Journalism Academy

Building Capacity for Digitally Transformed Journalism

पडकास्टिङ् तालिमका लागि आवेदन खुल्ला

--

सिएमआर नेपाल जर्नलिजम एकेडेमीले सन् २०२३ मा हुने दुई पडकास्टिङ् तालिमका लागि आवेदन खुल्ला गरेको छ।

जर्मनीको इन्टरलिङ्क एकेडेमीसँगको सहकार्यमा स्थापित जर्नलिजम एकेडेमीलेले नेपालमा पत्रकारहरूका लागि काठमाण्डौंमा पडकास्टिङ् तालिम सञ्चालन गर्न लागेको हो।

महत्त्वपूर्ण मितिहरू

पहिलो ब्याच तालिम: असार ३१ देखि साउन ५ र भदौ १७ देखि २२ (अंग्रेज़ी भाषा)
दोस्रो ब्याच तालिम: भदौ ३१ देखि असोज ५ र कार्तिक १९ देखि २४ (नेपाली भाषा)

आवेदन दिने अन्तिम दिन: वैशाख ३१ गते

आवेदन यहाँ दिन सकिन्छ तर आवेदन दिनुअघि तलको जानकारीहरू राम्ररी पढ्नुहोस्।

कसले आवेदन दिन सक्छन्?
कम्तीमा तीन वर्ष अनुभव भएका नेपाली पत्रकारहरू। यो तालिक आधारभूत तालिम हो र पडकास्टिङ्को अनुभव नभएकाहरूले पनि आवेदन दिन सक्छन्।

तालिमका विषय के-के हुन्?
तालिमका पडकास्टिङ् निर्माण, प्रसारण/प्रकाशन र प्रवर्धनसम्बन्धी शीपमूलक विषयहरू सामेल हुनेछन्।

तालिम शुल्क कति लाग्छ?
यो तालिम निशुल्क हो। तालिमका छनौट भएका सहभागीको सम्पूर्ण खर्च (काठमाण्डौं उपत्यकाका सहभागीको तालिम शुल्क र उपत्यका बाहिरका सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च) एकेडेमीले बेहोर्ने छ।

तलिम कस्तो हुन्छ?
तालिम जर्नलिजम एकेडेमीको ६+६+६ फर्म्याटमा सञ्चालन हुन्छ। यसको अर्थ ६ दिन बिहान ९ देखि ५ बजेसम्म एकेडेमीको कक्षाकोठामा तालिम हुन्छ भने त्यसपछि ६ साता अनलाइनमा सञ्चालन हुन्छ र अन्तिममा फेरि ६ दिन बिहान ९ देखि ५ बजेसम्म तालिम सञ्चालन हुन्छ।

आवेदन दिन के-के चाहिन्छ?
तपाईँको बायोडेटाको doc वा pdf तयार गरेर यहाँ फाराम भर्न सकिन्छ।
छनौट भएका सहभागीले कार्यरत संस्थाबाट तालिमका लागि स्वीकृति र तालिम अवधिका लागि बिदा दिइएको पत्र बुझाउनु पर्नेछ।

छनौट कसरी गरिन्छ?
तालिम सहजकर्ता, जर्नलिजम एकेडेमीको प्रतिनिधि र इन्टरलिङ्क एकेडेमीको प्रतिनिधिको समितिले प्राप्त आवेदनमध्येबाट २४ जनाको छनौट गर्छ। यसरी छनौट गर्दा सहभागितामूलक बनाउन प्रयास गरिन्छ।

निशुल्क तालिममा एक मिडियाबाट एकभन्दा बढि सहभागी छनौट गरिनेछैन।

अन्य तालिममा सहभागीले फेरि आवेदन गर्न पाउँछन्?
जर्नलिजम एकेडेमीको निशुल्क तालिममा छनौट भइसकेका पत्रकारले फेरि आवेदन दिन पाउँदैनन्। तर आवेदन दिएर छनौट नभएका पत्रकारले आवेदन दिन पाउँछन्।

सिएमआर नेपालको तालिममा सहभागीले आवेदन दिन पाउँछन्?
सिएमआर नेपालको तालिममा सहभागीले विषय फरक भए आवेदन दिन पाउँछन्।

थप प्रश्न भए admin@journalism.academy मा इमेल गर्नुहोस्।
आवेदन दिन तयार भए यहाँ थिच्नुहोस्

--

--

Journalism Academy
Journalism Academy

Published in Journalism Academy

Building Capacity for Digitally Transformed Journalism

CMR Nepal
CMR Nepal

Written by CMR Nepal

CMR-Nepal is an evolving think-tank research institution in Kathmandu focusing on media research, media and civic space policy research and internet freedom.

No responses yet