विपश्यना ध्यान : संस्मरण

July 01–12, 2018

Finally दोस्रो ध्यान शिबिर सकेर आए आज। ४ वर्ष अघि २०१४ june १-१२ सम्म थियो पहिलो ध्यान गरेको। Deerwalk को जागिर छोडेर nLocate मा सुरु गर्नु अघि। Art of Living को YES+ course बाट योगा र ध्यान गर्न सिकेको म, ध्यानले शरिर तथा दिमागमा केहि परिबर्तन गरेको अनुभब गरेपछि अलि लामो समय हुने कुनै शिबिरको बारेमा सोधखोज गर्दा पहिलो पटक सुनेथे विपश्यना ध्यान शिबिर को बारेमा । धेरै ले गारो हुन्छ भनेर मन मा एक प्रकार को डर पैदा गरिदिेए पनि जे पर्ला, टर्ला भनेर गएको थिए। अहिले सम्झिदा त्यो मेरो one of the best decision लाग्छ। pure meditation सिक्ने इच्छा पुरा भएको थियो। त्यो यात्रा पछि होला मलाई उद्देश्य प्राप्ति पछि हुने क्षणिक खुसि भन्दा पनि उद्देश्य प्राप्त गर्ने बाटो रमाईलो गर्न सकियो भने जिबनको यात्रा धेरै सजिलो, तनाबमुक्त हुन्छ भन्ने बोध भएको।असफलतामा पहिला जस्तो दुखी हुन छोडेको। नम्बरको पछि लाग्दा पढाई पनि राम्रो नभएको अनि नम्बर पनि सोचेजस्तो नआएको। पैसाको पछि लाग्दा काम गर्न मन नलाग्ने अनि पैसा पनि राम्रो नहुने। गन्तब्य सोचेर यात्रा गर्दा गन्तब्य पनि मानिस ले चर्चा गरे जस्तो नलाग्ने अनि यात्रा पनि रमाइलो नलाग्ने जस्तो समस्या भोगेको मैले ,पछि यात्रा/काम/पढाई (अर्को लाई byproduct सम्झेर) मा रमाइलो गर्न खोज्ने भएको थिए। यसको परिमाण (परीक्षा मा) नम्बर राम्रो आउन थाल्यो। पैसा राम्रो कमाउन थालियो (काम गराउने मानिस संतुष्ट भएर)।यात्राहरु रमाइलो लाग्न थाले।आफैमा पहिला जस्तो छिनछिनमा दिक्क लाग्ने, मन नपरेको कुरामा झर्किने बानी पुरै घटेको थियो। अरुसंग प्रतिस्पर्धा गर्न छाडेको थिए। जे गर्थे आफ्नो इछ्याको लागि गर्थे। मनमा शान्ति थियो। यिनै यिनै हुन् पहिलो शिबिर पछि ममा आएका केहि परिवर्तनहरु। कति कुरा शिविरले गर्दा, अनि कति कुरा आफ्नै दैनिक जीवनका घटनाक्रम हरु विश्लेषण गर्दै प्रयोग गर्दै गरेकोले होला।

