के वैदिक तथा पौराणिक कालमा पनि आजकल सुनिने गे, लेस्वियन, वाई-सेक्सुवल तथा ट्रान्स्जेन्डर मानिस थिए त? शायद !

Sunil Babu Pant
Aug 22, 2017 · 3 min read

समलिङ्गि शब्द पुरानो शब्द होइन, यो अंग्रेजी शब्द homosexual (होमोसेक्सुअल) को अनुवाद मात्र हो। योरोप र अमेरिकामा समलिङ्गि अधिकारको अभियान १९ औं सताव्दिको अन्ततिर सुरु भए संगै यो शब्द ‘homosexual (होमोसेक्सुअल)’ पनि प्रचलनमा आउन थाल्यो र दक्षिण एसियामा यसै शब्दको अनुवाद “समलिंङ्गि” शब्दको प्रयोग हुन थालेको त ५०-६० बर्ष अघि देखि मत्र हो। शास्त्रहरुमा र पुरानो जमानामा धेरै प्रयोगहुने शब्द भनेको: “तृतिय प्रकृतिको व्यक्ति” हो। यहि “तृतिय-प्रकृति” शब्दवाट तेस्रो लिङ्गि शब्द आएको हो, जसरि पुम्शक-प्रकृति वाट पुरुष र स्त्री-प्रकृति वाट स्त्री वा महिला शब्दहरु बने। यसको मतलव के आज भनिएका समलिङ्गिहरु पहिला पहिला हुदैन थे त? हुन्थे, तर सवैखाले (आजकल छुट्टयाएर भन्ने गरिएका समलिङ्गि, तेस्रोलिङ्गि, अन्तरलिङ्गि अथवा गे, लेस्वियन र वाई-सेक्सुवल) व्यक्तिहरुलाई तृतिय-प्रकृतिको शब्दले समेट्थ्यो अर्थात तेस्रोलिङ्गि भने पछि सबै अटाउंथे।

योरोप र अमेरिका जस्ता पश्चिमा संस्कृतिमा यौनिकता (sexuality) लाई वडि महत्व दिइने भएकाले त्यता यौनिकताका आधारमा बनेका पहिचानहरु सजिलै प्रचलनमा आए र स्थापित पनि भए जस्तै:गे, लेस्वियन र वाई-सेक्सुवल। तर एशियामा भने लैङ्गिक भुमिका (gender role) लाई वडि महत्व दिइने भएकाले लैङ्गिकताका आधारमा बनेका पहिचानहरु प्रचलनमा आए र स्थापित भए। त्यसैले, उदाहरणका लागि गे, लेस्वियन वा वाईसेक्सुवल शब्दहरु हाम्रा पौराणिक साहित्यमा भेटिदैनन्, तापनि यिनका “जवरजस्ति” अनुवाद गरेर आककल पुरुष-समलिङ्गि, महिला-समलिङ्गि र दुइलिङ्गि भन्ने गरिएको छ। त्यस्तै “तृतिय प्रकृति” वा “तेस्रो-लिङ्गि” शब्दको पनि पश्चिमा भाषामा ठेट अनुवाद पाईदैन।

आउनुहोस् वैदिक, पौराणिक कालमा हिन्दु, बौद्द र जैन धर्म शास्त्रहरुमा चलेका वा उल्लेख भएका “तृतिय प्रकृति” भित्र पर्ने विविध शव्दहरु, तिनका भिन्नतालाई हेरौं:

