हजुरआमाको क्रियाका१३ दिनहरु

हजुरआमा

१० गते Heart Attack को उपचारका लागि हस्पिटलमा भर्ना हुनुभएको थियो। Heart Surgery successful भएपछी पछि घर लैजाने भनेको दिन अर्को Heart Attack Incident ले गर्दा हामी बाटै विदा हुनु भयो (शनिबार, बिहान ५ बजे)।

पहिलो दिन (२०७५-०९-१४ गते)

बिहान ५ बजे दाईको मोबाइल बज्छ। घ्यार घ्यार।

“हजुरआमा को condition अलि सिरिअस भयो। छिटो आइजा त।” भनेर uncle ले दाईलाई भन्नु हुन्छ।

६:१५ — दाई हिडे पछि बुबाले फोन गरेर “त आइनस?” भनेर सोध्दा मनमा एक प्रकार को डर उत्पन्न भै सकेको थियो।केहि सिरिअस भयो कि भनेर। दिउसो आउने भन्ने थाहा हुदा हुदै अहिले आइनस भनेर बुबा ले सोद्धा।

६:२२ — उता पुगेपछि दाई ले फोन गरेर “हजुर आमा हुनुहुन्न। घरमा खाना नबनाउन भन।” भनेर भन्नु भएसी हिजो अस्ति नै भेट्न नगएको मा एक छिन ग्लानी हुन्छ।शनिबार भाउजु को पनि अफिस बिदा हुने अनि उता हजुरआमा पुरै ठिक हुनुहुन्छ भनेसी शनिबार गएर भेट्ने तालिका बनाएको थिए।

आमा र अन्टिलाई खबर भनेर, एकछिन सम्झाए पछि क्रिया कता बस्ने हो भन्ने फोन कुर्छु। हाम्रो घरमा नै बस्ने भन्ने भएसी आमाले चोखो गुन्द्री घरमा नभएकोले खोज्न भन्नु हुन्छ। छिमेकीको घरमा गएर चोखो गुन्द्री ल्याएसी बुबाहरुको प्रतिक्षामा बस्छौ।

९ बजे तिर बुबाहरु आउनु हुन्छ।

हजुरबुबा, अनि दिदिहरुको आशु देख्दा मन थाम्नै गार्हो पर्छ। माइला बुबा बिहोस भएसी कोइ पानी छम्किन लाग्छन। कान्छो अङ्कल हजुरबुबा समाल्न जुट्नु हुन्छ। अरु छिमेकीहरु दिदिहरुलाई पानी खुवाउन र भुलाउन जुट्छन ।हजुरबुबा को bp high भएकोले औषधि खुवाइञ्छ।

१ दिन अघि “सबै राम्रो भयो। तिमिहरु जाओ।” भनेर हजुरआमा ले भन्नु भएसी बाग्लुंग घर जानु भएका साइला अङ्कल र काइली फुपू आएसी दाहा सस्कार गर्न देव घाट लैजाने कुरा हुन्छ।

केहि बेरमै छरछिमेकी अनि ओर परका आफन्तहरु जम्मा हुन थाल्छन।

हजुरबुबाको आखाको आसु देख्दा म आफैलाई पनि समाल्हिन हम्मे हम्मे पर्छ।

बिहान अन्टी यता घर आएर रोइराख्नु भएको देेख्दा “भैसी बिरामी भएर पल्लो घर को आमा रोइ राख्नु भएको छ” भनेर भनेका भतिजो भतिजी अहिले के भैराखेको छ भन्ने नै मेसो पाएका हुदैनन्। (पहिले एउटा भैसी बितेको बेला रुनु भएको देखेको ले होला तेस्तो भनेको)

३ बजे तिर अङ्कल हरु आएसि आसु को सन्नाटा फेरी एकछिन जारी रहन्छ। अनि अन्तिम पाठ पुजा सकेर ४ बजे तिर देवघाट तर्फ लाग्छौ।

देवघाटको काम सकेर बेलुका ९ बजे तिर घर फर्किन्छौ। घरमा आएसि घ्युमा तारिएको केरा बुवा, आमा दिदीहरुलाई खुवाएसी आफुले पनि खाएर सुत्छु।