बीच मा केहि समय घरमा practice गरेपछि ध्यान गर्ने वानी हटेको थियो। १ — २ वर्ष पछि काम गर्न मन थिर नहुने बानी सुरु हुन लागेको थियो। तर पनि कहिले मास्टरको पढाई, अनि कहिले कामबाट बिदा नमिल्ने, अनि कहिले चाई अरु भ्रमण हरुको लागि बिदा मागिसकेको अथवा माग्ने सोचले गर्दा १२ दिनको बिदा माग्न सकेको थिइन। अहिले चाई काम गर्दै घुम्दै गर्न थालेकोले गर्दा गएको १ वर्ष मा १० दिन को अन्नपुर्ण circuit को बाहेक अरु बेला बिदा मागेको थिइन। अनि अहिले सजिलै बिदा मिल्ला भन्ने सोचले २ महिना अघि सिट book गरेको थिए ध्यानको लागि । घरमा १० दिन फोन नउठदा पिर मान्नु होला भनेर भने अब यति देखि यति सम्म ध्यान जान आटेको छु म भनेर। बुबाले किन जान पर्यो यो ध्यान श्यानमा, काम गर्न छोडेर भन्नु भयो। काम नगर्दा पैसा नआउने खालको जागिर छ । अहिले पैसा कमाउने उमेरमा, कहिले कता घुम्न जाने भनेको छ, कहिले ध्यान भनेको छ, खुरु खुरु पैसा नकमाएर भन्ने बुबाको सोच छ। कुरा एक प्रकारले ठिकै पनि हो। मलाई चाई पैसाको लागि मरिमेट्ने भन्दा, आफुलाई चाहिने जति कमाउने अनि बाकी समय नया कुरा सिक्ने, घुम्ने भन्ने छ अहिले सम्मको सोच । आमा चाई के (रोग) भएको छ र ध्यान जानको लागि तलाई भन्दै हुनुहुन्थ्यो। आफन्तहरुलाई चाई यो संसारिक कुरा देखेर झ्याउ लाग्यो अनि जान आटेको भनेर ठट्टा गरिदिन्थे। गृहस्ती जिबन छाड्न आत्यो क्यो भनेर किन, के को लागि, के भएको छ र, भन्ने जस्ता प्रतिप्रश्न आउथ्यो। उहाहरुको प्रश्न तथा ध्यान बारेको धारणा सुन्दा रमाइलो लाग्थ्यो मलाई। ध्यान भनेको ऋषि/बौद्ध भिक्षु हरुले मात्र गरे सोच ले हो कि। घरमा भने पछि जाने ३/४ दिन अघि म्यानेजर लाई meditation जाने सोच गरेको छु केहि critical काम छैन भने भनेर भने।म्यानेजरले अहिले काम को चाप छैन हुन्छ भनेर सजिलै बिदा स्वीकार गरे ।

म : ”Hi … I am planning to go to meditation if there aren’t any critical work we need to push to the production in between july 1–12. During course I will be completely disconnected from real and virtual world. so I won’t able to come online.
म्यानेजर: Meditation is good for body, soul. Are there other dates you are considering or is this part of the Hindu calendar?
म : The event happens on twice a month on every month but needs to reserve a seat at least 2 months in advance. I can cancel my seat if I need to do so. It doesn’t cost any money.
म्यानेजर: where will you be — geographically, home?.
म : yea. They took us to the building area near the jungle little bit far from city area. They prohibit us to go outside or meet any outsider. Also, They prohibit to read, write, speak.
म्यानेजर: seems top one. I think we can manage the leave. try to complete the tickets and let’s have a teleconf may be on the status.

हतार हतार अधुरो काम सकेर दङ्ग मनका साथ लागे ध्यान शिबिर तिर।

म ज्योति भवन जमल मा रहेको office मा गएर आफ्नो registration confirmation गराए ११ बजे गएर । अरु मानिसहरु पनि आउदै थिए आफ्नो पोका पुन्तुरो लियर १० दिने शिबिर को लागि। भर्खर का ठिटा, ठिटि देखि प्रौढ प्रौढी सम्म। अनि केहि ५० पारिका पनि। पुरुषहरुको लागि छुट्टै लाइन। अनि महिलाहरुको लागि छुट्टै। उता १० दिन बोल्न नपाउने भएकोले खासै परिचय गर्ने जागर आएन साधक साधिकाहरुसंग। फेरी पछि बोल्न मन लाग्यो भने झ्याउ हुन्छ भनेर।एक जना बुढा बाजे पनि जान आट्नुभएको रहिछ। बाजेसंग चाई कुरा गर्नबाट रोक्न सकिन आफुलाई । जिज्ञासाले भरियो मन। अनि छेउ मा गएर सोधे।

म: बुबा पनि जान आट्नु भएको हो ध्यान मा ?
बाजे : हो ।
म: कति औ पटक हो नि यो शिबिर हजुर को ?
बाजे : पहिलो।
म: कति वर्ष पुग्नु भयो ?
बाजे : ८४ लागे यो साल
म: किन जान मन लाग्यो यो उमेरमा अहिले आएर यता तिर।
बाजे : ध्यान गर्न मन थियो। साथीहरुले यता गएर गर न भन्दै थिए। नियम सुन्दा१२ दिन सम्म बस्न सक्दिन कि भन्ने लागेर जाने आट आएको थिएन । पछि यहाका भाईहरु संग कुरा गरेपछि गारो भए हामी छदै छौ नि भनेसी आट आयो यो पाली जान ।
म: ए। बस्न हल्का गारो हुन सक्छ अरु त तेस्तो केहि छैन। शुभकामना छ हजुर लाई
बाजे : बाबु को चाई यो कतिऔ पटक हो नि
म: दोस्रो।।।

