💕आत्मिय-मिलन💕

(लेखक/रचनाकार: सौगात बोलखे)

२०७३भदौ०२
आँखामा चस्मा । आँखा तल आँसु बगेर सुकेका डोबहरु छन उस्का । कपाल जीङ्गृङ्ग अनि टेढो मेढो छ । केही मैलिएको सेतो सर्ट अनि कालो प्यान्टमा भित्तामा अढेसा लागेर उ बसेको छ । कोठाको सिलिङमा पङ्खा लगातार घुमिरहेछ । कोठामा पङ्खाको मधुरो आवाज सुनिदैछ अनि लगातारको हावाले टेबलका किताबका पानाहरु पल्टिएको आवाज सुनिदैछ । उक्त ब्यक्ती अगाडि एक महिला ढलिरहेछिन । बन्द सास, अनि शान्त छाती उन्को । मुखले सुस्केरा हाल्न छोडेको छ । लाग्छ उन्को प्राण भख्खरै गएको हो । मृत शरीरको बगलको ब्यक्ती शान्त छ । उ बाहिरी रुपमा शान्त छ ।
 तर मनोभावना उस्का मस्तिष्क भित्रै बादबिबाद गर्दै छन । उ मुन्टो तल फर्काएर घोरिएर अनेक कुरा सोच्दै छ । उ सोच्छ: " नाइ सिमा । तिमी मरेकी छैनौ । हाम्रो प्रेम मरेको छैन । बिच बाटोमा आएर एक्लै छोड्न सक्दैनौ मलाई । म हराउछु एक्लै तिमीबिना, तिमी हराउछौ म बिना । हाम्रो प्रेम आत्मिय छ । आत्मा त मर्दैन, शरीर मरेपनी ! के आत्माको आयु हुन्छ ? हाम्रो मायामा आत्माको मिलन भएको छ, के त्यो मायाको पनि मृत्यु भयो त ? अहम यो हुनै सक्दैन । म मान्दै मान्दिन । यो प्रेमको आयु बस केही वर्ष हुन सक्दैन । उन्को आत्मा मरेको छैन । हाम्रो सम्बन्ध बिना अर्थ सकिनेछैन । उ मबाट छुट्टिनु सम्भब छैन । यो तिम्रो भौतिक मृत्युले हाम्रो आत्मिय माया छुट्टाउन सक्दैन- सिमा ।"
*****----********-------**********------***
3 वर्ष अघि 
२०७० साल

राजन अनि सिमा ! मानव मनोविग्यान (Human Psychology) पढ्ने दुई विधार्थी । चलन छ भनिने, जीवन बिताउने को सङ्ग भनेर माथी बाटै लेखेर आएको हुन्छ ! यो भनाइ राजन र सिमाको लागि बिल्कुल मिलेको थियो । एकै नजरमा माया त बस्दैन तर कलेज क्यान्टिनमा दुबैको नजर जुध्दा केही भएको थियो ।
त्यो हेराई अनि नजर जुधाइमा केही जादु थियो सायद । भख्खर भेटिएका दुई ब्यक्ती तर लाग्थ्यो ती दुई एकअर्कालाई सयौ वर्ष देखि जान्दछन, पहिल्यै नजिकिएका छन । सायद केही आत्मिय अनि अप्राकृतिक आँखा जुधाइ थियो त्यो । एसै नजर त हरकोही सङ्ग जुध्छ, तर त्यो नजर जुधाइ छुट्टै थियो ।

