नेपालमण्डल (प्रदेश ३) सम्बन्धी ई–दबूको अन्तर्वार्ता

अन्तर्वार्ताकार — प्रमेश श्रेष्ठ, टेक्सास

वक्ता — काशीनाथ तमोट, मेरील्याण्ड

रेकर्ड — प्राविधिक, नर्थ क्यारोलिना

श्रुति–आलेखक

विमला मानन्धर, काठमाडौं

नमस्कार, ज्वजलपा, Good morning and good evening दर्शकहरु तपाईहरु जहाँ हुनुहुन्छ, नेपालमा हुनुहुन्छ, अमेरिकामा हुनुहुन्छ या विश्वको कुनै ठाउँमा हुनुहुन्छ, त्यो अनुसार म अभिवादन गर्दछु । यो ई–दबूको June को श्रृङ्खलामा म यहाँहरुलाई स्वागत गर्दछु ।

सदाझैं आज पनि Topic अलिकति नौलो छ । शुरुदेखि तपाईंहरुले खोज्दै आउनु भएको नेपालमण्डलबारे जिज्ञासा राख्दै जुन Question सोध्दै आउनु भएको छ । आजका यस विषय श्रृङ्खलामा त्यस्तो व्यक्तित्वलाई निम्त्याउन मौका पाएको छु, उहाँ हुनुहुन्छ श्रद्धेय, काशीनाथ तमोट । उहाँ चाहिं हाम्रो अमेरीकामा NOA–Newa Organization of America को Conference मा स्रोत व्यक्तिको रुपमा यानी Keynote Speaker को रुपमा आउनु भएको छ । उहाँकै सहयोग यसै सिलसिलामा NOA का Immediate Past President रामलाल श्रेष्ठ हुनुहुन्छ उहाँलाई मुरीमुरी धन्यवाद दिन चाहन्छु । उहाँकै Help को कारणले गर्दा आजको श्रृङ्खला अगाडि बढ्न मदत पुगेको छ । दर्शकवृन्द यहाँहरुलाई पहिल्यैदेखि वाचा गरी भन्दै आइएको थियो । यहाँहरुका inbox मार्फत भनिराख्नु भएका नेपालमण्डलबारे । यस बारेमा हामीले चर्चा परिचर्चा पनि गर्नु नै पर्छ । यसबारे कुरा अगाडि ल्याइदिनुस् भन्नु भएको छ । आज चाहिं हामी भाग्यमानी छौं । म चाहिं भन्छु म भाग्यमानी छुं । जुन चाहिं यहाँहरुको अनुरोधमा यसलाई पुरा गर्ने सिलसिलामा यहाँहरुको समक्ष आज म उपस्थित भईसकेको छु । हाम्रा श्रद्धेय काशीनाथ तमोटज्यूलाई स्वागत गर्दछु । दाई, यहाँलाई स्वागत गर्दछु । यहाँलाई आजको June को श्रृङ्खलामा अभिवादन गर्दछु ।

– धन्यवाद ।

दर्शकहरु आजको Topic यहाँहरुलाई थाहा नै छ ‘नेपालमण्डल Yesterday and TodayÚ यसमा पहिलेदेखि जुन हाम्रो edaboo सुरुआत भयो यसले हाम्रो culture को रुपमा फोनबाट सुरु गरेका थियौं । त्यहि बेलादेखि यहाँहरुको नेपालमण्डल सम्बन्धी जिज्ञासा थियो । धेरैले विच–विचमा प्रश्न पनि सोधिराख्नु भएको छ । यसमा चाहिं नेवाः जातिले सोध्नेत भइहाल्यो त्यस्तै गैह्र नेवाः जातिले पनि धेरै कौतुहलका साथ नेपालमण्डलबारे धेरै जिज्ञासा राख्नु भएको छ । म यहाँहरुको जिज्ञासाहरुलाई समग्र रुपमा मैले समेतिने कोशीस गरिरहेको छु॰, हैन । अब यो एउटा वसाईले म कति समेत्न सकुंला नसकुंला, हैन । सकिन भने पनि म दाईसंग फेरि पनि सम्पर्क राख्ने कोशीस अवश्य पनि गर्दछु भन्दै म दाई यहाँको अनुमति लिएर आजको programme अगाडि बढाउँदै छु ।

