Traveler Diary: Survival Tour to हेलम्भु

Narayan Kandel
Jun 6, 2018 · 16 min read

May 25–27, 2018 (Friday — Sunday)

Travel Theme: Survival Tour

Rule: no extra clothes, no money, no mobile, no help from known people, no umbrella, no torch light, no background research, no influence of name or fame to local people to get help, no telling lie, no crying, no drama

सधै जस्तै काम गर्ने तालिका थियो शुक्रबार को पनि। यतिकैमा हरि अकंल को Facebook पोस्ट देखे survival tour को लागि साथी चाइयो भन्ने (समय बिहान ८:५३)। rule चाई एस्तो थियो पैसा, बहुमुल्य सामान, झोला, आदि केइ नबोक्ने अनि एकसरो कपडा जे लगाएको छ तेसै संग जाने। तात्पर्य बोलि बेचेर ३ दिन बाच्नु पर्यो भन्ने (बोलि बिकेन भने? दोस्रो उपाय नै छैन )।

पोहोर पनि जान खोजेर नमिलेको मैले तुरुन्त msg गरे अकंल लाई। म इच्छुक छु भनेर। एकछिन पछि अकंल ले msg पठाउनु भयो Can you go today? Friday to Sunday? यो हप्ता को आधी जसो काम पुरै बाकी थियो। तेही पनि यस्तो अवसर पछि कहिले आउछ पत्तो हुदैन भन्ने सोचेर reply पठाए Yap भनेर। आजकल repetitive भन्दा पनि नया नया कुरा गर्न बढी जोस आउछ। जिन्दकी का धेरै नया-नया पाटा हरु को अनुभब गरु भनेर हो कि। यो त झन् मेरो comfort zone भन्दा बाहिरको कुरा भयो। पछि फोन मा कुरा गर्यौ।११ बजे बल्खु भेट्ने बयोधा होस्पितल को काउन्टर मा। Mobile नबोक्ने भए पछी स्थान र समय पहिलै confirm गर्नु थियो। कुनै ठाउँ हेरेर आउन भन्नु भयो। १ घण्टा जति मा खाना पकाएर खान सम्भब नदेखेर पाटनढोका तिर खाना खाएर आए। काम मा status राखे “going to countryside. Don’t know internet status. will back sunday” अनि १०:३० तिर हिडे रूम बाट। पैसा नबोकेको ले सुरु मै गाडी चड्न भन्दा पनि हिड्न मन लाग्यो। लागे भित्रि बाटो हुदै बल्खु तिर। दिउसो गर्मी निकै बढी सकेको रहिछ। ११:१५ तिर बयोधा हस्पिटल पुगे पसिनै पसिना भएर। गर्मी ले गारो पर्छ कि क्यो हिड्न। एउटा मन ले भन्दै थियो। चितवन को गर्मी खाएर हुर्केको म काठमाडौँ मा ८/९ वर्ष बसेसी गर्मी खप्न नसक्ने भएको छु। uncle लाई कुर्ने समयमा त्यहि waiting काउन्टर मा उपलब्ध कान्तिपुर पत्रिका हेर्न थाले। यतिकै मा मेरो आखा गयो तंग्रिँदै हेलम्बुको पर्यटन शीर्षक समाचारमा। राम्रो ठाउँ जस्तो छ। यतै जानु पर्छ क्यो भन्ने भयो। पछि uncle संग भेट भयो। Uncle ले गर्न बाकी केहि काम सक्नु भयो अनि २ बजे तिर बल्खु बाट सुरु भयो हाम्रो यात्रा। uncle को लागि पनि नया भएकोले हामी हिड्यौ हेलम्भु तिर।

Day १

नेपाल यातायात चढेउ कोटेश्वर जानको लागि। पहिलो पटक पैसा नबोकी गाडी चढेको कस्तो कस्तो लाग्दै थियो। बीचमा भाडा माग्न आएर छैन भन्दा मानेन भने। or public बिल्ला हान्यो भने।or free मा लैजान सक्दिन, यहि झर्नुस भन्यो भने।यस्तै यस्तै। भाईलाई भनौला नि पैसा छैन भनेर। अब बीच मै भाडा माग्न आएर झर्नुस भन्छ भने झरौला अनि अर्को गाडी try गरौला नत्र २ खुट्टा जिन्दावाद। भनेर मनलाई चित्त बुझाइयो । गाडी भित्र uncle संग जाने ठाउँको बिषयमा कुरा गर्दा गर्दै कोटेश्वरमा पुग्यौ। uncle ले झर्ने बेला conductor भाई कुरा गर्नु भयो पैसा छैन भनेर। भाईले गार्हो मान्यो। पछि driver दाईसंग कुरा गर्नु भयो। सजिलै माने। एउटा ठाउँ काटियो :D