दुबैमा एक अर्कालाई जान्ने कौतुहलता थियो । सायद एसैलाई भनिदो रहेछ आत्मियता, दुबै एक अर्काको नजिक हुन चाहन्थे ! अनि भाग्यले जुरायो नै मौका । दुबैको प्राक्टिकल Group एउटै भयो । सिमा-राजन को परिचय अनि दोस्ती भयो । समय बित्त्दै गयो मित्रता मायामा बद्लिन बस केही महिना लाग्यो । हिम्मत गरेर राजन सिमालाई प्रोपोज गर्छ ।
दुई मित्र, प्रेमी- प्रेमिकामा परिणत हुन्छन ।
तर भाग्यलाई यो प्रेम अनौठो नै बनाउनु थियो । सिमासङ्ग समय कम थियो । उनी क्यान्सरको पेसन्ट थिइन- Brain Cancer। डक्टरको अनुसार उनीसङ्ग बस केही बर्ष बाकी थियो । सिमाको उपचार नेपालमा सम्भब थिएन । Malignanat Brain Tumor भएकाले बाच्ने चान्सपनि लगभग शून्य थियो ।
सिमा सामान्यतामा रमाउने केटि । उन्को केवल एउटै इच्छा :"बस अरुझै सामान्य रुपमा रहन सकु । अरु जस्तै कलेज जान सकु । वरिपरि हास्ने हसाउने साथी होउन ।"
उ न प्राथमिकतामा रहन चाहन्थी न कसैको सहानुभुतीमा ।
अनि परिवार उस्को चाहनामा केवल विवस थियो । त्यसैले उस्को यो सत्य मात्र केहिमा सिमित थियो । कलेजमा यो उस्को सिक्रेट निकटतम साथी सन्जीता बाहेक अरुलाई थाहा थिएन । राजन पनि यो विषयमा अनबिग्य थियो ।
 सिमा सबैसङ्ग दुरी राख्न चाहन्थि । उनलाई आफ्नो मृत्युमा कसैलाई दुखी तुल्याउनु थिएन । त्यसैले अन्यानासृत कसैप्रती नजिक हुने उन्को चाहना थिएन । तर किष्मतलाई केही अरु नै मन्जुर थियो । जति टाढिन खोजे नि राजन उस्को नजिक भैरह्यो । सिमा स्वयम् आफूलाई राजनबाट टाढा राख्न सक्दिन थिइ । जानी नजानी आखिर माया गाढा बस्यो नै ।