रमाइलो लाग्यो। यहाँ जान त सबै उमेर का मानिस लाई डर लाग्दो रहिछ सुरुमा त । नियम नै यति कडा छ। बुबा को कुरा रमाइलो लागेर mobile बाट फोटो खिची facebook मा status राखे।

नयाको लागि orientation class हुन्थ्यो jowti भवन मै। १ बजे बाट २ बजे सम्म। शिबिर को नियम हरु को जानकारी गराउने उद्देश्य का साथ। निकै कडा लाग्छ सुरुमा आउनेहरुलाई नियमहरु।पहिलो त बोल्न नै नपाउने। अनि दिन को १२ घण्टा भुइँ मा बस्नु पर्ने। १० दिन सम्म लगातार। जे दिन्छन तेही खानु पर्ने। घरमा आमा लाई यो खान्न त्यो खान्न भन्ने हरु त झन् झन गारो हुन सक्छ तेहा । पुरानो ले त ११ बजे खाना खाए पछी भोलि पल्ट बिहान ६:३० मा मात्र खाजा खान पाउने। पानी मात्र हो जति पनि पिउन पाउने भनेको । राम्रो ध्यान गर्न आधा पेट खाली हुनु पर्छ रे। तेही भएर एस्तो नियम रे। म चाई धेरै पछि आफ्नो ध्यान गर्ने चाहना पुरा हुन आटेको ले खुसि नै थिए । अरु केहि तनाब थिएन।

२:३० बजे बाट शिवपुरि शिविरमा जाने गाडी छुट्न थाल्यो। म पहिलो गाडी मा चढे। शिबिर मा पुगेर mobile, purse deposit गरेर रूम तिर लागियो।shampoo, मछ्छेेट धूप हाल्न बिर्सेछु। एक छिन पछि रूममा बस्ने अर्को १ जना पनि आए। उहाको तेस्रो चोटी रहेछ।share ब्रोकर कम्पनी रहिछ उहाको पुतलीसडकमा। दोस्रो शिविर ८ महिना अघि गर्नु भएको रहिछ। दुवै जना पुराना भएसी कोठामा हल्ला होला अथवा शिविरका सबै नियम पालना गर्न केहि बाधा होला कि भन्ने भएन। हामी बस्ने घरमा प्राय सबै पुराना साधकहरु रहिछन। घूर्ने साथक रहिनछन हाम्रो building मा। राति कसैले disturb गर्ला भन्ने भएन। यति भएसी १० दिन सुत्न चाई शान्तसंग पाइने भयो भन्ने लाग्यो । हामी बस्ने घर मै बस्ने अरु संग कुरा गर्न थाले। एक जना शेर्पा दाजु रहिछन। अहिले चाई तेस्रो शिविर बसाई रहिछ। एउटा किताब पढेर विपशानाको बारेमा थाहा पाएसि सिधै शिवपुरी आएर ध्यान शिविरमा शहभागी हुन भनेर आउनु भएको थियो रे पहिलो पटक । पछि जमल मा गएर form भरेर यता आउने process को बारेमा management ले बताएसि चाई उता गएर form भरेर पहिलो शिविर मा भाग लिनुभयको रहिछ। सगरमाथा चढदा आफु लाई healing गर्न खुब महत्वपुर्ण हुने जानकारी गराउनु भयो । “दोस्रो शिविरमा पहिलो ३ दिन हुने आनापाना (स्वास प्रस्वास महसुस गर्ने) कम दिन गरेर शरीरमा ध्यान लैजान खोज्दा शिविर सोचे जस्तो राम्रो भएन। सबै instruction अनुसार नै गर्न पर्ने रहिछ” भन्दै हुनुहुन्थ्यो ।

अर्को एक जना बाजे पनि आउनु भएको थियो। ओखलढुङ्गा वासी। छोरा छोरी ले पठाएर आउनु भएको रे। अहिले ध्यान गर्न। एउटा भाई पनि थिए। हाम्रो अघि को रूम मा बस्ने। अमेरिका मा bachelor सकेर बिदामा नेपाल आएका। अहिले एउटा काठमाडौँ र अर्को लुम्बिनी मा शिविर मा भाग लिने भन्दै थिए। मैले यौटा र अर्को शिबिर बीच कम्तिमा ६ महिना gap चाहिने बताएसी अर्को चाही विपशेना मै सेवा गर्ने भन्दै थिए उनले।

