सरस्वतीको बारेमा गलत बुझाई…

Sunil Babu Pant
Aug 8, 2017 · 3 min read

अधिकांश हिंदुहरुले सरस्वतीलाई व्यावसायिक तालिममा मात्र सिमित राखेका छन् — जो तपाईं स्कुलमा केहि सिक्नु हुन्छ, जागिर पाइएला कि भनेर। सरस्वतीलाई वढिमा, कला -नृत्य -संगित बिधा सम्म जोडिदिन्छौं हामी। सरस्वतीलाई किताब-कलम र पुस्तकालयहरु संग जोडिएको हुन्छ, शिक्षाको दायरा भित्र पर्छिन् उनी। उनी परोहित र कलाकारसंग सम्वन्धित छिन्, जसरी लक्ष्मी ब्यापारिहरु संग र दुर्गा (अथवा शक्ति) क्षेत्रिहरुसंग सम्बन्धित छिन्। जे भएता पनि, सरस्वती, खास गरी, पहिचान (वा आत्मज्ञान) संग अधिक नै संबन्धित छिन्। पहिचानको तृष्णा — हामी वास्तवमा कौ हौं ? भन्ने। यसैकारणले मनुष्य पशुहरु देखि भिन्न छन्। जानवरहरुलाई पनि हल्का थाहा छ कि उनीहरु को हुन् भनेर। अथवा, उनिहरुलाई चर्ने क्रममा वा खाद्य श्रृंखलामा आफ्नो स्थान कांहा छ भनेर जान्नु आवश्यक छ, यदि उनीहरुलाई जीवित रहनु छ भने। एउटा मुसाले यो थाहा पाउनु जरूरी छ कि ऊ एक विरालोको आहार (भोजन) बन्न सक्छ, अन्यथा ऊ बिरालो देखेर भाग्दैन। यसरीनै एक कमजोर शिंहलाई यो जान्नु आबश्यक छ कि ऊ कमजोर छ, अन्यथा उसलाई बलियो शिंहले मारीदिन सक्छ चाहे आफ्नो क्षेत्र निरधारण गर्दा होस् वा मादासंग संबन्ध बनाउन खोज्दा। (को यौनसाथी, को भोजन र को प्रतिद्वन्दिको) ‘पहिचान’ जानवरहरुमा दरोसंग स्थपित भएको हुन्छ।

मानिसमा, यस्तो(को यौनसाथी, को भोजन र को प्रतिद्वन्दिको) पहिचान दरोसंग स्थापित भएको हुन सक्छ तर हाम्रो कल्पनाशिलताले यि सबै कुरालाई फितलो र वेकार बनाइदिन्छ। हामी आफूलाई जे मन लाग्यो त्यसैको रुपमा आफूलाई कल्पना गर्न सक्छौं। त्यसैले त हामी समाज द्वारा हाम्रालागि सुनिश्चित गरिएका भूमिकाहरुको विरोध पनि गर्छौं (यदि अनुचित लागेमा)। हामी हाम्रो वंशावली (जात / जाति व्यवस्था) द्वारा वा हाम्रो सरिरको जैविक-रचना हेरेर हाम्रालागि समाजद्वारा निर्धािरण गरिएको कार्य गर्न नमान्न पनि सक्छौं। आफ्ना सपनाहरुलाई पच्छ्याउने हाम्रो चाहनाले नीती(law) र रीति(tradition) द्वारा निरधारण गर्न खोजिएका अपेक्षाहरु कमजोर बन्न थाल्दछन्।

वेदहरुमा ‘वाक’ या भाषणको निरंतर उल्लेख गरिएको पाइन्छ, र ‘हामी को हौं’ निर्धारण गर्न भाषाद्वारा खेलिने महत्वपूर्ण भूमिकाको पनि उल्लेख पाइन्छ । उदाहरणको लागि, नेपालीमा, हामीसंग सर्वनामहरु छन्, जस्ले समाजमा हाम्रो खास-दर्जा दर्शाउंछन् (हजुर, तपाईं, तिमी, तं) यस्को अलावा फ्रेंचमा (vous, tu) छ, तर अंग्रेजी भाषामा यस्तो छैन। ‘पहिचान’ चिन्नका लागि पनि भाषा, अर्थात् सरस्वती, ले महत्वपूर्ण भूमिका निभाएको हुन्छ। अरुले हामीलाई कसरि संबोधित गरे? हामी अरुलाई कसरी संबोधित गर्छौं? भनेर।