फागुन ३ गते शनिवारको दिन

सिमा केही नर्भस देखिन्छे । आज उ आफ्नो जीवनको सबैभन्दा ठूलो सत्य राजनलाई भन्न जादैछे ।
गोदावरीमा पश्चिम चौरको सानो कुनामा एक जोडि बसिरहेछन ।
सिमा राजनको काधमा टाउको राख्दै भन्छे,
-" एउटा कुरा सोध्छु, रिसाउछौ कि ?"
-" म कहिल्यै तिम्ले प्रश्न सोध्दा रिसाएको छु ह सिमा ?"
-" हैन, एस्सै Formality को लागि भन्या नि ।"
-" के कुरा ? सोध न ।"
-" म मरे भने के गर्छौ राजन ?"
रिसाएझै गरि राजन सिमाको शिरलाई काधबाट पेलिदिन्छ ।
- "म सङ्ग jpt कुरा गर्ने हैन है फेरि ।"
- "अनि भख्खर त म कहिले पो रिसाउछु रे...।" सिमा हास्दै फेरो राजनको काधमा सिर राख्छे ।
- "सोध्ने कुरा पो सोध्नु पर्छ त अनि.. ।"
-"हैन त्यतिकै के भनन, प्लिज" सिमा फकाउन खोज्छे ।
-"तिमी मरे, म नि मरौला । अनि माथी गएरै प्रेम लिला रचौला, हाहा ।" राजन हास्दै अङ्गाल्छ ।
सिमा भावुक हुन्छे । उस्को अनेकौ प्रयास पछिको यो प्रयास पनि बिफल हुन्छ ।
सिमा यो सत्य आफूले भन्न नसक्ने अवस्थामा पुग्छे ।
 सिमा सन्जितालाई सब कुरा भनिदिन आग्रह गर्छे । भोलि पल्ट राजन सिमाको सत्य थाह पाउछ । सुरुमा हासोमा उडाउछ, पछि सत्यले उस्को होस उडाउछ ।
सिमा त्यो दिन कलेज आएकि थिइन । राजन कलेजबाट सिधा सिमाको रुम तर्फ दौडन्छ । हजारौ प्रश्न अनि तिन्का अनुत्तरित जवाफ उस्को मुहारमा पीडा झै झल्किएका छन । स्वास्वा गर्दै उ सिमाको रुम अघि पुग्छ । ढोका नक गर्छ । 
जब सिमा ढोका खोल्छे, तब राजन अङ्गाल्न पुग्छ उस्लाइ । जति रोके पनि आँसु रोकिदैनन । अब सत्य लुकाउनु थिएन सिमालाई । त्यो सत्य जस्को जिकिर उ हजार बार गर्न चाहेपनि सकेकि थिइन, त्यो सत्य बाहिर आएको थियो । उस्ले मनको ठूलो बोझ निकालेकी थिइ । 
राजनको रोदनमा पनि सिमा राहत महशुस गर्दै थिइ । त्यो बाधिएको अङ्गालो लामो समयसम्म फुक्दैन । राजनको रोदन शान्त हुन्छ, सिमा सक्दो सम्झाउछे ।
तर त्यो सत्यले उनिहरुको सम्बन्ध थप मजबुत बनाउदै जान्छ । राजन सिमाको थप केयर गर्न थाल्ने भयो ।
बोर्ड एक्जाम आउदै थियो अनि एक्जाम अघि सानो रिसर्चको रिपोर्ट कलेजमा सब्मिट गर्नु थियो । आफूलाई मन चाहने विषयमा मानिसहरुको साइकोलोजी जानेर, बुझेर त्यो सम्बन्धी सानो रिपोर्ट बनाउनु थियो ।
रिसर्चको लागि राजन- मृत्यु अनि आत्मा (Death and spirit) सम्बन्धी विषयमा मानिसको साइकोलोजी जान्ने तर्फ अग्रसर हुन्छ । सिमालाई थाहा थियो राजन यो रिसर्च लिएर निकै सिरियस हुनेवाला छ ।
थाहा थिएन किन तर राजन मृत्यु के हो जान्न चहान्थ्यो, सायद सिमा नै ठूलो कारण थिइ । रिसर्चको लागि अनेक मानिसलाई विषय सम्बन्धी प्रश्नोत्तर गर्नुथियो । यो रिसर्च राजन एक्लै गर्ने बिचारमा थियो । सिमालाई उ कोठामा रेष्ट गर्न भन्छ अनि आफै ती प्रश्नको जवाफको लागि निस्कन्छ । यो प्रश्न नै अलि पृथक अनि सोचनिय थियो । उस्लाइ थाहा थियो अधिकाम्स मानिस यो विषयमा खासै मतलब राख्दैनन ।
त्यसैले उ यी अनेक प्रश्न बोकि महान गुरु रामेश्वर कहाँ पुग्छ । उन्को दार्शनिक सोच अनि महान बिचार देखेर उ निकै प्रभावित थियो ।
गुरुलाई सम्बोधन गरि, उ आफ्नो आउनुको कारण भन्छ । गुरु मुस्कान सहित आवश्यक प्रश्न सोध्न आदेश दिन्छन ।
राजन प्रश्न गर्छ;
-"गुरु के आत्मा साच्चिकै हुन्छ अनि के एस्को प्रमाण पनि छ ?"
-"राजन, यो विग्यानको जमाना हो । तथ्य अनि प्रमाणमा विश्वास गर्ने जमाना ।
तथापी हरेक कुरा प्रमाणको आधारमा हेर्न सकिन्न । आमाको सन्तान प्रतिको प्रेमको के प्रमाण छ र । केही एस्ता कुरा छन, जुन मनुश्यको सामान्य सोच पर छन । हाम्रा सिमित सोच पर छन । आत्मा तथा एस्को मानव शरीर सङ्गको सम्बन्ध अनि मृत्यु पछि एस्को अवस्थाको बारेमा १९औ शताब्दी एउटा प्रयोग गरिएको थियो । मृत्यु हुनै लागेको एक ब्यक्तीलाई तौल नाप्ने एक मापक यन्त्रमा सारियो । जब उस्को मृत्यु भयो, केही सेकेन्डमै उस्को तौल पहिलेको तुलनामा केही ग्रामले घट्यो । के त्यो घटेको तौल शरीर छोडेको आत्माको थियो ? सायद हो ! र सायद होइन पनि !
आत्मा तौलहिन तर शरीरको सबैभन्दा ठूलो शक्ति हो । अनि शक्ति न बन्नसक्छ न नष्ट हुन नै यो त बस सर्दछ एक अवस्थाबाट अर्को अवस्थामा । अझ तिम्रै भाषामा: 
"Energy can neither be created nor be destroyed, but can be transferred from one form to another.
यो नै तिम्ले बुझ्ने अनि तथ्यमा विश्वास गर्ने मनुश्यको लागि आत्माको जीवन सङ्गको सम्बन्ध हो ।" गुरु हास्दै जवाफ दिन्छ्न ।

राजन दङ्ग पर्दछ । गुरुजी कोहि साधारण हैनन, उ बुझिसक्छ । अनि फेरि सोध्छ:
-"गुरु, मृत्यु पश्चात् आत्मा कहाँ जान्छ ?"