स्वैरिणी: काम-शुत्र शास्त्रको “तृतिय प्रकृति” शिर्षक अन्तरगत आउने शव्दहरु मध्ये “पुरुषेइता’ भन्ने शब्दले जिद्दि (अथवा माथि पर्नु पर्ने) स्वभावका महिलाहरुलाई जनाउंछ। त्यस्तै “स्वैरिणी” शब्दले (पुरुष विना वांच्न रुचाउने वा सक्ने) स्वतन्त्र महिलालाई जनाउंछ। यस्ता महिलाहरु “श्रीमान्” नरुचाउने, आफ्नो जिविकोपार्जन आफै गर्ने, एक्लै वस्ने वा अन्य महिलासंग बिबाह गरेर बस्ने व्यक्तिका रुपमा चिनिन्छन्। यस्ता “स्वैरिणी”हरुका विविध यौन व्यबहार र रुचिका वारेमा काम-शुत्रमा विस्तारमा उल्लेख गरेको पाइन्छ। त्यस्तै वच्चा नपाउने (वा पाउन नसक्ने)महिलाहरुलाई “नास्त्रीय” भनेर उल्लेख गरेको पाइन्छ। यस्ता सवै खाले (महिला भएर जन्मेका) तेस्रोलिङ्गिहरु समाज र राज्य संयन्त्रमा सरकारी नोकरि वा ब्यापार वा खेति-किसानि वा मनोरञ्जन वा देह व्यपार लगायतका पेशा अपनाउने वा सन्यास लिएर योगिनी बनेको भनेर पनि उल्लेख छ।

क्लिब: यस्तो (पुरुष भएर जन्मेको) तेस्रो लिङ्गि जो महिलासंग यौन संबन्ध राख्न असक्षम छ(अथवा बिल्कुलै अरुचि राख्छ) लाई जनाउंछ। यस्ता व्यक्तिहरु अन्य परुष प्रति आकर्षण हुने र पुरुषसंगकै यौन संबन्धवाट सन्तुष्टि लिन सक्ने भनेर उल्लेख गरिएको छ। र यिनिहरूमा अलि अलि स्त्री स्वभाव पनि झल्लकने गर्दछ भनिएको छ।

शाण्ड: पुरुष भएर जन्मेको भएता पनि स्त्रीको भेषमा बस्ने तेस्रोलिङ्गिलाई जनाउंछ। र ऊनीहरु आफूलाई महिला नै भएको विश्वास गर्दछन् अथवा आत्मा महिलाको भएको ठान्दछन्। यीनै खाले तेस्रो लिङ्गिहरुनै हुन जो मध्ये धेरैले हिजो-अाज सम्म पनि आफ्नो लिङ्ग काटेर “हिजडा’ समूदायमा प्रवेश गर्दछन्।

नपुम्शक: पुरुष भएर जन्मेको व्यक्ति भएता पनि जस्को विर्य बन्दैन र सन्तान उत्पादन केहि गरे पनि हुनै सक्दैन त्यस्तो ब्यक्तिलाई नपुम्शक भनिएको छ। अथवा (महिला वा पुरुषको मध्ये कुनै पनि खाले) यौनांग अविकषित व्यक्तिलाई पनि नपुम्शक भनिएको छ।यस्ता व्यक्तिहरुलाई वौद्ध तथा जैन धर्म शास्त्रमा पंड भनेर उल्लेख गरिएको छ।

कामी: काम-शुत्रका अनुसार यस्तो पुरुष जो अन्य परुष, महिला र तेस्रो लिङ्गि सवैसंग यौन संबन्ध राख्न रुचाऊंछ, त्यस्तो व्यक्तिलाई कामी भनिएको छ।

कामीनी: यस्ती महिला जो अन्य परुष, महिला र तेस्रो लिङ्गि सवैसंग यौन संबन्ध राख्न रुचाऊंछे, त्यस्तो व्यक्तिलाई कामीनी भनिएको छ।

पाश्चात्य संस्कृति बढि रुचाउने र त्यसैलाई मापदण्ड मान्ने बड्दो प्रवृतिले नेपाल लगायत अन्य दक्षिण एसियाई मुलुकहरुमा यी “वैदिक र पौेराणिक पहिचान”मा भन्दा आफूलाई “गे, लेस्वियन, वाई-सेक्सुवल तथा ट्रान्स्जेन्डर” भनेर चिनाउनमा गर्व गर्नेहरुको संख्या निकै वड्दो छ।

)
Welcome to a place where words matter. On Medium, smart voices and original ideas take center stage - with no ads in sight. Watch
Follow all the topics you care about, and we’ll deliver the best stories for you to your homepage and inbox. Explore
Get unlimited access to the best stories on Medium — and support writers while you’re at it. Just $5/month. Upgrade