पशुलाई भोजन (लक्ष्मी) र शक्ति (दुर्गा) भए पुग्छ ता की आहारा खान मिलोस् , या यो सुनिश्चित गर्न कि उ अरु कसैको आहारा नबनोस्। भोजन र शक्ति बिना, कुनै पनि प्राणि जीवित रहन सक्दैन। सामाजिक विज्ञानमा, लक्ष्मीको अध्ययन ‘अर्थशास्त्र’ (Economics) बन्न जान्छ र दुर्गाको अध्ययन ‘राजनीतिशास्त्र’ (Politicks) बन्न जान्छ। सरस्वतीको अध्ययन ‘दर्शनशास्त्र’ (Philosophy) बन्न जान्छ।

कुनै एक समय थियो, जव विज्ञान (Science)पनि दर्शनशास्त्र भित्र नै समावेश मानिन्थ्यो। अब यस्तो छैन। आज, विज्ञान भौतिक-पदार्थ र मापन गर्न सकिने (सगुण)मा केंद्रित भई राखेकोछ, जबकि दर्शनशास्त्रले आफूलाई अलौकिक र मापन गर्न नसकिने (निर्गुण) मा सिमित राखेको छ। हामी ‘आफूलाई’ बुझ्न-जान्नका लागि विज्ञान को अध्ययन गर्दैनौं, विज्ञानलाई ‘गुण-अर्थ वा आत्म-ज्ञान’ संग केहि लिनु-दिनु छैन्। यो त एउटा तंत्र (प्रविधि) बनेको छ जस्ले यो संसारलाई अधिनमा लिन हामीलाई सक्षम बनाउंछ।

दुनियालाई आफ्नो अधिनमा राख्ने, धन र शक्तिद्वारा आफूलाई पोषण गर्ने यो जुन चाहना हामीमा छ, यो सव भयवाट उत्पन्न भएको हो। त्यसैले, सरस्वती एक ज्ञान पनि हो — दर्शन — जस्ले हामीलाई यस भयवाट पार पाउन (वा भयवाट मुक्ति पाउन) सक्षम बनाउंछ। बाहिरि संसारको वास्तविक प्रकृतिको सहि बुझाईद्वारा र आफू भित्रको वास्तविक प्रकृतिको सहि बुझाईद्वारा यो भयवाट मुक्ति पाउने ज्ञान लाई नै ‘वेद’ भनिन्छ। ‘वेद’ ले देखाउंछ कि, भयले नै ‘अहंकार’ उत्पन्न गरेको हो र भयवाट मुक्ति मिले पछि मात्र हाम्रो चेतना विस्तार (ब्रम्ह) हुन सम्भव हुन्छ र हाम्रो वास्तबिक प्रकृति (आत्मा) लाई हामी खोज्न सक्षम हुन्छौं, यो नै आनन्द र पूर्ण प्रेम हो।

संसार आफैले सृजना गरेको भएता पनि यो ‘ज्ञान-सिकाउने सरस्वती’नै हो जस्लाई ब्रह्मा आफैले बुझ्न सकेनन्। यस्को बजाय, ब्रह्मा दुनियालाई नियंत्रणगर्ने पागल-पन देखाउन थाले, आफ्ना भयका कारण। पुराणहरुमा उल्लेख भए अनुसार, यही कारण हो कि भगवान शिवलेले ब्रह्माको टाउको काटिदिए (त्यसैवाट शिवलाई कपाली भनेर पनि चिनिन्छ)। बांकी हामी सवैका लागि उनी, सरस्वतिले, एकतारे तव सम्म वजाई रहन्छिन् जव सम्म हामीलाई उनको साक्षत्कार हुदैन।

देवदत्त पटनायक को यो लेख अंग्रेजी पत्रिका मिड-डे मा २० नोभेम्वर २०१६ मा प्रकाशित भै सकेको छ। उनको अनुमति सहित म यस लेखको नेपालीमा (भाव)अनुवाद गरेर यहाँ प्रस्तुत गर्दै छु।

Welcome to a place where words matter. On Medium, smart voices and original ideas take center stage - with no ads in sight. Watch
Follow all the topics you care about, and we’ll deliver the best stories for you to your homepage and inbox. Explore
Get unlimited access to the best stories on Medium — and support writers while you’re at it. Just $5/month. Upgrade