-"मृत्यु त केवल प्राकृतिक अनि जीवित शरीरको आयुको नाम हो राजन । मृत्यु पश्चात् मृत्युलोकमा आत्माको बाँस हुन्छ ।
पहिले गर्भलोकमा थियौ हामी, अनि अहिले पृथ्वीलोकमा । यहाँबाट मृत्युलोकमा पुग्नेछौ अनि त्यसपछि बस कति औ लोक आउनेछन ।
 मनुष्य उपर कुनै ठूलो शक्ति छ कोहि भन्छन भगवान त कोहि अल्लाह । जस्ले हामिलाई जन्माउछ, मार्छ सारा सृष्टि चलाउछ राजन ।"

राजन थप उत्सुक हुँदै सोध्छ;
-"के आत्मालाई हामी जीवित प्राणीले पनि भेट्न सक्छौ ?"
- गुरु मुस्कुराउछन ।
-"गुरु, के यो सम्भब छ ?"
-"असम्भब छैन । बस, कठिन छ । कोहि कोहि त्यो कठिनतालाई असंभवताको नाम दिन्छन ।"
-"भनेपछी आत्मा भेट्न सकिन्छ, एहि पृथ्वीलोकमा गुरु ?"
-" कोहि कोहिमा जन्मजात छैठौ ग्यानिन्दृय हुन्छ । जसलाई बिग्यानको भाषामा Sixth sense भनिन्छ । पृथ्विलोकमा विभिन्न कारणले भट्किएका आत्मा देखिनु, ती आत्माले ब्यक्तीमा सकारात्मक तथा नकारात्मक असर समेत गर्न सक्छ ।"
-"अनि Sixth sense जन्माजात नभएकामा त गुरुजी ?"
-"अन्तरमनिय मृत्युलोकको यात्रा ।"
-" कस्तो यात्रा गुरु जी ।"
-" प्राय मानिसले असम्भब भन्ने यात्रा एहि हो । 
अन्तरमनिय मृत्युलोकको यात्रा । एस्कोलागि आध्यात्मिक तथा आत्मिय ग्यान अनि अचलनिय अनि एकीकृत ध्यानको भण्डार हुन आवश्यक छ । यो कुनै आदर्शको कुरा हैन, म स्वयम् एस्को जिउदो सबुत हु ।" गुरु मुस्कुराउछन ।
-"हजुर जिउदो रुपमै मृत्युलोकमा पुग्नु भा छ गुरु जी ?"
- गुरु जी मन्द मुस्कान जाड्छन । 
हरेक शव्द जुन गुरुका लवजबाट उत्पन्न हुन्छ्न सत्यबाणी झै गुन्जाएमान हुन्छन । राजन गुरुको पहिले देखि नै ठूलो प्रशम्सक अनि समर्थक थियो, यी अनेक वाणि जति सुन्न सजिलो थियो, ब्यबहारिक बन्न त्यतिनै जटिल । तरपनि गुरुको आत्मविश्वास अनि अध्यात्मबादको ग्यानले राजन निकै प्रभावित भयो ।
उ आत्मा तथा जीवन, अनि आध्यात्मिक चिन्तन सम्बन्धी थप खोज गर्दै थियो । आश्रममा यी बिषयको अनेक पुस्तक पढ्न थाल्यो । राजन बिस्तारै गुरु सङ्ग नजिकीदै थियो । 
उस्को ध्यान मनोविज्ञान भन्दा मनोध्यान तर्फ बढ्दै थियो । सिमा अनि गुरु, उस्का बस दुईटा प्राथमिकता थिए ।

गुरुपनि राजनलाई आफ्नो चेला जसरी सम्पुर्ण ग्यान बाड्दथे । "ग्यान जति बाड्यो उति बढ्छ " गुरुजी सदैब यो बिचार भन्ने अनि ब्यबहारमा देखाउने ब्यक्ती हुनुहुन्थ्यो ।
अर्को तर्फ गुरु जी बुझ्दै हुनुन्थ्यो, मात्र रिसर्चको लागि कोहि ब्यक्ती एतिको रुपमा लाग्दैन । गुरुजी एकदिन प्रश्नोत्तरको शृङ्खला बिच राजनलाई उस्को यो विषयप्रती को लगाबको वास्तविक कारण सोध्छन ।
झुट बोल्नु त्यसमाथी आफ्नै सर्वोत्तम महान गुरुजी अघि, यो राजनको वसमा थिएन । उ आफ्नो अनि सिमाको प्रेम बारे भन्छ, पहिलो भेट बारे भन्छ, सिमाको रोग अनि अब बाकि प्राक्रुतिक आयु बारे भन्छ ।
राजन थप्छ..
"..... यो प्रेमको आयु केवल तीन वर्ष हैन गुरु जी । लाग्छ म उस्लाई सयौ बर्ष देखि जान्दछु, र यो प्रेम थप सयौ वर्ष सम्म जानेछ ।" राजन भावुक हुँदै भन्छ ।
गुरु मुस्काउदै भन्छन:
"करोडौमा एक हुन्छन, जो सोच अनि अचलनिय दृढतामा अडिग हुन्छन । यो तिम्रो प्रेम प्रतीको लगाबमा नै म तिम्रो ध्यान अनि अध्यात्मवाद प्रतीको चिन्तन देख्छु । तिमी अध्यात्मबादको नया पाठ कोर्ने छौ राजन ।"
- राजनमा केही सन्तुष्टि छाउछ ।