अब हेलम्भु जाने गाडी को बारेमा बुज्न थाल्यौ। अघि भर्खर गाडी छुटेको र एकछिन मा आउने कुरा गरे अरु गाडी का staff हरु ले। धुलिखेल को लागि छुट्नै लागेको ले तेता गएर पछि अर्को गाडी चड्ने सल्लाह गरेर लामो बाटो बीच मा पैसा छैन भन्दा गारो होला भनेर uncle driver संग कुरा गर्न जानु भयो। अहिले पनि सजिलै माने driver दाई ले। ३/४ बजे तिर धुलिखेल पुग्यौ।

धुलिखेल पुगेपछि मैले हेलम्भु जाने अर्को गाडीको बारेमा बुझ्न थाले। यतिकै मा शिवघाट, देउपुर हुदै माथि जाने गाडी आयो। हेलम्भु जानको लागि पछि अर्को गाडी आउन सक्ने कुरा गर्दै हुनुहुन्थियो नजिकै को होटेल को दाईले। म चाई केहि अघि सम्म भए पनि यस्मा जाने अनि पछि झरेर अर्कोमा चडौला भनेर driver दाईसंग कुरा गरे भाडा नभएको भनेर। सजिलै माने यस पाली पनि। गाडी पुरै भरिएको थियो। हामी अन्तिम तिर गयौ उभिनको लागि। गाडी चलिराको थियो। बेला बेलामा म uncle लागि अघिल्ला यात्रा हरुको worst case को बारेमा सोध्धै गैरहेको थिए।worst case पार लगाइयो भने अरु मा केहि गार्हो हुदैन भनेर। अरु समय हामी गाडीमा भएका मानिसहरुसंग गफ गाफ गर्दै समय कटाई राखेका थियौ।

बसको पछिल्तिर बसेका यात्रु हरु संग कुरा गर्दै गर्दा १ जना ले सोध्नु भयो। आज कता बस्दै हुनुहुन्छ। uncle ले भन्नु भयो। जता बास पाइञ्छ तेतै बस्ने। उता बाट उत्तर आयो। १ छाक खान र १ दिन बस्न त जस्ले नि दि हाल्छ नि। uncle ले काउन्टर दिनु भयो “तपाई ले दिने हो ?”। १ छाक होइन ३ छाक खुवाऊछु म। जोसै जोस मा भन्नु भयो उहाले । ब्यापारी मान्छे काउन्टर कुरा गर्न निकै खप्पिस। आज उहा को मै बस्ने हो त? Uncle ले मलाई सोध्नु भयो। बाहिर हेर्दा उज्यालो नै देखिन्थेयो। फेरी अर्को ठाउँ मा पुग्दा रात पर्ने पो हो कि। गाउतिर मानिस हरु फेरी छिटै सुत्छन। हुन्छ नि त uncle मैले इसाराले भने। यतिकैमा उहाको मै बस्ने चाजो पाजो बन्यो।

दुलाल जी को घर मा बुबा, आमा, श्रीमती, छोरा छोरी हुनुहुन्थियो । बुबा ले सोध्नु भयो को हुनुहुन्छ उहाहरु। छोराले भन्नु भयो। खोइ मैले नि चिनेको छैन। गाडीमा संगै आएको। :D परिवार का सबै अचम्मित हुनुहुन्थियो। किन आएका, के काम गर्छन, कस्ता मान्छे बस्दै छन हाम्रो घर मा भनेर होला। हामीले हाम्रो यात्रा मा आफ्नो बारेमा केही नबताउने नियमलाई अपनाएको थियौ । हाम्रो ब्यक्तित्यो ले यात्रा को अनुभब मा असर नगरोस भनेर। अनि नियम तोड्न पनि भएन।

यतिकै मा भाउजु ले पानी र गोरस लियर आउनु भयो।खायौ। उज्यालो नै थियो के गर्ने होला त अब। uncle बारी को काम गर्न पनि निकै टाठो। अघि दुलाल बाजे ले मकै खनेर आएको भन्दै हुनुहुन्थियो। बाकी छ भने हिड्नु जाउ। uncle ले दुलाल दाई लाई भन्नु भयो। म त सक्दिन खेत मा काम गर्न। उनले जवाफ फर्काए। अनि १ छिन् गफ गाफ गर्यौ। छोरा, छोरिहरु management पढ्ने रहिछन। केइ confusion छ भने म clear बनाई दिन्छु भनेर uncle बाबुलाई government accounting को कुरा बुजाइदिन थाल्नु भयो खाली समयमा। केहि बेर पछि uncle ले केरा को टुप्पो मा हुने बुङ्गो को आचार बनाउनु भयो। त्यहाँ सबै लाई नया रहिछ बुङ्गो को अचार। म र दुलाल भाई भएर गाउ मा कागती खोजेर ल्यायौ। सानो गाउ , तल तिर इन्द्रावती, पर तिर देखिने नगरकोट का होटेल हरु। नजिकै कुल को मन्दिर भएको डाडो।अनि रात को समय मा झिलिमिली देखिने पारी तिर को गाउ। रमाइलो बाताबरण थियो त्यहाँ। अनि त्यहि रमाइलो बाताबरण माझ मिठो खाना खाएर एक छिन फेरी गफ गाफ गर्यौ अनि १०:३० बजे तिर सुत्यौ।