– हस ।

१. नेपालमण्डल, नेपालमण्डल भनेर हामीले त धेरै नै सुन्दै आइरहेका छौं । नेपालमा र हामी नेपालभन्दा बाहिर बसिरहेका हामीले नेपालमण्डल भनेर हामी भनिरहेका छौं । नेपालमण्डल भनिरहेको सन्दर्भमा नेपालमण्डललाई कसरी सम्बन्ध गर्नु पर्ला, हगी ? यसमा के रहेछ भने नेवार जाति गैह्र नेवालाई नेपालमण्डल भनेर बुझाउनु पर्दा सरल भाषामा के भनेर बुझाउनु सकिएला ? यसबारे अलिकति प्रकाश पारिदिनुस् न, दाई ।

– नेपालमण्डल भन्ने शब्दले एउटा खास क्षेत्रलाई बुझाउँछ । यो खास क्षेत्र बुझाउने जुन पद्धति इतिहासमा मात्र सीमित रहेकोमा हाल वर्तमान अर्थमा मैले सन् १९९६तिर अभियान विचार प्रवाह गरेको थिएँ । १९९८मा मार्टिन चौतारीले एउटा Discussion Programme राखेको थियो । त्यस Programme मा मलाई एउटा विषय दिइएको थियो ‘नेवार पहिचानको रुपमा नेपालमण्डल’ । यसमा मैले व्याख्या गरेको थिएँ । यो नेपालमण्डल नयाँ अर्थमा कसरी आयो भनेदेखि इतिहासको किताव पढ्दाखेरी नेपालमण्डलको धेरै नै व्याख्या चर्चा आउँछ । नेपालका काठमाडौं, पाटन, भक्तपुर, दोलखा आदि ठाउँहरुलाई अलग अलग राखेको कुरा इतिहासमा लेखेको छ । तर नेपालमण्डलको इतिहासलाई खोतल्दै जाँदा कति कुरा थाहा भयो कि यो चारैवटा राज्यले आफूलाई नेपालको एउटै अंगको रुपमा प्रस्तुत गरेको देखियो । उनीहरुले संकल्प वाक्य पढ्दा संकल्पको वाक्य गर्दाखेरी कुनै चिज गर्दा कुनै पनि culture का काम गर्दाखेरी संकल्प वाक्य लिनु पर्दछ । त्यसमा भनेको छ — आर्यावर्त, हिमवत्खण्ड दक्षिणपाद, नेपालमण्डल, पाटन भन्नु पर्यो भने वागमतिको दक्षिणतिर र कान्तिपुर भन्नु पर्यो भने वागमतिको पश्चिमतिर भन्ने व्याख्या गर्छ । तर सबैले पहिले नेपालमण्डल भन्दोरहेछ । यसबाट थाहा भयो नेपालमण्डल भन्ने शब्दले एउटा देशको संयुक्त नाम रहेछ । संयुक्त रुपमा बुझाउने नाम रहेछ । त्यसको व्याख्या गर्नु पर्दाखेरी थाहा भयो त्यस व्याख्याको सिलसिलामा थाहा भयोकि एक किसिमले कान्तिपुर, भक्तपुर, ललितपुर र दोलखालाई हामीले United States of Nepalmandal भन्न सक्छौं । जस्तो कि अमेरिका जस्तै यो एउटा United States of Nepalmandal रहेछ भन्ने लागेर यसबारे मैले अनुभव गरें, खोज्दै जाँदाखेरी यिनीहरु एक हो भन्ने तथ्यहरु अरु कुराहरु पनि पत्ता लाग्दै गयो ।

२. अब तपाईंले इतिहासकै कुराहरु निकाल्नु भएकोले नेपालमण्डलको इतिहास केलाई हेरेदेखि सुरु भएको देखिन्छ, हैन । इतिहासमा नेपालमण्डललाई कहिलेदेखि इतिहासमा सुरु भएको पाउनु भएको छ ? हैन ।

– नेपालमण्डल भन्ने शब्दको प्रयोगचाहिं सबभन्दा पहिले राजा जयदेव जो आठौं शताब्दीको हो । उनको एउटा काठमाडौंको ज्ञानेश्वरमा राखेको एउटा अभिलेखमा नेपालमण्डल भनेर प्रयोग भएको छ । यो भन्दा पहिले चांगुनारायणमा मानदेवको अभिलेखमा नेपालदेश भनेर आएको छ । कुनै कुनै अभिलेखमा भुक्ति, मण्डल आएको छ । यसरी देश, भुक्ति, मण्डल भनेर एउटा देशवाची शब्दमा प्रयोग भएको इतिहासमा प्राचीन कालमा लेखिएको छ । जब मध्यकाल सुरु भयो त्यसपछि नेपालमण्डको अत्यन्त व्यापक रुपमा प्रयोग हुँदै आयो ।