सिमालाई राजनको अध्यात्म शिक्षा बारे बुझ्न केही दिन मात्र लागेथ्यो । आखिर दुबै प्रेममा जो थिए, अनि दुबै मनोविग्यानको विधार्थी ।
सिमा हजार बार सोध्थी," किन गर्दैछौ तिमी एस्तो ?"
उन्को हजार प्रश्नको
 एउटै जवाफ राजन सङ्ग, 
भन्थ्यो," तिमी अनि मात्र तिमी !"
सिमा जति सम्झाउन खोज्थी, राजन हास्दै जवाफ दिन्थ्यो । उस्को शिक्षामा मात्र नभै व्यवहारमा पनि गुरुजी हावी हुँदै हुनुहुन्थ्यो ।

समय बित्दै गयो । प्रकृति मुहार बदल्दै कहिले हरियाली त कहिले पतझर हुँदै वर्षौ-वर्ष पछि धकिलेदै थियो । साढे दुई वर्ष बित्छ ।
सिमा अनि राजन दुबैको पढाइ रोकिदै चल्दै थियो । बस नामको मात्र पढाइ चल्दै थियो ।

सिमाको क्यान्सरको symptom थप सिरियस हुदै थियो । केबल केही ब्यक्तीलाई थाहा भएको सत्य अहिले प्राय सबैलाई थाहा थियो ।
कहिले अस्पताल त कहिले घर । राजन दिउँसो प्राय सिमा सङ्ग हुन्थ्यो अनि साझ अनि बेलुका आश्रममा । उ प्राय ध्यानमा लिप्त हुन्थ्यो । उस्मा प्राय गुरुजीका गुणहरु सरेका छन । सामान्य भेष, सामान्य ब्यबहार, हसमुख बोलिचाली । लाग्थ्यो उस्मा गुरुजी को नया जन्म भएको छ ।
 घर परिवार राजन बारे निकै चिन्तित थिए । उस्का आदर्श अनि चिल्ला बिचार सुनी बाआमा दङ्ग थिए । भएको एक्लो दाइ अनेक गाली गर्छ, मारौला झै गर्छ तर भाइको मुस्कान अघि पराजीत हुन्छ ।
राजन परिवारसङ्ग भन्छ," को सहि को गलत । म सामान्य पहिरन भिर्छु, चिन्तन गर्छु, हरेक कुरामा हासो दर्साउछु, मानवताको कुरा गर्छु त म भिन्न अनि गलत कसरी ? के म पागल भए ?" राजन मुस्काउछ ।
******************

साझको ९ बजेको छ ! आफ्नो कक्षमा सामान्य भोजन गरेर राजन ध्यानमा बसेको छ । आश्रममा शान्ती छ । गुरुजी हरु ध्यान अनि आराममा हराएका छन । कयौ पटक आत्मिय ध्यान उस्का बिफल भएका छन। आज उ थप दृढ भएको छ । उ गुरुको वचन सम्झन्छ," मृत्युलोकमा केवल कोहि एस्ता आत्मालाई मात्र भेट्न सकिन्छ जस्मा तिम्रो सच्चा अनि सुद्द प्रेम हुन्छ ।" 
आज उस्लाई यो ध्यान सफल पार्नु छ ।
केही समय उ अनेक जप गर्छ, "ॐ" स्तुति गर्छ ।
वर्षौ देखिका सारा ग्यानको प्रयोग गर्दैछ । उ बिस्तारै हराउदैछ । ध्यानमा लिप्त हुँदै छ,
अन्तर्मनिय मृत्युलोकको यात्रामा । उ केही समय अघि बितेका हजुरबुबाको खोजमा निस्केको छ । 
 