“मैले तपाईलाई कता कता देखे जस्तो लाग्यो” उनले भने ।
“होर! कता देखेयौ त यार” म नि अचम्मित हुदै सोधे।
“के गर्नुहुन्छ” उनले सोधे ।
“programming” मैले भने।
“तपाई पुल्चोक पढ्नु भएको हो?” उनले सोधे।
“हो” मैले भने।
“तेतै हो कि। मैले नि १ सेमेस्टर पढेर छोडेको” उनले भने ।
“कुन batch ?” मैले सोधे।
“२०७०” उनले भने ।
“त्यो बेला त म passout भै सकेको थिए। college ओरिपानी नै कतै होला।” मैले यसो भन्दै गर्दा खाजा खाने घन्टी बज्यो ।

खाजा खाए पछि शिविरको बारेमा नियम फेरी जानकारी गराउन सबै लाई हल मा जम्मा गरियो।अगाडी बाट ब्यबस्थापन मध्ये कै १ जनाले नियम भन्न थाल्नु भयो।

बोल्न नपाइने ।
आफुले खाएको भाडा आफै माझ्नु पर्ने।
केही समस्या भए volunteer संग कुरा गर्नु पर्ने।
रोग तथा अरु केहिले गर्दा बिशेष खाना को व्यवस्था गर्नु परे अघि नैबेबस्थापन लाई जानकारी गराउनु पर्ने।
लागु पदार्थ, जाड रक्सि केहि खान नपाइने।
खाने बस्ने सबै कुरा महिला, पुरुष छुट्टै छुट्टै ।
पुरुष — महिला ले एक अर्का लाई हेर्न नहुने।यस्तै यस्तै…

केटि तिर हेर्दै नहेर्नु भन्ने आदेस थियो केटाहरुलाई। अनि केटिले नि केटाहरु तिर हेर्दै नहेर्नु भन्ने। राम्रो ध्यान गर्न केटा केटि पूर्ण विभाजन (segregation) हुनु पर्दथ्छ रे। पहिलो पटक यो नियम थाहा पाउदा किन एस्तो नियम राखेको होला ? विपरित लिंगी को आकर्षण ले कस्तो बाधा गर्ने हो? फेरी उही लिंगी ले चाई बाधा नगर्ने रे। भन्ने जस्तो कौतुहलता जागेको थियो मन मा।अन्य ध्यान गर्ने ठाउँमा एस्तो कडा segregation को नियम बारे जानकार थिइन म। अनि पछि सम्झे बिस्वमित्र को तपस्या भंग गर्न इन्द्र ले स्वर्ग कि सबैभन्दा सुन्दरी अप्सरा मेनका को प्रयोग गरेको किम्बदन्ती । कामवासना वा तेस्तै केइ हुने भएको ले होला भन्ने लाग्यो । अनि पछि ध्यानमा बस्दा मनमा आउने भविश्य र भुतका कुराकानीहरु मध्ये विपरित लिंगीसंगको कुराकानीले धेरै नै हिस्सा लिदा अनुभव भएको थियो पहिलो दिन नहेर्नु भन्ने कुरा । हलमा शिविरका नियमहरुका बारेमा जानकारी गराए पछि ८ बजे को ध्यान बाट सुरु भयो मौन समय।

पहिलो ३ दिन आफ्नो concentration बढाउन आफ्नो स्वास लाई अनुभब गर्ने आना पाना गर्नु पर्थ्यो। बिहानको ४ बजेको घन्टीमा उठ्यो। ४:३० मा हलमा गयो। अनि ६:३० सम्म ध्यानमा बस्यो। ६:३० मा खाजा खान गयो अनि खाजा खाएर रूममा आइ एक छिन् आराम गर्यो । ८ बजे बाट ११ बजे सम्म फेरी ध्यान गर्यो। ११ बजे खाना खाएर १ बजे सम्म आराम गरि १ बजे बाट ५ बजे सम्म ध्यान गर्यो। अनि कागती पानी खान गयो र ६ बजे सम्म आराम गर्यो। ६ बाट ७ सम्म ध्यान गरेपछि ७ देखि ८:३० सम्म गुरुजीको प्रवचन बाट दिउसो भरि गरेका कुराहरुको बारेमा प्रस्टीकरण हुन्थ्यो। अनि ८:३० मा अर्को दिनको लागि निर्देशन प्राप्त गरि केहि बेर ध्यान गरेपछि ९ बजे रूममा गइ आराम गर्ने तालिका थियो।

