिजाए। हल्का फोरा उठ्न थालेको खुट्टा लाई राहत दिन। अङ्कल खाली खुट्टा नै हिड्नु भयो। ठाउँ ठाउँ को बनमाराको झाडी बीच को बाटो हेर्दा हामी दुई चाई पुग्न नसक्ने रहिछौ जस्तो लाग्थ्यो। सिस्नु पानी को थेरापी पनि खुब भयो भनम। सुरु सुरु मा त पोलेर खट्नै गारो भएपनि पछि बानी पर्यो।

बाटो देखाउने दाजुहरु मुख्य सडक सम्म पुराएर फर्किनु भयो। हामी अघि लाग्यौ। बाटोमा ठुलो झरना रहिछ। दिउसो भएको भए एक छिन नुहाएर बस्न हुन्थ्यो। पुग्न अझै कति बाटो बाकी छ भन्ने समेत थाहा नभएकोले तेहा धेरै नभुली अघि बढ्यौ। होस्ट को मा पुग्दा ८:१५ भएको थियो। बिच मा नहराएको भए त भनेकै समय मा पुग्दो रहिछौ।

होस्ट गाउ बाहिर जानु भएको रहिछ। खाना खायौ। एक छिन गफ गाफ गर्यौ।होस्ट ले दोस्रो बिहे गरेपछि “उसले अर्को पाउदा मैले पनि अर्को पाउछु नि” भनेर पहिलो श्रीमती अर्कै संग गइछन्।अहिले त तेस्रो ल्याएर अन्तै बस्छन रे। कहिले काहिँ काम पर्दा आउछन रे। चेपांग जातिमा अहिले पनि एउटा मात्र बिहे गरेको भेट्न गार्हो छ भन्ने सुनियो। आफ्नो बच्चा भन्दा भाई सानो हुने घटना त धेरै नै छ रे। येस्तै गफगाफ गरेर अनि छिन पछि सुत्यौ हामी। खासै बजार नभएको ठाउमा उहाहरुले गर्नु भएको सत्कार निकै स्मरण योग्य थियो।

Day 3 तापाङ— भण्डारा पैदल यात्रा

बिहान ६ बजे तिर उठी ६:३० तिर यात्रा सुरु गर्यौ। कतै कतै बाटो पहिरोले बिगारेको रहिछ। बाटोमा १ जना चेपांग बाजे भेटिनु भयो।

“नाम के हो बाजे ”
“खै थाहा छैन। सबै ले माइलो भन्छन। ”
“नागरिकता लिनु भयो ?”
“छैन ”
“कुन जिल्ला हो थाहा छ ?”
“…. (स्थनिए गाऊ को नामहरु भन्नु भयो)”
“बच्चाहरु छ ?छोरा छोरी ?”
“छैन। बच्चा बच्ची बुडी केहि छैन। ”
“एक्लै हो ?”
“हो। हरी-बुङ्गो भयो भर्ष्ट भयो”
“चप्पल किन नलगाएको ?”
“चिप्लिञ्छ भनेर। ”
“किनिदियो भने लगाउने ?”
“नलगाउने ”

यस्तै यस्तै गफ गरेपछि [Video link] ल संगै जाउ भनेर हिड्यौ हामी। एक छिन हिडे पछि बाटो नै रहिनछ। पहिरो ले खाएर। अनि झाडी झाडी हिडेर पहिरो माथि पुग्यौ र मूल बाटो समात्यौ। केहि बेर मा भञ्ज्याङ्ग मा पुग्यौ।

View

केहि घर अनि पसल रहेछन।एउटा पसल मा पसेर खाजा खाने सोचेर आलु उसिन्न भन्यौ।साहुजी तामांग रहेछन। “कतिओटा बिहे गर्नु भयो” भनेर सोधेको १ ओटा भन्नु भयो। चेपांग मा जस्तो अरु जातिमा अलि धेरै छैन भनेर भने साहुजी ले। हामीले हिजो को होस्ट को कुरा सुनाउदा।

अङ्कल ले काचो तामा मागी अचार पिध्नु भयो। चाउचाउ पकाउन लगाएर त्यो पनि खायौ। बाटोले गर्दा जग्गा को भाउ सारै बढेको रहिछ तेस्तो ठाउँ मा पनि। पहिला पहिला तिमिनै कमाएर खाऊ भनेर अलि अलि पैसा लिई (जग्गा को) बेसी झरेका बाहुनहरू अहिले लालपुर्जा बोकेर डाडा चढ्न थालेका छन् भन्दै थिए साहुजी ले। गरिब मान्छे सधै ठगिएको ठगिएइ।यताका बालबच्चा चाई स्कुल ड्रेस मा देखिए।अलि अलि मन्जन ब्रस बाढ्यौ।