(मृत्युलोकमा)
उ चलिरहेछ, लाग्छ उ उडिरहेछ । वरिपरि अँध्यारो छ, अनि बिचमा कुनै ज्योती । लाग्छ उ कुनै टनेल भित्रबाट कहि जादैछ । उ आफूलाई देख्न सक्दैन बस लगातार ज्वलन्त बस्तु तर्फ दौडदै छ । तथापी न उस्को खुट्टा दुख्दैछ न उस्को श्वासको गति नै बढ्दैछ । वास्तवमा उ आफूमै केही फील गर्न सक्दैन ।
उ अन्त्यमा, त्यो टनेल बाट बाहिर पुग्छ । ठाउँ पूरा प्रकाशमान छ । लाग्छ उ वादलमाथी हिडिरहेछ, उ बादलमाथी तैरिरहेछ । सायद यो तौलहिन अन्तरमनिय यात्राको असर होला । ठाउँ सुनसान छ । दुर कोहि ब्यक्ती देख्छ । उ नजिक पुग्छ, त्यो ब्यक्ती भागिसकेको हुन्छ ।
 उ अझ लगातार चलिरहन्छ । बल्ल अनेक ब्यक्तीहरुको हुल प्रष्ट देख्दछ । उ अनुहार हेर्छ तर प्रश्ट देख्दैन । हरेक मानिस अनेक कुरा गरिरहेछन । उ कुरा सुन्न खोझ्छ तर केही
बुझ्दैन । वरिपरि कोलाहल छ । सामुन्ने कुनै दरवार जस्तो महल छ । सबै मानिस बोलिरहेछन, एक ब्यक्ती टोलाएर सिढिमा बसिरहेछ । राजन त्यो ब्यक्ती नजिक जान्छ। त्यो ब्यक्ती राजन तर्फ हेर्छ ।
-" हजुरबुबा ?" राजन अचम्म मान्दै बोल्छ ।
- त्यो ब्यक्ती दङ्ग पर्छ । एकछिन टोलाएपछि उ राजनलाई अङ्गाल्छ । अनि भावुक हुँदै बोल्छ ।
-" नाति तं एति छिटै एहा । हे दैब, एति सानो बालक माथी पनि दया गरेनौ ।" बुढा निरास हुन्छन ।
-" हजुरबुबा म मरेको छैन । म मरेको छैन ।" राजन कुरा बुझाउन खोज्छ ।
 बुढाबा नातिको कुराले दङ्ग पर्छन । नाति हजुरबुबा बिच लामो समय भलाकुसारी चल्छ ।
 उ सारा कुरा हजुरबा लाई भन्छ: परिवार, सिमा, आश्रम, गुरुजी । बुढा नातिको प्रगती देखेर हर्शित हुन्छन । लामो समय कुरा गरी अन्त्यमा, उ बिदा मागि फर्किन लाग्छ ।
त्यो मृत्युलोकको सन्सार बिस्तारै धमिलिदै जान्छ । राजन पृथ्विलोकमा पुन जन्मिन्छ । बस त्यो जन्ममा उ मृत्युलोकको याद सङ्गालेर आइपुग्छ । के यो सपना थियो, या कुनै भ्रम ? गुरु जीलाई उ सारा बृत्तान्त सुनाउँछ । ध्यान सङ्गै उ पुगेको ठाउँ बारे बताउछ । गुरुजी राजनको कुराले निकै हर्षित हुन्छन र त्येस्तो अचल ध्यानको लागि बधाइ दिन्छन ।
-".....जीवनकालमै मृत्यु लोकमा पुग्ने अवसर करोडौमा एकको हुन्छ ! बधाइ छ राजन, यो सब तिम्रो ध्यान अनि साधना , तिम्रो लगनको प्रतीफल हो ।"
- राजन आफू प्रती निकै गौरम्भाबित थियो । उस्ले आफ्नो प्रेमको नया प्रकाश जो पाएथ्यो ।