नियम र बिधिहरु थाहा भएकोले पुरै काममा वेस्त भए।अरुको आखा र अनुहार मा हेर्दा पनि सांकेतिक रुपमा कुराकानी हुन सक्ने भएकोले भुइँ तिर हेरेर हिड्थे । प्रत्योक १ घण्टामा पानी खान निस्कियो अनि गएर आखा बन्द गरेर बस्यो येस्तै येस्तै । विशेष त, नाकमा र जुँगाको भागमा ध्यान केन्द्रित गरेर आफुले फेर्नी स्वाशको हावाको स्पर्स अनुभव गर्नुपर्ने काम थियो पहिलो ३ दिनको । भित्र जाने र बाहिर निस्कने हावाको तापको अनुभव गर्नुपर्ने थियो। १ छिन् त तेता ध्यान जान्थ्यो। तर पछि मनमा खेल्ने भुत र भबिष्यका कुराहरुले कता हो कता पुर्याउथ्यो मनलाई। पहिलो पटक ध्यान गर्दा त स्पर्स पत्ता लगाउन पनि निकै संघर्ष गर्नु परेको थियो।यो पटक चाही तेस्तो संघर्ष अनुभव भएन। तर पनि मनमा खेल्ने कुराले नाक मुनिबाट ध्यान फुत्काथ्यो। पुराना कुराहरु आखा अघि पुरै flashback मा कुदेको कुद्यै हुन्थ्यो । कुनै कुरा ले हासो ल्याउथ्यो। कुनै ले मुस्कान। कुनै ले लाज। कुनै ले आत्मा ग्लानी त कुनै ले पिडा पनि दिन्थ्यो। मुटुमा चसक्क बिज्थ्यो । यतिकै मा बित्थ्यो ध्यान गर्ने समय। धेरै मन भागे स्वास तेज गरेर मन लाई नाक मुनि नै केन्द्रित गर्थे । पहिले ध्यान बस्दा मन यसरी किन भागेको होला भनेर तनावमा हुन्थेँ म। अहिले चैँ यो normal नै हो भन्ने थाहा भएको ले तेस्तो तनाव महसुस भएन। जे हुनु पर्ने थियो त्यो भै रहेको ले रमाईलै संग गइ रहेको थियो।

चौथो दिन विपश्यना सिक्ने दिन। अधिस्टान आसन मा बस्नु पर्ने थियो विपश्यना को instruction लिनको लागि २ घण्टा (३ बजे देखि ५ बजे) सम्म हात खुट्टा केहि नचलाई, आखा बन्द गरेर मुर्ति जस्तो भई आफुले रोजेको आसनमा बस्नु पर्ने । बस्न निकै गारो भयो। सुरु सुरुमा अनुहारमा पिडा झल्किएछ। गुरुले १ पटक अनुहारमा torch बालेर पिडा तटस्थ भएर खट्न निर्देशन दिनुभयो। यता पनि दुख्छ, उता पनि दुख्छ। गुरुजी चाई दुखाई अनुभब गरेर तटस्थ भाब मा टाउको देखि खुट्टा सम्म focus गर्न भन्नु हुन्छ। आफु चाई सकिदैन।भोलि पल्ट बाट अन्तिम दिन सम्म दिनमा ३ चोटी १/१ घण्टा तेसरी बस्नु पर्ने। बिस्तारै बानी पर्यो। टाउको देखि खुट्टा सम्म virtual grid बनाएर प्रत्योक grid मा केहि अनुभब छ कि नै पत्ता लगाउनु पर्ने सुरुका केहि दिन अनि पछि चै तेस्त अनुभब तटस्थ भाब मा हेर्नु पर्ने। शरीर भरि हेरेर सकिए पछि शरीर भित्र हेर्नु पर्ने।सधै बेलुका ७ देखि ८:३० सम्म दिउस भरि को काम को बैज्ञानिक तथा धार्मिक अर्थ प्रस्ट पारिदिनु हुन्थ्यो गुरु ले recorded प्रबचन बाट।