Day २

भोलि पल्ट बिहान ५:३० तिर उठ्यौ। मिठो खाना र बास को लागि धन्यवाद दिएर शिवघाट हुदै मेलम्ची तर्फ़ लाग्यौ ५:४५ तिर । १५/१६ km को दुरी पार गरि मेलम्ची (२८५४ ft) पुग्दा ८:१५ बज्यो। मेलम्चीमा खाजा खाने सोची uncle तरकारी बेबस्था गर्न लाग्नु भयो। म चिउरा को बेबस्था गर्न लागे। तरकारी चिउरा खायौ।diary मा टिप्न पसल को नाम सोध्दा साहुजी ले नाम छैन भने। के हो दर्ता नगरी चलाएको हो क्यो भन्दा आतिदै, कहाँ बाट आउनु भएको भनेर सोध्न थाले। हामी सरकारी मान्छे होइनौ नआत्तिनु भन्दै तरकारी को लागि धन्यवाद दिएर लाग्यौ पाल चोक तर्फ।

बाटो मा भेटिनु भएका हरु लागि बाटो सोध्धै हिडिरहेका थियौ।एउटी नानी बजार तर्फ़ झर्दै थिइन। पाल चोक जाने बाटो कता हो बहिनि ? uncle ले सोध्नु भयो। “खै थाहा छैन म त काठमाडौँ बाट घुम्न आएको “ बहिनि को जवाफ आयो। यतिकै मा बगैचा मा श्रेष्ठ दाजु भेटिनु भयो। उहाले मेलम्ची देखि langtang निस्कने बाटो को बारेमा बताइदिनु भयो र हामी हाम्रो बाकी २ दिन को तालिका बनाउन तर्फ लाग्यौ। लामो समय बन मा काम गर्नु भएकोले सबै ठाउँ हरु को राम्रो ज्ञान रहिछ उहा लाई। उहासंग को सल्लाहबाट आज शेर्माथान सम्म पुग्न सकिने कुरा पत्ता लाग्यो। बीचका गाउ हरुको बारेमा पनि बताइदिनु भयो। अनि खाना खाएर जान आग्रह गर्नु भयो। हामीलाई पनि के खोज्छस कानो आखो जस्तो भयो। सिस्नु रहिछ उहा को घर मा। मलाई uncle ले सिस्नु टिप्न सिकाउनु भयो। पहिलो पल्ट सिस्नु खादै थिए श्रेष्ठ दाईको मा। अर्को चै पानीमा हुने कर्कलो (जलुगी) को तरकारी। दुवै नया कुरा थियो मलाई। परिवार को बारेमा कुरा गर्यौ।अघि बाटो मा भेटिएकी बहिनि त उहा को छोरी पो परिछन।see सकेर काठमाडौँ आफन्त को मा गएकी । उतै bridge course पड्दै छिन रे। घरमा हामीलाई देखेर अप्ठारो मान्दै थिइन्। हामी उनलाई वास्ता नगरी श्रेष्ठ दाजु संग कुरा गर्न थाल्यौ। बन को जागिर छोडेर धुलिखेल तिर पसल गर्नु भएको रहिछ। अहिले त्यो पनि बन्द छ रे। मेलम्ची का नेवार हरु चाई धुलिखेल तिर बाट सरेका रहिछ्न। उहा को घर पशुपति सम्सेर जबरा मेलम्ची आउदा बस्ने ठाउँ रहेछ। परेका हरुलाई सहयोग गर्ने मनकारी रहिछन श्रेष्ठ दाई। १ जना गाउ कै मानिस लाई बिरामी भएको बेला घर परिवार ले राम्ररी नहेरेसी उनले अस्पताल लगेर उपचार गराएर १५ वर्ष देखी संगै राखेका रहेछन । सकेको बेला सहयोग गर्ने नसकेको बेला आराम गर्ने गरी। १ छिन मा खान खायौ अनि धन्यवाद दिएर माथि तर्फ़ लाग्यौ।