सिमाको अवस्थामा कहिले सुधार आउथ्यो त कहिले निकै भयाभय तरिकाले बिग्रन्थ्यो । 
उस्को जीवनलाई क्यान्सरको फाइनल स्टेजले बिस्तारै गाल्दै थियो । असर अलि कम भएको एक दिन उ जसो तसो राजनको कोठामा जान जिद्द गर्दै थि । उस्को चाहनामा नाइ नास्ती गर्ने न सिमाको परिवारको सामर्थ्य थियो, न स्वयम् राजनको ।
कोठाको सिलिङमा पङ्खा लगातार हावा प्रवाह गराइरहेछ । सिमा राजनलाई सम्झाउदै छे,
-" तिमी सङ्ग पूरा उमेर छ राजन, मेरो सट्टा पनि अब तिमिले बाच्नु छ । म भन्दा बढी माया कसैलाई दिनु छ । परिवारलाई शृङ्गार्नु छ ।
यी अनेक ध्यान, तपस्या अहिलेको २१औ शताब्दीम सुहाउने कुरा होइन राजन ।"
-" के तिमी माथी गएसी मलाई कुर्छौ ?" राजन कुरा छलेर सन्दर्भ चेन्ज गर्छ ।
-" अफ कोर्स कुर्छु । मेरो स्वर्गको राजकुमार !" दुबै हास्छन ।
-" हाम्रो माया अतृप्त छ सिमा । जति कुरा गरेनी सिद्दिदैन है ।"
- सिमा हासेझै गर्छे, केही बोल्दिन । उ टाउकोमा हात राखेर ढल्छे । राजन आत्तिन्छ । उ डराउदै चिच्याउछ । सिमा शान्त छे । बन्द आँखा सिमाका तर पनि आँसु बगिरहेछ त्यहाबाट । राजन सम्हाल्न सक्दैन, प्राण भन्दा प्यारो मान्छे उस्कै काखमा निदाउदै छे, राजनको सारा प्रेम आँसु बनी तपतप खस्दैछन सिमामाथी । उ असमर्थ छ सिमालाई ब्युझाउन ।
***********************
अहिलेको माहोल

राजन चुप छ । जमिनमा बसि भित्तामा अडेसिएको छ । आखामा चस्मा अनि चस्मा तल गालामा आँसु सुकेका डोबहरु छन उस्का । पङ्खा लगातार हावा प्रवाह गरिरहेछ । टेवलमा राखिएको पुस्तकको पाना पल्टिएको आवाज लगातार आइरहेछ । उ शान्त बाहिरी रुपमा छ तर मनोभावना उस्का मनमस्तिष्क भित्रै बादबिबाद गर्दै छन । उ अनेक प्रश्न सोध्छ, दुखित हुन्छ अनि फेरि आफैलाई सम्हाल्छ । 
उ हस्पिटल, अनि सारा घरपरिवारमा कल गर्छ । सिमाको मृत्यु भएको छ ।

************-*-

मृत्यु भएको रात राजन hospital अनि देहसन्सकार सहयोगमा बिजि हुन्छ ।
मृत्युको दोस्रो रात उ आश्रम कक्षमा शान्त छ । उस्ले ठानिसक्यो कहि पुग्ने ।
शरीर छोडेर कहि दुर, अनि अनिश्चततामामा डुब्ने । कोठा बन्द छ । सजिलो थिएन कसैको निम्ति सम्पुर्ण नाता तोड्न अनि सन्सार छोड्न, तर सायद यहि लेखिएको थियो अनि येहि हुनु थियो ।
सानो पत्र लेख्छ परिवारको निम्ति:

बाआमा,
मलाई थाहा छ हजुर दुखित हुनुहुनेछ । जब सम्म यो पत्र हजुरको हातमा पर्नेछ सायद म कहि दुर पुगिसकेको हुनेछु । तर म तपाईंको ममताको कदर नगर्ने सन्तान हैन आमा, वस मेरो यात्रा कहि दुर छ ।
केही नया कुराको खोजको निम्ति निस्कदै छु, नाम प्रेमकै किन नहोस तर कहि पुग्न कहि छोड्नै पर्छ ।
यो आत्महत्या हैन आमा ! आत्मास्थानान्तरण हो !
आत्माखोज हो । हेर्नेछु यो मेरो यात्रा कति दुर पुग्नेछु । आफूलाई सम्हाल्नुहोला, म आत्मखुशी साथ जाँदै छु, न कुनै पीडा नै हुनेछ मलाइ । धेरै लेख्दिन, वस---आमा म सधै तपाईं साथ छु ।

उ ध्यान मग्न छ । उस्मा दृढ सङ्कल्प छ । दुई वर्ष देखिको लगातार ग्यान अनि ध्यान बस एहि क्षणको लागि सम्हालेको थियो उस्ले, अब पोखिने समय आएको छ ।
ती अनेक ध्यान, साधना, स्तुति, निश्चल प्रेम बस एक ब्यक्तीको लागि -सिमा ।