चौथो दिन को खानामा दहि र रसबरी पनि खाइएको थियो। बिहान रातभर बाहिर राखेको चिसो पानी। पहिलो दिन (झोला मा छाता बोकेर) पानीमा भिज्दै हिड्दा सुरु भएको सुक्क सुक्कलाई दिउसोको दहिले गर्दा टनशिल मा परिबर्तन हुने लक्ष्यण देखिन थाल्यो। रातभर सुत्न सकिएन। यत्रो दुख गरेर बिदा मिलाएर आएको, अब फोकटमा जाला जस्तो छ भन्ने मनमा लाग्न थाल्यो। रुघा लागेपछि सिगान थाप्दै समय जान्छ के को ध्यान गर्न सक्नु। औषधि खानु पर्यो भनेर पाचौ दिन बिहानै volunteer लाई औषधी व्यवस्ता गरिदिन आग्रह गरे।sinex भए हुन्छ भनेर सोध्दै थिए। ज्वोरो नआएको र टाउको नदुखेकोले किन त्यो खानु रुघाको ल्याउनु न भने। दिउसो माथि office मा औषधि छ कि म बुझिदिउला भनेे। worldcup ले गर्दा थोरै volunteer हरु थिए अहिले।तसर्थ भएका volunteer हरु धेरै नै बेस्त। दिउसो फेरी सम्झाए। मलाई माथि office मा लिएर गए उनले । management ले उनलाई थर्काए - “साधक लाई माथि लिएर आउने?” भनेर। पछि अर्को volunteer ले गुरु संग कुरा गर्नु पर्छ औषधी खान भने। १२-१ को गुरु भेट्ने समयमा भेट्न पाइएन हल्का ढिला गएर । अब भेट्ने भनेको बेलुका ९ बजे पछि मात्र हो। त्यो बेला permission लिदा माथि office बन्द भै सक्ला। आज औषधि खाएर सुत्न पाईएला जस्तो छैन जस्तो लाग्यो। घाटी कुल्ला गर्दा, तातो पानी खादा पनि रुघा खासै कम भएको थिएन। अब ध्यानको चाई what नै लाग्ला जस्तो छ भन्ने पिर अनि निरन्तरको सिकसिकले टाउको दुख्न थालिसकेको थियो। बेलुका हल्का हल्का ज्वरो पनि आउन थालेको थियो। trekking जादा किनेको medicine झोला मा झुक्किएर राखेको पो छु कि भनि चेक गरे। देखिन।

फेरी volunteer थिम गएर “sinex or जे भए पनि दिनु पर्यो नत्र ध्यान बस्न नसक्ने अवस्था भयो” भनेर एकछिन गनगन गरेसी बेलुका sinex दिने भने। ९ बजे फेरी सम्झाएँ ।

“अहिले ब्यस्त छु भ्याए अहिले नत्र भोलि दिउला” भन्दै थिए।

“जसरि भएनी आजै दिन पर्यो” भने मैले।

पछि १० बजे तिर ४ ओटा टेब्लेट दिए। बिहान ११बजे पछि केही परेको थिएन पेटमा। खाली पेट भएनी औषधि खाएर सुते।

भोलि पल्ट घाटी हल्का खुल्ला भयो। तातो पानी ले कुल्ला गर्दै औषधी खाइरहेको थिए। औषधिले sensitivity घटाउदो रहिछ। ध्यानमा केन्द्रित गर्न गारो भयो। ३ ओटा tablet खाएसि अर्को चाई नखानी विचार गरि तातो पानी खाएर र कुल्ला गरेरै बाकी दिन पार लगाइयो। धन्न ध्यान गर्न केहि अवरोध गरेन। सजिलै बित्यो ९ दिन ।

रूम पार्टनर दाजु ले १ झोला खुर्सानी ल्याएका रहेछन।खाने कुरा ल्याउन मनाही भएको ठाउँ मा किन खुर्सानी लिएर आए भन्ने कौतुहलता जागिरह्यो । चौथो दिन मै यता छिमेकी कोठामा बस्ने दाजु निस्किसकेछन। किन गयछ्न ? शिविर मा आउदा त खुब interesting कुरा गर्थे भन्ने लाग्यो। पाचौ दिने हो कि छैटौ दिन राति १२ — १ बजे तिर को कुरा हो। हाम्रो कोठा अघि बाट volunteer दाजु हतारिदै हिडेथे। यतिकैमा सुतिरहेका रूम पार्टनर दाजु जुरुक्क उठेर “आज को match के भयो ?” भनेर सोधे volunteer लाई। उनले थाहा छैन भनेर जवाफ फर्काए। यता side बाट घटना हेरिरहेको मैले हासो रोक्न सकिन।अर्को तर्फ फर्केर आवाज ननिकाली खुब हासे। पछिका दिनमा पनि यो घटना सम्झेर खुब हासो लाग्थ्यो। ध्यान गर्ने भनेर आएको मानिस लाई फूटबल को कति tension लागेको भनेर।आज कसले जित्यो भन्ने थाहा भए नि फेरी भोलिको पनि थाहा पाउनु पर्यो।पर्सि को पनि पाउनु पर्यो।match नै हेर्न नपाउने भएसि के सोधिराखेको होला भन्ने लाग्थ्यो यौटा मन लाई।