१२ बजे तिर को घाम अनि धेरै खाइएछ खाना। गारो भयो हिड्न। रात पर्नु अघि नै नपुगे बास खोज्ने समस्या हुने भएको ले अनि धेरै ढिला पुग्दा भोकै बस्नु पर्ने हुन सक्ने भएकोले बिस्तारै-बिस्तारै हिडेउ। uncle को देश, विदेश को भ्रमण तथा पड्दा अनि काम गर्दा को अनुभब हरु सुन्दै। हिड्दै गर्दा बाटोमा छिट फुट रुपमा राहत घरहरु भेटिए काठमाडौँ तथा विदेशमा बस्नेहरुले भुकम्प को सरकारी अनुदान खानका लागि बनाएका घरहरु। बाटोमा जंगली फलफुल हरु पनि भेटिए। कोइ खान हुने कोइ नहुने। नया फल टिप्यो गोजीमा हाल्यो। कोइ स्थानीय देखेमा सोध्यो अनि अघि देखियो भने खायो। हिड्दा को दुख ओरिपरि का डाडा काडा हेर्दा सबै भुलिने। निकै रमणीय। टन्टलापुर घाम मा यौटा सिमेन्ट बोकेको ट्रक आयो। लिफ्ट पाइयो केइ माथि सम्म को लागि। सुन्दर बाताबरण माझ धुलो उडाउदै गुडेको ट्रक ले दुबो चौर मा झारिदियो। दुबो त सबै मरिसके जस्तो। नाम मा मात्र रहिछ दुबो। नया नया घर हरु बन्दै थिय गाउ मा। भुकम्प ले कुनै गाउ पनि बाकी राखेन क्षति पुर्याउन।

प्यास ज्यादै लागेको ले तामांगनी दिदी को घर मा पानी माग्यौ। तामांगनी दिदी को टिपिकल बोली सार्है सुन्दर थियो “म म खान तल चोक जाने।” “यस्तो गर्मी मा पसिना चुहाई चुहाई के हिड्न मन लागेको होला ?” यस्तै यस्तै। recorder लगेको भए अझ मज्जा आउथ्यो होला सुनाउन। यतिकै मा पानी पिएर हामी हाम्रो गन्तब्य तर्फ लाग्यौ। हामी उचाई मा आएकोले गर्मि लाई चिसो हावाले फिक्का पार्दै लगिरहेको थियो। अनि बिहान को खाना पनि पचिसकेको ले हिड्न कुनै समस्या थिएन अहिले । अहिले सम्म हामी पैसा नबोकी हिडेको कुनै अनुभन नै भै रहेको थिएन । धुपीहरु को आवाज अनि मिठो बाताबरण ले हिड्ने उर्जा दिराखेको थियो।बेला बेला मा क्यामेरा मिस गरेको खस खस चाई भैराख्थ्यो ।

बाटोमा बुढी आमा भेटिइन।पाल्चोक घ्याँ रहिछ ठाउँ। मैले अघि बाटो मा देखेको फल देखाउन थाले। पाना र थुथुरो रहिछ। खान हुने कुरा गर्नु भयों तर अहिले अल्लि खाने बेला चाई भएको छैन रहिछ। तल आरु रहिछ बिकासी खालको। खादा हुन्छ भनेर भन्नु भयो। केहि खायौ अनि केहि गोजीमा राख्यौ। १ छिन् हिडे पछि सिन्धुपाल्चोक को ककनी मा पुगियो।

ककनी को १ ओटा guest house मा अस्ट्रिया बाट आएका २ पर्यटकहरु आराम गरिराखेका थिए। गोसाईकुण्ड बाट झरेका उनीहरु लाई नेपाल को सबै कुरा मन पर्यो रे। “Everything is beautiful. Nature, people, guide everything. I can even travel alone here. It is safe also” भन्दै थिइन महिला पर्यटक ले। निकै सुन्दर थियो ठाउँ। इन्टरनेट पनि पुगेको। यतै २ ३ महिना काम गरेर बस्न पाए खुब आनन्द आउथेयो होला। यहाँ बाट माथि चाई बाहिर को मानिस लाई जग्गा किन्न दिदैनन रे। जग्गा भाउ सोधेको महँगो नै रहिछ। आना को २-४ लाख। धेरै जस्तो जग्गा खाली रहेछ पहाड तिर। गर्न सक्ने जति सबै कि त काठमाडौँ कि त विदेश अनि गाउ मा बाल बच्चा र बुढा बुढी भएर।