केहि बेर गफ गरेर हिड्न थाल्यौ।ओरालो बाटो भएको ले हिजो जस्तो गारो भएको थिएन। बाटोमा बिशेष त अङ्कल का पुराना अनुभब हरु सुन्दै हिडिरहेका थियौ। शैक्षिक भ्रमण जस्तो भएको थियो। २ दिन मा पनि धेरै कुरा थाहा भए जस्तो।२ ३ घण्टा हिडेपछि एउटा स्कुल आयो। तेहा मन्जन ब्रस बाढ्ने भनेर पस्यौ। अङ्कल कै पुरानो बिद्यार्थी परेछन प्राचार्य। एक छिन कुराकानी गरेर सामान बाँडी यात्रा लाई निरन्तरता दियौ।

हिड्दै गर्दा खोला आयो। खोला मा नुहाउने भनेर छेउ को घरमा (घट्ट मा पिनेको पिठो को) ढिडो बनाउन भनि खोला मा गयौ। ११:३० भै सकेको अनि एक मात्र गाडी १ बजे तल्लो गाउ बाट छुट्ने भनेर स्थनिए ले बताएसी प्रवेश खाना नखाई हामी बाट बिदा भइ लागे। पहिलो पल्ट नै हिडाई को डोज बढी भै सकेको थियो उनलाई। हामी केहि बेर पौडी खेलेर खाना खायौ। तामा र हरियो फर्सी को combination सारै मिठो हुदो रहिछ।

पानी घट्ट
मिठो खाना का लागि धन्यवाद

अहिले पनि अलि बढी नै खाइयो। पछि हिड्न गारो हुन्छ भन्ने थाहा हुदा हुदै पनि। हिजो त राती हिडियो।आज त आफ्नै गाउ मा जाने हो भनेर बिस्तारै बिस्तारै हिड्न थाल्यौ। कहिँ कहिँ पहिरो ले बाटो बिगारेको रहिछ। बेलुका ७:३० तिर पुग्ने भनेको ठाउँ (भण्डारा) मा पुगेर हामी छुटियौ।

समग्र मा भन्नु पर्दा रमाईलो तथा शिक्षाप्रद भयो अहिले को ३ दिने यात्रा पनि। मलाई यस्तै रियालिटी देखाउने यात्रा गर्न मन थियो, ईच्छा पुरा भो। पछि फेरी काठमाडौँ बाटै हिडेर चितवन जाने सोच पलायो यो यात्रा ले गर्दा। टेन्ट बोकेर हिड्ने। अलि बिस्तारै बिस्तारै। ६ — ७ घण्टा हिड्ने अनि किताब पढेर बस्ने खोला को छेउ मा गएर। एस्तै एस्तै। चेपांग अनि तामांग जातिका बालबच्चा स्कुल नगएको अथवा जान नपाएको घटनाले बेला बेलामा बिज्थ्यो। काठमाडौँ को ठुला ठुला होटेलमा यिनीहरुको समस्या समाधान गर्ने भनेर भएका भत्ता खाने गोस्टीहरुले किन अझै यिनीहरुलाई नछोएको होला भनेर कस्तो कस्तो लाग्यो ।

My Fitbit Stat

Day 2: 53,117 steps, 40.07 km and 5901 cals burned

Day 3: 43,113 steps, 31.46 km and 4339 cals burned

संघर्ष दाई को सानो ब्याग मा भएको धेरै सामानहरु

यहाँ राखिएको धेरै जस्तो फोटोहरु संघर्ष दाई को फोटो एल्बम बाट निकालिएको हो।

संघर्ष दाई के सानो झोला मा भएको सामानहरु 
1. Kindle Book Reader
2. Notebook / Sketch pad
3. Power bank
4. Pen
5. Headlamp
6. Water bottle
7. GoPro with a tripod
8. GoPro Battery charger with spare battery
9. Phone (of course)
10. Universal converter for power adapter
11. Phone charging adapter
12. Earphones
13. Zip lock pouch (protection from heavy rain, or even when submerged)
14. Biscuits (Dry food) 1 packet
15. Granola bars (6 pieces)
16. Toffees (refreshing when climbing uphill)
17. Umbrella
18. Knee guard
19. Sun guard hat
20. Mask
21. Spare t-shirt
22. Spare vest
23. Spare boxer
24. Spare socks
25. Spare handkerchief (mini-towel)
26. Tooth paste & tooth brush
27. Oral rehydration sachet (2 packets)
28. Water purification tablets (1 packet, 10 tabs)
29. Paracetamol
30. Metronidazole
31. DFO Gel
32. Instant coffee mix
33. Rash cream
34. Cold balm
35. Soap bar
36. Hand sanitizer
37. Mosquito / insect repellant
38. Sunscreen lotion
39. Handyplast
40. Wet wipes
41. Sugar and salt sachets
42. Cash (well, unless you are on a survival trip)
43. ID with an emergency contact number
44. Tissue paper
45. Rain cover for bag
46. 2.5 liter water bladder

[In case of cycling trip]
47. Multi tool
48. Puncture repair tool
49. Gear cleaning brush
50. Chain lube

Thanks to Mahabir Biswakarma dai and Sangharsha Bhattarai dai.