अन्तिम दिन बोल्न पाइने दिन थियो। ९ दिन मौन बसेर सिधै बाहिर जादा समस्या हुन सक्छ भनेर १ दिन बोल्ने दिन राखिएको रे। सधै देखिरहने अनुहार हरु केके गर्छन भन्ने थाहा पाउने दिन। कोइ विदेश मा बसेर काम गर्ने कोइ पढने रहिछन। कैलास विकास बैंक को CEO देखि ३ चोटी हिमाल चढेका दाजु हरु सम्म।कोहि चाई रोग निको पर्न आएका। कोइ आफ्नो दुर्बेसनी हटाउन।कोइ विदेश मा काम गर्ने नेपाली हरु। केहि विदेशीहरु। आफ्नो इछ्या मा आउने देखि परिवार को इछ्या आउने सम्म रहिछन। शिबिरमा आउदा पुरुष ७१ र महिला ७६ रहेछन।३ जना महिला र १२ जना जति पुरुस ले बीच मै छोडेछन।कोइ स्वास्थ्य को कारण ले अनि कोइ ले नसकेर। अनि कोइ ले चाई नियम मिचेर निकालिएको रे। ८४ वर्ष का बाजे ले तेस्रो दिन छोड्नु भएछ नसकेर।

१० औ दिन एक अर्का को अनुभब सुन्ने अनि कसरि थाहा पाएको कसरि आएको सुरु को दिन भन्ने सम्म का कुराकानी मै बित्यो।केहि लाई जुका ले खाएछ। शेर्पा दाजु को सगरमाथा चढेको अनुभव सुनियो। भरिया भएर जाने शेर्पा हरु को ८ लाख देखि ४० लाख सम्म ज्याला पाउनि रहिछन।भोलि पल्ट mobile मा सगरमाथा चाडदाका फोटो देखाउछु भन्नु भयो। डाडो को टुप्पो समथर छ? तेहा बाट घर देखिन्छ कि नै। ग्यास बोकेर जानु हुन्छ कि नै? मेरा रूम पार्टनरको यस्तो उटपट्याङ्ग प्रश्न ले कुराकानी रमाइलो बनाई राखेको थियो। उहाले जाने बाटो, अनि बेला बेला मा भएका घटनाहरुको बारेमा सुनाउनु भयो। जस्तो कि virtual coin काण्ड।

अर्को एक जना दाजु बाहुन परिवार मा जन्मिएर पछि भिक्षु तिर जानु भएको रहिछ। २०६२/६३ तिर पहिलो पल्ट विपशाना तिर आउनु भएको थियो रे। पछि गर्दै जादा ६७/६८ तिर १ वर्ष को लागि भनेर भिक्षु बनेको म अहिले सम्म तेतै छु भन्दै हुनुहुन्थेयो। बिदाको बेला घुम्न आउनु न विहार तिर भनेर आमन्त्रण गर्नु भयो उहाले।

१० बजे सुत्ने आदेश भए पनि ११ /११:३० सम्म गफ गरेर बसियो volunteer दाजु अनि हामी बस्ने घर मा रहेका सबै जम्मा भएर । शिबिर भरि भएका रमाइला घटना हरु सुनाउनु भयो। शिबिर को बिच मा volunteer दाजु संग recharge card देखि चुरोट, खैनी अनि अगरबत्ती जस्ता कुरा मागेर उटपटांग गर्ने सम्म रहिछन। तिनीहरु मध्ये केहि नसकेर निस्केकाहरु रहिछन। एक जना त purse,कपडा सबै छोडेर भागेछ। केटाहरु ले धेरै केटि हेरे भन्ने complain आएको थियो रे केटि हरु को volunteer बाट। धेरै teenage हरु छन् अहिले। “के गर्ने यस्तै हो भनेर भनिदिए” भन्दै थिए volunteer दाजुले। अरुको दबाब मा आएका केहि नया साधकहरुले नियम नमानेर धेरै दुख दिएका रहिछन। ध्यान को बीच मा आखा खोलेर बस्ने। एक अर्कासंग volunteer को आखा छलेर कुरा गरेर बस्ने आदि इत्यादी। १३० जना जति ले सफलता पुर्बक ध्यान सम्पन्न गरेछन यो पालीको शिबिरमा।हामी बसेको घर एकदम शान्तमा पर्दो रहिछ। कसैलाई उठाउन नपर्ने। सबैले आफै timetable/rule follow गर्ने।