केहि बेर हिडे पछि चाल्के (भंझ्याँ) पुग्यौ। बाटोमा स्टोबेरी पनि देखिन थाले। काठमाडौँ मा देखे भन्दा निकै सानो। पसलमा शेर्पा दाईलाई चिया बनाइदिन भनेर अघि बिहान बाकी भएको चिउरा र चिया खाए मैले। Uncle ले तातो पानी र चिउरा खानु भयो (चिया नखानु हुने भएकोले )। पसल को बाबु लाई नेपाली राम्ररी नआउने रहिछ नजिकै को अग्रेजी स्कुल ले गर्दा होला। बुढा बुढी पनि ठिकै को अंग्रेजी बोल्छन रे माथि गाउ मा। tourist लाई सेवा दिन सजिलो होस् भनेर। निकै चिसो हावा चल्यो यक्कासी। आङ नै सिरिग पार्ने खाल को। शेर्पा दाजु लाई शेर्माथान जाने बाटो सोद्धा “तपाई हरुसंग झोला पनि छैन कपडा पनि छैन” भन्दै अचम्म परे। म windcheater, jacket र tshirt तथा trekking pants को साथमा थिए भने uncle को नि तेस्तै थियो कपडा। मैले jacket बोकेको चाई कतै बास नपाएर बाहिर सुत्न पर्यो भने त सिरानी बनाउन चाहिन्छ भनेर। तर जाडो ठाउँ मा आएको ले लगाउने काम लाग्यो।

१ छिन् मा शेर्माथान (८५९९ ft) पुग्यौ। सानो गाउ। २ ओटा गुम्बा। सबै जना शेर्पा हरु बस्ने (ह्योल्मो जाति का)। काटमार गर्न नपाइने। बाहिर बाट ल्यायको मासु चाई पकाएर खान मिल्ने। १ ओटा school (यांग्री स्कुल)।आलुको खेति हुदो रहिछ। जंगली जनावर ले बाकी चाई राख्दो रहिनछ। पयटक हरु बस्ने जस्तो homestay हरु पनि रहेछ। हामी १ ओटा होटेल लेखेको homestay जस्तो देखिने घर मा गयौ बास माघ्न। १ ठाउँ मा बास र खाना नमाग्ने, यहाँ बास मागौ खाना अन्त मागौला भनेर बास को लागि कुरा गर्यौ। दाजु हामीलाई तल यौटा घर मा खाना को बेबस्था भयो। होटेल मा जान पैसा छैन हजुर को मा बास पाइन्छ र ? भन्दा “म त येत्रो ७० वर्ष सम्म पैसा नभयको मान्छे देखेको थियन “ भन्दै आफ्नो मा बास नभएको र अन्तै खोज्न सुझाउनु भयो दिदि ले । महिला प्रधान घर जस्तो थियो यो। शेर्पा पुरुष हरु धेरै जस्तो घर बाहिर काम मा जाने भएकोले होला। त्यहि बसाई को क्रम मा भुकम्प को राहत नपाएको गुनासो पोख्नु भयो। ढाटेेमा कारबाही गर्छु भनेर लेखेको छ कसरि ढाट्नु ? काठमाडौँ मा घर भयको भनेको ले राहत नपाउनु भयको रहिछ। अरु विदेश मा बस्ने हरुले चाई ढाटेर राहत लिएछ्न। तेहा नमिल्ने भएपछि यौटा बन्दै गरेको घर मा गयौ। paint गर्न बस्नु भयको दाजु हरु संग कुरा गर्दा खासै सकारात्मक जवाफ नपाए पछि घर को साहुनी दिदि संग कुरा गर्न जानु भयो uncle । बस्ने ठाउँ मिल्यो। १ ओटा डसना, सिरक र सिरानी मिल्यो। झ्याल नभयको ले गर्दा पुग्ला जस्तो लागेन। jacket लगाएर नै सुतिने भयो आज। अब खाना खोज्नु पर्ने। एकै ठाउँ मा खाना र बास नखोज्ने भनेर बास दिने दिदि को मा खाना को कुरा गरेनौ। १ जना दिदि ले किन पैसा नबोकी आउनु भएको ? काम गर्न आउनु भएको हो भने अहिले उधारो मा खानु अनि पछि कमाएर पैसा दिनु भन्नु भयो। ढाटन नमिल्ने भएको ले तेहा पनि खाएनौ। २ जना भाईहरु (१८ र २२ वर्ष का) इन्टरनेट चलाउन डाडामा जादै रहिछन। उनि हरु संग कुरा गर्दा उनीहरु को लागि बनाएको खाना खानु हामी १ छिन् मा बनाएर खान्छौ भने। बल्ल बल्ल खाना पनि मिल्यो। सप्तरी का उनीहरु ज्याला काम गर्न काठमाडौँ को ठेकदार ले पठाएको रहिछ तेहा। १ जना साथी काठमाडौँ गएको ले सिरक डसना extra भयको भने। हामीले extra डसना लियर गयौ अनि सुत्यौ।

