तेस्रोलिङ्गि (वा समलिङ्गि)का वारेमा हिन्दु धर्म शास्त्रहरु के भन्छन्?

Sunil Babu Pant
Jul 21, 2017 · 4 min read

समलिङ्गि शब्द पुरानो शब्द होइन, यो अंग्रेजी शब्द homosexual (होमोसेक्सुअल) को अनुवाद मात्र हो। योरोप र अमेरिकामा समलिङ्गि अधिकारको अभियान १९ औं सताव्दिको अन्ततिर सुरु भए संगै यो शब्द ‘homosexual (होमोसेक्सुअल)’ पनि प्रचलनमा आउन थाल्यो र दक्षिण एसियामा यसै शब्दको अनुवाद “समलिंङ्गि” शब्दको प्रयोग हुन थालेको त ५०-६० बर्ष अघि देखि मत्र हो। शास्त्रहरुमा र पुरानो जमानामा प्रयोगहुने शब्दहरु भनेको: तृतिय प्रकृति, नपुम्सक, क्लिव, पण्डक, किन्नर आदि हुन। यहि तृतिय-प्रकृति शब्दवाट तेस्रो लिङ्गि शब्द आएको हो, जसरि पुम्सक-प्रकृति वाट पुरुष र स्त्री-प्रकृति वाट महिला शब्दहरु बने। यसको मतलव के आज भनिएका समलिङ्गिहरु पहिला पहिला हुदैन थे त? हुन्थे, तर सवैखाले (आजकल छुट्टयाएर भन्ने गरिएका समलिङ्गि, तेस्रोलिङ्गि, अन्तरलिङ्गि) व्यक्तिहरुलाई तृतिय-प्रकृतिको शब्दले समेट्थ्यो अर्थात तेस्रोलिङ्गि भने पछि सबै अटाउंथे।

वेदहरुमा अग्नि देवताको ऊल्लेख पाईन्छ जो दुई महिलाहरुको सम्बन्धवाट मात्र जन्मेका हुन। रामयणमा पनि राजा भगिरथको जन्म पनि दुई रानीहरुको सम्बन्धवाट भएको भन्ने उल्लेख छ।

पार्वतिलाई खुसि पार्न भगवान शिवको अर्धनारेश्वरको रुप धारण

पुराणहरुमा देवताहरुले आफ्लो लैङ्गिकता परिवर्तन गरेको कथाहरु थुप्रै छन्। हरेक देवताका महिला ‘शक्ति’ रुप पनि छन्, जस्तै विनायकको स्त्रि-शक्ति रुप विनायिकी, वराहको स्त्रि-शक्ति रुप वाराही, शिवले पार्वतिलाई खुसि पार्न अर्धनारेश्वरको रुप धारण गर्नु आदि। कृष्णको रास-लिलामा भागलिन अरु पुरुषहरुले नपाउने भएपछि शिवले गोपेश्वरीको रुप धारण गरेको कुरा माहाभारतमा पढ्न पाईन्छ। त्यस्तै जव देवी “काली” ले कृष्णको रुप धारण गर्छिन्, शिवले पनि राधा बनेको भनेर ‘बाउल’ परम्परा अनुसारका (बाउल संस्कृति बङ्गालको देहाति भागमा पाईन्छ, जो तन्त्र, सुफि, वैष्णव र बौद्ध परम्पराको मिश्रित परम्परा मानिन्छ) लोक कथाहरु आज सम्म चलेका छन्। भगवान विष्णुले समुद्र मन्थन पछि उत्पन्न अमृत राक्षशहरुको हातवाट लिई देवताहरुमामात्र वांड्नकोलागि मोहिनी रुप धारण गरेको कथा त धेरैले सुनेकै हो। यहि मोहिनी माथि फेरि भगवान शिव समेत मोहित भएर हरिहर पुत्र जन्मेको कथा पनि कम रोचक छैन। तुलशिदासको राम-चरित-मानस मा भगवान राम भन्नु हुन्छ: “म सवै प्राणिहरुमा समान प्रेम गर्छु चाहे त्यो अचर(रुख-विरुवा) होस्, चाहे त्यो चर(जनावर) होस्, चाहे पुरुष, महिला वा नपुम्सकहरु नै किन नहुन, जो आफ्नो अहङ्कार त्यागेर मेरो शरणमा आउछन्।”

आयूर्वेद लगायत शुश्रुत संहिताको मान्यता अनुसार जव महिला र पुरुषको मिलन हुन्छ, पुरुषको सेतो वीज र महिलाको रातो रक्त-वीजको अनुपातमा गर्भ बस्ने सन्तानको लैङ्गिकता र यौनिकता निर्धारण हुन्छ भनेर। पुरुषको सेतो वीज शक्तिशालि भए छोरा जन्म हुने, महिलाको रातो रक्त-वीज शक्तिशालि भए छोरी जन्म हुने र पुरुष र मिहिलाको वीज समान भए तेस्रोलिङ्गि (क्लिव, नपुम्सक वा किन्नर पनि भन्ने गरिन्छ) को जन्म हुने विश्वास गरिएको छ। संस्कृतमा लेखिएका ज्योतिषशास्त्र, संगितशास्त्र र शिल्पशास्त्रका अनुसार तीन लिङ्ग हमेशा उल्लख गरेको पाईन्छ: पुम्सकलिङ्गि, स्त्रिलिङ्गि र नपुम्सकलिङ्गि। त्यसैले यी तत्थ्यहरुलाई मनोबैज्ञानिकरुप मा लिने गरिएको छ नकि मनोरोग।धर्म शास्त्रहरुलाई पृष्ठभूमिका आधारमा हेरिनु पर्ने हुन्छ। यी शास्त्रहरु मनिसको राम्रो व्यबाहर कस्तो हुनु पर्छ भन्ने अनुमानका आधारमा ऊ जमानामा लेखिएका हुन्। त्यसैले यस्ता शास्त्रहरु प्राय “कथित-उच्च-जातिका” मनिसले के के गर्न हन्छ र हुन्न भन्नेमा केन्द्रित रहेको पाइन्छ, तेस्रोलिङ्गि र “कथित-तल्लो-जातिका” मनिसले के के गर्न हुन्छ र हुन्न भन्नेमा खासै वोलेको पाइन्न। माहाभारत-रामायण लेखिए-ताका ब्राह्मणहरुदवारा रचित अधिकाम्स यस्ता धर्म शास्त्रहरुमा अ-योनि सम्वन्धलाई समेत हल्का र सामन्य-जस्तै रुपमा लिइएको पाइन्छ। यसमा परुष-पुरुष विचमा हुने वा महिला-महिला विचमा हुने मैथुन मात्र नभई महिला-पुरुष विच हुने मुख वा गुदा मैथुन पनि पर्दछन्।