यतिकैमा एक जनाले अर्कै शिविरमा आफ्नो एक जना साथी लाई परेको घटना सुनाए।रमाइलो खालको। गोयन्का गुरुले प्रबचनमा भन्नु भएको थियो कि “बुद्धले भारत भुमिमा पत्ता लगायको ज्ञान भारत भुमि बाटै हरायो” भनेर । “पछी बर्माले लामो समय सम्म यसलाई जोगाई राख्यो” भन्नु भएको थियो। यस्तै निकै प्रसङ्गमा भारत र गौतम बुद्ध सुन्दा उनको दिमाखमा “Buddha was born in Nepal” भन्ने कुरा आइराखेर निकै तनाब भएछ। अनि बेलुका गुरुलाई प्रश्न गर्ने समयमा यो कुरा गुरु लाई सुनाएछ्न। गुरुले तिम्रो दिमाखमा गोबर भरिएको छ अब १० दिनमा तिमि दुध ले नुहाएर जान्छौ भनेर भनेछ। अनि १० दिन आफुलाई तेस्तो भनेको ले ध्यान गर्न सकेनछन।हासो फुट्यो कोठामा त्यो मानिस लाई देखेर। अनि गुरु लाई देखेर।

रूम पार्टनरलाई कोठा मा राखिएको खुर्सानी को बारेमा सोधे। बादर भाग्छ भनेर ल्याउनु भएको रहिछ। अनि राती जुरुक्क उठेर world cup को स्कोर सोधेको देख्दा सारै हासो लागेको थियो भनेर सुनाए। volunteer संग mobile थियो अनि तेही भएर सोधेको रहिछन।बोरो लाई चौथो, पाचौ दिन भाग्न खुब मन लागेको थियो रे। आफ्नै अघि ३ जना निस्केको देखेर। राती सारै भोक लागेर गुरु संग कुरा गरेर खाना खाई रहेका रहिछन :D २५०० वर्ष मा भाषा परिबर्तन भयो समाज परिबर्तन भयो भन्ने अनि मानिसलाई खुवाउने चलन चाई पुरानै राख्ने?आजकल थोरै थोरै चुबूर चुबूर खाने बानी परेको हुन्छ।खाली पेट कसरि बस्ने तेत्रो घण्टा भन्दै थिए दाजु ले।कोठा भरि हासो छुट्यो। मलाई चाई कुनै दिन गारो भएन खाली पेट बस्न। म भित्रको उत्साहले नि ठुलो भूमिका खेलेको हुन सक्छ। घडीमा ११:३० भै सकेको थियो अनि अब त सुत्नु पर्छ भनेर सबै सुत्यौ।

भोलि पल्ट बिहान ४:३० बाट ६:३० सम्म को ध्यान गरेर खाजा खाई सबै आफ्नो घर तर्फ लाग्यौ।

समग्र मा भन्नु पर्दा मलाई यो पाली निकै रमाइलो र उत्साह जनक लाग्यो विपश्यना बसाई। अहिले सम्म जिन्दगीमा कैयौ १० दिन गए । एउटा यस्तै १० दिन यसलाई छुट्याएर हाम्रा पुर्खाहरुको उत्कृष्ट खोजको अनुभव गर्नु होला।त्यो अनुभव मेरो जस्तो वा अरुको जस्तो नभएर तपाईको आफ्नै प्रकारको हुने छ ।फरक, भिन्न र सत प्रतिशत आफ्नै प्रकारको। तेसैका लागि त हो नि हाम्रो जीवन। होइन र?

Official Website for Vipassana Meditation: worldwide | Kathmandu
Other’s experiences: Women’s Version YouTube link [Nepali]| Men’s Version Blog link [Nepali] | Foreigner’s Version [Popular one|English]

तपाईलाई यो संस्मरण कस्तो लाग्यो? तपाईको अनुभव सुन्न आतुर छु @dearnarayan

अघिल्लो ब्लग:

Traveler Diary: Survival Tour to हेलम्भु