Day ३

बिहान उठी भाईहरुको डसना फिर्ता दियौ र धन्यवाद भनि काठमाडौँ फर्किने बाटो सोध खोज गर्न थाल्यौ। १ जना ले बाटो बताइदिनु भयो। माथि डाडा बाट जुगल हिमाल को range देखिन्छ भन्दै हुनुहुन्थियो गाउ को दाजु ले। आकास नखुलेको ले माथि गइएन। छिमी, छिमन्चे हुदै तिम्बु गएर तेहा बाट गाडी चड्ने रे काठमाडौँ जाने। अर्को आगो बलिराखेको घर मा तातो पानी मागेर खायौ अनि छिमी को बाटो सोध्धई हिडेउ। जंगल मा आयो दोबाटो। कता जाने सिधा कि तल। दुवै तर्फ़ मानिस हिडिराखे जस्तो। तल को बाटो समायौ। स्याम्जेल गाउमा पुग्यौ।

अघि जानपर्ने चाई सिधा बाटो रहिछ। यहाँ बाट चाई हल्का उकालो पर्नेभयो । खासै समस्या भएन। चिया खानु हुञ्छ? सोध्नु भयो। हुञ्छ हाम्रो जवाफ। नुन चिया खानु हुञ्छ कि चिनी चिया। नया कुरा खान मन लाग्यो अनि भने नुन चिया भनेर। एता तिर प्राय नुन चिया खानु हुदो रहिछ। दुध, घ्यु, चियापत्ती अनि हल्का नुन हालेर बनाइने। १ गिलास सक्दा फेरी हालिदिनु हुञ्छ। केहि बेर जारी रहयो यो प्रक्रिया। ५, ६ गिलास चिया खाइयो। घर परिवार को बारेमा बुज्दा १ ओटा छोरा र छोरी लाई गुम्बा मा पठाउनु भएको रहिछ उतै पढ्ने गरि। अर्को छोरी चाई नमानेर गाउ को school मा पड्ने रे। माओबादी द्वन्द काल मा बन्द भएर फेरी खोलेको। अनि मात्र गाउमा बस्ने गरिबका छोरा छोरि ले पड्ने बाताबरण बनेको रे। अहिले पनि जम्मा १०६ जना बिद्यार्थी रहिछन यांग्री स्कुल मा । कक्षा ९ मा चाई ८ जना छन् रे। धनीहरुले काठमाडौँमा राखेर पढाउने चलन रहेछ पहिलै बाट। बाली नाली पनि जंगली जनावर ले केइ नराख्ने दुख पोख्दै हुनुहुन्थ्यो। पछि management पड्ने भन्दै थिइन् नानी ले। एक छिन् बसेर दुध चिउरा खायौ। uncle ले handwritting स्किल सिकाई दिनु भयो अनि धन्यवाद दिई छिमन्चे तर्फ़ लाग्यौ।

बाटो भरि ऐसेलु। मन थाम्नै गारो। अनि ऐसेलु खादै, हिड्दै गर्न थाल्यौ। छिमन्चे पुगेसी माथि तिर बाट तल जादै गरेकी दिदि भेटीइन। बाटो सोध्यौ अनि संगै हिडेउ केहि बेर। हजुरआमा बितेर तल जादै हुनुहुदो रहिछ। माथि बाट झर्दा बीच बाटो को जंगल कटाउन भाई आएको रहिछ। जंगली जनावर को त्रासले । इजरायल ७ वर्ष बसेर आउनु भएको रहिछ। उताको पैसा ले जग्गा र घर जोडेको अहिले ३२ हजार जति आउदो रहिछ भाडा बाट २ तला को। यस्तै यस्तै गफ गर्दा गर्दै उनलाई अर्को भाई तल बाट लिन आए। हामी पनि ओरालोमा मा एसेलू, हाडे काफल खादै तल तिर हिडीराखेका थियौ। श्युगेञ्चे (७५७२ ft ) हुदै नुर्बुलिङ्ग पुग्यौ। १ छिन मा मानिस मरेको ठाउँ मा पुग्यौ। आफ्नो रिति अनुसार को काम हुदै थियो। गाउले मानिस हरु जम्मा भएर। अनि नुर्बुलिङ्ग मनिचौर स्कुल आयो।

९ बजेको थियो। १ छिन् पडाएर जाम भन्नु भयो uncle ले। अनि स्कुल मा गएर sir, miss हरु संग कुरा गर्न थाल्यौ। १ जना English lady (Chinese origin) ले पनि volunteer भएर पडाउदी रहिछन ।English teacher संग स्कुल को बारेमा सोधखोज गर्यौ। कम्प्युटर teacher कम्प्युटर मा बेस्त हुनुहुन्थियो।धेरै जसो बाहिर का बिद्यार्थी पड्दा रहिछन। होस्टेल मा बसेर। होस्टेल का विद्यार्थी हरुले (१३५ जना होस्टेल बस्ने टोटल १६० जना बिद्यार्थी) खाना खाने समय भएको रहिछ। जाउलो खादा रहिछन बिद्यार्थीहरुले अनि सरहरुले चाई सुक्का रोटि । सरले खाजा खान जाऊ भनेसी हामी पनि गयौ। हामीले पनि जाउलो खायौ।मिठो रहिछ । एकछिन मा principal sir आउनु भएसी कुरा गरेर ७, ८, ९ र १० का विद्यार्थी लाई यौटा कोठा मा राखेर कस्तो सपना देख्नी, अनि कसरि प्राप्त गर्ने आफ्नो सपना भन्ने बिषय ४० min जति पडाउनु भयो uncle ले । अनि sir हरु संग विदा मागेर हिडेउ हामी।