कौटिल्यको अर्थशास्त्रमा कुनै पुरुष-पुरुष विचको मैथुन भए सामन्य दन्ड, जस्तै अरुको वगैचाको आंप चोरि गरे वरावरको, ब्यबसथा छ भने त्यहि मैथुन महिला-महिलाले गरे दण्ड तुलनात्मक रुपमा वढि ब्यबसथा गरिएको छ। मनुस्मृतीमा पुरुष-पुरुष विचको समलिङ्गि सम्वन्धलाई, एक पुरुषले मासिक धर्म भएकि महिला संग यौन सम्वन्ध गरे वरावर वा दिनको उज्यालोमा विपरितलिङ्गि यौन सम्वन्ध गरे वरावर मानिएको छ र दण्ड स्वरुप आफूलाई चोख्याउनु पर्ने भनिएको छ: बस्त्र-सहित स्नान गर्ने, एकरात भोको बस्ने वा गाईको गंउत पिउने। यसरी चोख्याउन असफल भए तल्लो जातमा झर्ने कुरा उल्लेख छ। (यी सवै करालाई हुवहु मान्ने हो भने त “कथित उपल्लो जात” का मनिसहरु आज दुनियामा भेट्नै मुस्किल हुन्छ।) तर विपरितलिङ्गि सम्बन्ध नै भएपनि अबिबाहित कुमारी कन्यासंगको सम्वन्ध वा कुनै स्त्रिको वलात्कार भएमा त्यसको निकै कडा दण्ड र सुद्धिकरणको व्यवस्था गरिएको छ।

वात्स्यायन-रीषिको काम-शुत्रमा भने विपरित लिङ्गि जस्तै तेस्रोलिङ्गि वा समलिङ्गि सम्वन्ध (योनि र अ-योनि) वाट पनि भरपुर आनन्दका उठाउन सकिने र विभिन्न प्रकारका (मुख, गुदा तथा योनि) मैथुन गर्ने तरिकाहरुको विस्तारमा चित्र सहित उल्लेख गरेको पाइन्छ।

यस्ता धर्म शास्त्रहरुले विवाह र सन्तान उत्पादनका लगि विपरितलिङ्गि संबन्धको महत्व दर्शाएता पनि महिला, पुरुष लगायत तेस्रोलिङ्गिहरुको अस्थित्वलाई स्विकार गरेका छन्, त्यस्तै विपरित लिङ्गि सम्बन्ध जस्तै समलिङ्गि संवन्धको पनि उल्लेख पाइन्छ।

हिन्दु शास्त्रको मात्र महत्व छैन नेपालमा, वुध्द धर्मले त भिक्षु साथै भिक्षुणीहरुले ब्रम्हचर्य-वास (celibate) बस्नु पर्ने नियम बनाएको छ। विपरितलिङ्गि वा समलिङ्गि, जुन सुकै सम्वन्ध भएता पनि यस्ता कामनाहरु आध्यात्मि मार्गका-वाधा भनिएको छ। बुद्धका समकालिन अर्काथरी पुराना दर्शन मान्नेहरु जस्लाई चरवाक या चार्वाक पनि भनिन्छ, जो भौतिकवादमा विश्वास गर्दथे, जिवित प्राणिहरुको आन्तरिक स्वाभावलाई दवाउने नभइ सम्मान गर्ने र आनन्द-लिनु पर्ने धारणा राख्दथे। ऊनीहरु सवै खाले यौन सम्वन्धलाई मान्यता दिन्थे। चरवाक या चार्वाक को अाज सम्म पनि प्रसिद्ध सिद्धानत छ: ‘यदा जीवेत सुखं जीवेत, ऋण कृत्वा, घृतं पीवेत’ (जब सम्म वांच्छौ सुख संग वांच, रिण गरेर पनि घिऊ खाऊ )

त्यसैले नेपाल र भारतमा विविध, सामान्यतया स्वतन्त्र र भिन्न खाले सोचहरु थिए सबै खाले लैङ्गिकता र यौनिकताका वारेमा। यति मात्र हो कि आशक्ति(addiction) नहोस्, लिप्तहुने (attachment) प्रवृति नहोस् भन्ने खालको खवरदार गराउने काम चै हुन्थ्यो, सवैखाले लिङ्गिहरु र यौनिकता भएका मानिसहरुलाई।

)
Welcome to a place where words matter. On Medium, smart voices and original ideas take center stage - with no ads in sight. Watch
Follow all the topics you care about, and we’ll deliver the best stories for you to your homepage and inbox. Explore
Get unlimited access to the best stories on Medium — and support writers while you’re at it. Just $5/month. Upgrade