नेपालण्डलका राजा यक्ष मल्लको समयमा त्यो राज्य नेपालमण्डल नाम थियो भनेर हामी भन्न सक्छौं । राजा यक्ष मल्लका छोराहरुले आफ्नो — आफ्नो प्रशासनिक ठाउँहरुमा आफैआफैले शासन गरेको ठाउँहरुमा आफूले चलाएको राज्य शासन चलाउने हिसाबले अलग्ग अलग्ग रुपमा प्राप्त गर्दाखेरी यी ३ वटा राज्य अलगै जस्तो देखियो । वास्तवमा यसलाई भित्रैदेखि अध्ययन गर्दाखेरी के देखियो भने ती दाजुभाइहरुले सन्धी गर्दा, ददाजुया राज्य, किजाजुया राज्य अर्थात् भाईको राज्य दाईको राज्य भनी सम्झौता सम्बोधन गरेर के के कुरामा सम्झौता गरेको त्यस सम्झौतालाई हेर्दा तिनीहरु सबैले नेपालमण्डल मानेको देखियो ।

नेपालमण्डल तीनै राज्यले नेपालमण्डलेश्वर, नेपालेश्वर भन्ने नाउँहरुबाट सम्बोधन गर्ने गरेका छन् । जो राज्य शक्तिशाली छन् तिनीहरुले त्यस्तो कुरा लेख्छन् । त्यसैले कान्तिपुरका राजा, भक्तपुरका राजा, ललितपुरका राजा भनेको पाइँदैन । तर एक पटक गैह्र मल्ल राजाहरुले राज्य गरेको र त्यहि बेलामा ीयअब िराज्यहरु करिव ६०–६३ वर्ष त्यस बेला ललितपुर र दोलखामा पनि गैह्र मल्ल राजाहरुले पनि राजा हुँ भनी मणिगलाधिपति, दोलखाधिपति भन्ने गरे । त्यसबेला नेपालमण्डल राज्यभित्र काठमाडांमा पनि एउटा राज्य छ, भक्तपुरमा पनि एउटा राज्य छ, पाटनमा पनि एउटा राज्य छ र दोलखामा पनि एउटा राज्य छ । यी सबै भू–भागलाई जम्मा गर्यो भने नेपालमण्डल राज्य भयो । यसमा १४ अञ्चल भएको बेलामा १२ वटा जिल्लामा विभाजित थियो । अहिले यो ७ वटा प्रदेश हुँदा खेरी जसलाई प्रदेश नं ३ भन्ने गरेको छ । यो ठ्याक्कै नेपालमण्डलको हो ।

हाल चितवन एउटा वढी थपेको छ । चितवन पनि यक्ष मल्लको पालादेखि परिरहेको हुनसक्छ, किनभने यक्ष मल्लको पालामा नेपालमण्डल भारतको चम्पारन सम्म फैलिएको मानिन्छ । त्यसपछि पाल्पाका सेन राजाहरुले चुरे पहाडी क्षेत्र जित्दै जित्दै आएर चौडण्डी, विजयपुरसम्मको सासन गदैै आएपछि विचमा एउटा मकवानपुर राज्यले छुट्याइदियो । जुन १३ वटा जिल्लाहरु प्रदेश नं ३ मा रहेको छ ।

३. भन्दा खेरी, तपाईले एउटा interesting कुरा गर्नु भयो भन्ने कुरामा के आयो भने नेपालमण्डल पनि एउटा United States को concept संग थ्याक्कै जानुभयो, हगी ? भनेपछि, अहिलेको जुन United States यति सक्षम छ कि, त्यस बेला हाम्रो आठौं नवौं शताब्दीमा नै अहिलेको कुरा गर्नु भएको छ, हैन ? त्यस समयमा पनि नेपालमण्डल यस प्रकारले सक्षम छ भन्ने बुझिन आयो ।