हिड्दै गर्दा मन कटक्क खाने ngo ले बनाएका धारो हरु देखिए बाटो मा ।२, ३ ओटा नजिकै नजिकै। २ ओटा चाई बिग्रिएको जस्तो थियो। घर नभएको ठाउँमा बनाईएका धाराहरु । फरक फरक ngo ले बनाएको जस्तो। पैसा पकाउन को लागि। बनायो छोड्यो। प्रयोग गर्ने मान्छे पनि छैनन् अनि मर्मत सम्भार पनि छैन।

बाटोमा भेटिने विभिन्न मानिस हरु संग कुरा गर्दै हिदिरखेका थियौ। एकजना बाजे सहित को ५ -६ जना को हुल भेटियो। कम्मर मा खुकुरी भिरेका।”किन भिरेको दाई डर लाग्यो।” भन्दा यो त सोभा मात्र हो भन्दै थिए। पानी छ कि भनेर सोधेको Deu लिएर आएका रहिछन। तेही खाइयो। गर्मिले पिरोलेसी। “झोला मा के छ बाजे केइ खाने कुरा छैन?” Uncle ले सोध्नु भयो। “तपाई ले खान्न होला ? गोरु को मासु छ।” निकै गार्हो गरि भने बाजे ले। गोरु को होइन म त केइ को मासु नि खान्न बाजे। uncle ले भन्नु भयो। तेस्को केहि तल १५ — १६ वर्ष को जस्ती नानी भेटिइन। uncle ले सोध्नु भयो “नानी आज पढाई छैन?” “बिहे गरेको मान्छे को नि के को पढाई।“ नानी को उत्तर आयो। सामान्य लाग्ने घतलाग्दो उत्तर । सानै उमेरमा बिहे अनि घर बेबहार। केहि बेर हिड्दा आलुबखरा लटरम्म फलेका बारी हरु आयो। केहि टिपेर खाइयो अनि केहि गोजी मा हालियो। शरीर लाई nutrient जो पुर्याउनु छ।

तिम्बु (४३९३ फिट) पुग्दा ११ बजेको थियो। पानी मागेर खायौ अनि अर्को काठमाडौँ जाने गाडी को बारेमा सोध्धा १२ बजे अनि २ बजे जाने थाहा पायौ।अर्को trekking route पनि रहेछ काठमाडौँ जाने। तिम्बु बाट कुटुमुसान हुदै सुन्दरीजल निस्कने। अहिले नभ्याउने भयको ले पछि कुनै समय हिड्ने विचार गरि नजिकै को मेलम्ची सुरुङ हेरी काठमाडौँ गाडी मा फर्किने विचार गर्यौ। त्यहाँ बाट मेलम्ची को सुरुङ ३ कि मी पर रहिछ। ४०/५० min मा पुगेर १ छिन् बसेर आउन त गारो पर्छ। पैसा छैन। लास्ट को गाडी ले लैजान्न भन्यो भने गारो हुन्छ भनेसी bike खोजौ पाइयो भने जाउला भनेर एसो तल तिर गएको एउटा रोकिराखेको bike देखियो। कसको bike हो भनि सोधखोज गरेर bike वाला दाजु लाई १ छिन् bike दिन अनुरोध गरियो । आफ्नो माथि गएर तल जानु पर्ने भएको ले नमिल्ने बताए सुरुमा। कामै बिग्रने गरि त नजाउ। मिल्छ भने लगिदिनुस भनेको, १ छिन्पछि तेब्बर जाऊ न त भने दाजु ले । सुरुङ पनि देखिने भैयो :D भू पु आर्मी रहिछन तेही भएर सजिलै छिर्न पाइयो भित्र । हामी भन्दा अघि गएका हरु छिर्न नपाएर बीच बाटो बाटै फर्किनु परेको थियो।