दोस्रो दिन

बुवाहरुलाई खाना पकाउने बेवस्था गरि घरमा भएको अरु काम हरु गरेर दिन बित्छ।

आमाहरु

तेस्रो दिन

शोक ब्यक्त गर्न “नयाघरे कडेल भाई समाज” बाट दाईहरु तथा अङ्कलहरु आउनु भएसी केहि बेर शोक सभा चल्छ। भावुक शब्दहरुले गर्दा हजुरबुबा ले आशु लुकाउन सक्नु हुन्न अनि क्रमस सबै भावुक भएर केहि बेर सन्नाटाको माहोल बन्छ।

नयाघरे कडेल भाई समाज

चौथो दिन

— —

पाचौ दिन

भारद्वाज आश्रम तथा बैद्धिक धर्म परिसद बाट आउनु भएका आफन्तहरुले शोक सभा संचालन गर्नु हुन्छ। भावुक वातावरणमा गरुण पुराण पढ्ने काम सुरु हुन्छ। हामी केहि मानो लेख्ने र फलफुल बाढ्ने काम मा बेस्त हुन्छौ।

प. जगन्नाथ कंडेल
बैद्धिक धर्म परिसदबाट आयोजित शोक सभा

छैटौ दिन

गरुण पुराण

सातौ दिन

गरुण पुराण भन्ने, मानो लेख्ने तथा शोक सभा चलि रहन्छ दिउसभरी।

साना किसान सहकारी सस्था बाट आयोजित शोक सभा

आठौ दिन

गरुण पुराण

नवौ दिन

गरुण पुराण सुन्ने तथा शोक सभा र मानो लेख्ने काम मै सकिन्छ दिन।

बिरेन्द्र आदर्स मा. बि. बाट आयोजित शोक सभा

दसौ दिन

नुन छुने दिन। दसौ दिनमा आएर हामीले नुन खान मिल्ने कुरा थाहा पाउदा अहिले सम्म झोक्रिएको शरिरमा केहि इस्फुर्ती आउछ कि भन्ने आश लाग्छ।एकै चोटी नुन खादा बढी तिर्खा लाग्ने अनि हल्का झम्म हुने रहिछ।

दश दिन को बेलुकाको खाना। अल्नो आलु तारेको।
अल्नो आलु तारेको।

एघारौ दिन

एघारौ दिन फेरी अल्नो खानु पर्ने दिन रे। बुबाहरु माथि खोलामा गएर पुजा गर्नु हुन्छ। हामीले मान्नु पर्ने अनि अर्को गोत्र भएकाहरुले अन्तै खाना खानु पर्ने रे। क्रिया बसेको घरमा केहि खान नहुने रे।

बार्हौ दिन

पुजाआजा मै बित्छ दिन। दिउस भरि आफन्तहरु आउने र उहाहरुलाई खाना खुवाउने क्रम जारी रहन्छ। बेलुका आएका आफन्त हरुलाई आफ्नो र छिमेकीहरुको घरमा लगेर सुत्ने बेबस्था गरेर दिन अन्ते हुन्छ।

पुजाआजा

तेर्हौ दिन

पुजाआजा अनि आएका पाहुना हरुको सत्कार मै बित्छ दिन । टिका लगाएर आफन्त बिदाई गर्ने बेला वातावरण भावुक हुन्छ। केहि बेर को लागी।

गाई दान
पुजाआजा
सोर्ह पण्डितहरु
रोटि तरकारी बनाउदै लोकनाथ ठुलोबुवा
शैया दान

बिदाई (चौधौ दिन)

बहिनि ज्वाई हरु बिहानै बिदाई भएर जानु हुन्छ।मासिका कहिले हुन्छ भन्ने तय गरेपछि अङ्कल अन्टीहरु पनि बाग्लुंग जाने तयारी गर्नु हुन्छ। अङ्कल अन्टी बिदाईको समय वातावरण फेरी भावुक हुन्छ।

हजुरआमा बित्नु भयो भन्ने भन्दा पनि अब हामीमाझ कहिल्यै हुनुहुने छैन भन्ने क्षण असाध्यै गार्हो हुने रहिछ।

२०७५-०९-२९