(मृत्युलोकमा)
उ बिलिन हुदैछ । तनको दृष्टि बन्द उस्का, मनको दृष्टि मृत्युलोकमा पुग्छ । 
अगाडि पहिलेकै जस्तो महल छ, सामुन्ने ठूलो गेट । 
उ अगाडि अनेकौ मानिस जस्ता आकृती छन अनि कोलाहल पहिले जस्तै । अनि त्यो कोलाहलको बिच उ सिमालाई सजिलै भेट्छ ।
पहिले हजुरबालाई भेटेकै स्थानमा सिमा बसेकी छे। सिमा सायद केही सोची सोची टोलाइरहेकि छे । राजन सिमा नजिक पुग्छ । 
राजन बोल्छ - "सिमा"
-सिमा नजर घुमाउछे ।
दुबैको नजर जुध्छ । त्यो कोलाहल माहोल मानौ एक्कासी शान्त भएको छ । सिमा दङ्ग छे । राजन हर्शित छ । 
सिमा डराए झै गर्छे । सायद डरले, पाइला पछि सार्छे ।
राजन आँखा भरी आँसु टिलपिलाइ बोल्छ," तिम्रो स्वर्गको राजकुमार आयो, सिमा ।"
सिमा आँसु थाम्न सक्दिन । तौलहिन आत्माको तौलहिन आँसु सायद मायाले भरिएर झर्दैछ 💕 ।
उ दौडिन्छे, मानौ कि बादल माथी मिल्दैछन दुई प्रेमी । अनि अङ्गालिदैछन, सन्सार छोडी कुनै अर्कै दुनियामा । त्यो मिलन नया थियो, नवीन थियो, अदभूत थियो ।
त्यो 💕आत्मिय मिलन💕 थियो ।
सिमा भावुक हुँदै भन्छे," बस मेरो लागि छोड्यौ तेति ठुलो सन्सार ।"
-"सायद यहि थियो हाम्रो भाग्य नत्र आत्मियता एति गाढा हुने थिएन सिमा । गर्भमा रहुन्जेल त्यो आमाको पेटनै हाम्रो सन्सार । जब जन्मिन्छौ देखेको पृथ्वीनै हाम्रो सन्सार । आज यो बादलमाथी, यो लोकमा जन्मियौ हामी । अब यहाँ बाट चाहे जता जाउ, चाहे जति नै लोक आउन ..बस तिमी सङ्गै रहनेछु सिमा ।"
ती दुई जोडि बाधिदै अङ्गालोमा हराउदै छन झिस्मिसे बादलसङ्गै त्यो अर्कै सन्सारमा.......💕💕

(पृथ्वीलोकमा)
भोलिपल्ट
आश्रममा राजनको कक्षको ढोका बन्द छ ।
वरपरका मान्छेहरुलाई लाग्यो सायद राजन सब्बेरै कहि निस्किएछ । रात पर्छ, राजन आश्रम फर्कदैन ।

फेरि अर्को बिहानी, राजनको कोठा अझै बन्द छ । गुरुजी स्वयम चिन्तित हुनुहुन्छ । कोठामा छिर्न खोज्नुहुन्छ, कोठा भित्र बाट लगाइएको छ । सहयोगको लागि अन्य साथीहरुलाई बोलाउनुहुन्छ । कोठा अघि मान्छेहरुको भिड बढ्दै छ । उपाय नलागेपछी सबै मिलेर ढोका तोड्छन ।
कोठाको बिचमा राजन चुप छ, सास त चल्दै छ तरपनि तेतिको कोलाहल बिच उ बेखबर छ । उ गहिरो ध्यानमा छ, उ अर्कै दुनियामा छ । ओठमा उस्को मसिनो मुस्कान छ, सायद मिलनको मुस्कान ।
अनेकौ उपाय लगाइन्छ ब्युउझाउने तर उ चुप छ । घरपरिवारलाई खबर गरी हस्पिटल पुर्याइन्छ । अनेकौ Vaccine अनि मेडिसिनको प्रयोगको बाबजुत उ चुप छ । मानौ उ कुनै कोमा(Coma)को स्थितीमा पुगेको छ । बस त्यो कोमा आफू खुशी सृजित थियो ।
धड्कन बिस्तारै सेलाउदै छ, मधुरिदै छ ।
सास उस्का मसिनीदैछ, छोट्टिदैछ । तथापी त्यो मुस्कान उस्को ओठबाट हटेकै छैन ।
केही अदभूत, केही पृथक बनी उ हराउदैथियो यो पृथ्वीलोकबाट...... ...💕💕💕💕

। समाप्त ।

लेखक/ रचनाकार- सौगात बोलखे