त्यहा बाट तिम्बु फर्किदा ११:४५ बजेको थियो। १५ min गाडी मा बस्न भन्दा हिडौ भनेर हिड्न थाल्यौ। किउल पुग्दा १२:३० भएको थियो। यतिकै मा गाडी आयो। चडेउ । अहिले गाडी staff लाई नभनेर गाडी को यात्रु लाई भाडा sponsor गरिदिन भन्ने सल्लाह गरेर बसिराखेको थियौ। यदि कोहि नभेटीदै conductor भाई पैसा माग्न आए के भन्ने। मिल्छ भने काठमाडौँ नत्र धुलिखेल नत्र मेलम्ची सम्म पुर्याइदेउ भन्ने। answer को लागि trap मा पार्ने। किनकि मेलम्ची बाट ४ बजे सम्म काठमाडौँ को लागि गाडी छुट थियो। यस्तै सल्लाह गर्दै थियौ। ठय्याक्क काठमाडौँ जना को लागि ४ जना भाई हरु चढे। सुरु मा लिमिटेड पैसा भएको र नपुग्ने बताएका थिए भाईहरुले। पछि तेती पैसा मै conductor भाई संग कुरा गरेर adjust गरौला नि भनेसी हुन्छ भने । conductor भाई लाई भाडा दियौ। ल यति भएसी काठमाडौँ पनि पुगिने भइयो। अनि भन्यौ भाई हरु लाई हाम्रो यात्रा को उदेश्य। भाई हरु त पुरै अचम्म।

करिब ५ बजे तिर कोटेश्वर झरेर मा पुल्चोव्क तिर आउन टेम्पू चढे uncle कलंकी जना गाडी।टेम्पो को ढोका तिर थिए। driver को नजिक तिर बस्न पाए त सजिलै हुन्थ्यो भाडा छैन है दाई भन्न लाई। अरु झरे १ जना भाई बाकी थियो driver को साइड तिर। “भाई कहाँ जाने हो?” सोधे। “रत्नपार्क” उसले भन्यो। “लौ! यो त जादैन त। यहि झरेर पारि गई रत्नपार्क जाने माइक्रो चढ।” भाई थापाथली नजिक झर्यो। म driver नजिक आइपुगे। कुपन्डोल तिर आएसी दाई पैसा छैन है नबिल बैंक मा हो झर्ने भने।अहिले देखि नै फोकट मा चढेको भन्ने थाहा दिम भनेर भनेको।फेरी झर्ने बेला मा झ्याउ होला भनेर । बेला बेला मा mirror बाट मलाई हेर्थे driver दाजुले।कस्तो मान्छे हो पैसा नबोकी हिड्ने भनेर हो कि । :D नबिल बैंक आयो। धन्यवाद है दाई भनेर झरे। अनि यतिकै मा सकियो हाम्रो survival tour अथवा जोगी यात्रा। पहिलो पल्ट मागेर यात्रा गरियो।त्यो पनि हेलम्भु सम्म।

गएको ३ दिन अरु ३ दिन भन्दा निकै फरक थियो। सामान्य तया सोच्न समेत नसकिने यात्रा गरिएको थियो। बाहुन, क्षत्री, नेवार, तामांग, शेर्पा, लामा, गुप्ता को सहयोग मा हामीले गास र बास मिलाएका थियौ। विभिन्न बर्ण, उमेर, लिङ्ग, जात का मानिस हरु भेटेका थियौ। हाम्रो घर गाउ का मानिस हरु कति सहयोगी हुन्छन भन्ने प्रतेक्ष्य अनुभब गर्ने मौका पाएको थिए। उनिहरु को सुख/दुख बुज्ने मौका पाए।तराई को सुख/दुख त अलि अलि देखेको थिए। अहिले पहाडको सुख/दुख को साक्षत्कार गर्ने, सुन्ने अवसर मिल्यो। सामान्य सोचे भन्दा निकै राम्रो पाए मैले हाम्रो गाउ समाज बाताबरण। जस्तो सुकै अभाबमा हुर्केको भए नि मानिसहरुको सहयोगी भावना अचम्मको थियो। मलाई फरक यात्राको अनुभब गर्ने अवसर दिनु भएको मा हरि uncle लाई हार्दिक धन्यवाद ब्यक्त गर्दछु।

Route:

Day 1: Balkhu-Koteshwor-Deupur (all via Bus)

Day2: Deupur — Shivaghat — Bahuntar — Melamchi — Bagaicha — Dubochaur — Palchowk — Ningale — Sermathang (around 45Km all walk)

Day 3: Sermathang — Chhime — Chhimanche — Timbu — Kiul — Melamchi — Koteshwor — Patan (walked upto Kiul then by bus)

Survival Tour is one of the theme tour Hari uncle do once in a year. It is his 13th time and mine first. More detail about Hari Kumar Silwal uncle and his purpose visits are available at http://hasikumar.com/?HKSPageID=crazy_experiences

Kantipur Article link

तंग्रिँदै हेलम्बुको पर्यटन by अनिश तिवारी

PS: युनिकोड नेपालीमा लेख्न खोज्दा भएको अशुद्ध शब्द हरु को लागी हार्दिक क्षमा प्रार्थी छु।

पछिल्लो ब्लग:

Twitter: @dearnarayan