– अँ, तिनीहरु अत्यन्तै सक्षम छन् भन्ने कुरालाई यसरी पनि बुझ्न सकिन्छ कि पृथ्वीनारायण शाह राजाले नेपाललाई गोरखाबाट विस्तार गर्दै गर्दै आयो । तर नेपालमण्डलको जुन मैले भनेको क्षेत्र छ नि त्यो राज्य क्षेत्रलाई लिनुको लागी विभिन्न ठाउँमा नाकावन्दी गरे, काटमार गरे, अनेकौं जालझेल गरेर लिन २६ वर्ष लाग्यो । २६ वर्ष पछि अन्तमा काठमाडौं, आक्रमण गरेर भक्तपुर, पाटनलाई कब्जामा लियो, त्यसपछि मात्र पूर्ण रुपमा नेपालमण्डल शाहहरुको हातमा गयो (कब्जामा गयो) । तर पृथ्वीनारायण शाह राजालाई टिष्टा नदीसम्म पुग्नलाई ५ वर्ष मात्र लाग्यो, भने पछि अरु क्षेत्र भन्दा नेपालमण्डल अत्यन्तै शक्तिशाली राज्य हो भन्ने प्रमाणित हुन्छ । यस्तो शक्तिशाली नेपालमण्डल आफू आफूमै झगडा गर्दा मेलमिलाप नहुँदा नै नेपालमण्डल कमजोर हुँदैगयो ।

पृथ्वीनारायण शाह युवा हुँदा बखतमा नै भक्तपुरमा उनको बाबु र रणजित मल्लसंग मीत लाई दियो मीत छोरा भएर उनले ५–७ वर्ष त्यहिं बस्यो र त्यहाँका सबै कुरा बुझ्यो र उनले पाटन र काठमाडौंलाई सहयोग नगर्नेसम्म वातावरण बनाइदियो । यति मात्र होइन कि उनले नुवाकोटमा शासन गरिरहेको बेलामा भक्तपुरलाई (नेपालको) पूर्वी क्षेत्र जितेर भक्तपुरलाई दियो । यसरी भक्तपुरका राजालाई राखेर काठमाडौंलाई कमजोर बनाएर यसरी नेपालमण्डललाई फुट ल्याई कमजोर बनाउँदै गएर अन्तिममा यो राज्य समाप्त भएको हो ।

४. यसरी हेर्दाखेरी भनेपछि सान्दर्भिक हेर्दा हाम्रो नेपालमण्डल चाहिं विश्वमा एउटा अक्षुण्ण Culture को रुपमा आफूलाई उभ्याएको देखिन्छ । फेरि म फर्केर ल्याई नेपालमण्डल तर्फ नै जोड्न जाँदैछु । हाम्रो नेवार Culture अनुसार मण्डल नेपालभाषामा मन्दः भन्छौं द्यःमन्दः, कुवं मन्दः त्यसै गरिकन मण्डलको आफ्नै किसिमको विशेषता छ । नेवाः Culture मा बौद्ध सम्प्रदायमा हेर्नुस्, हाम्रो हिन्दू सम्प्रदायमा हेर्नुहोस उहाँहरुले धेरै मन्दःहरु बनाउनु हुन्छ, जसमा चाहिं हाम्रो तान्त्रिक शक्तिको कुराहरु आउँछन् अब कुरा गर्दा नेपालमण्डल नेपालमण्डल भनेको छ, होइन, त्यसै नेपालमण्डलको पनि मण्डलको कतिको सम्बन्ध रह्यो ?

– नेपालमण्डल भन्ने शब्द नेपाल मन्दःको सम्बन्ध चाहिं विस्तारै चक्र । यी साथै मण्डलको रुपमा नेपालमण्डललाई बुझाएको छ । यसका ३ चक्र, ३ घेरा मध्ये पहिलो चक्र काडमाडौं शहर भित्र काठमाडौं जिल्ला भित्र, दोश्रो चक्र काठमाडौं उपत्यका भित्र, तेश्रो चक्र, जुन १२ जिल्ला मैले भनेको छु त्यसमा आठ जिल्लालाई cover गर्ने गरेर त्यस क्षेत्रलाई तेश्रो क्षेत्रको रुपमा मानेको छ । यो तेश्रो क्षेत्रमा वज्राचार्यहरुले वज्राचार्य दीक्षा लिंदा १ वर्षभित्र घुम्नु पर्छ । यस प्रकारले चक्रको रुपमा मण्डल मन्दःको रुपमा पनि परिकल्पना गरेको छ । तर यो हिन्दूहरुले शैवहरुले ६४ शिवलिङ्ग भित्र परिक्रमा गरेर १२ वटा जिल्ला बढी मात्रामा परिक्रमा गरी अन्तिममा ६४ शिवलिङ्ग परिक्रमा गरी पशुपतिमा आएर विसर्जन गर्छन् । त्यसप्रकार यो सांस्कृतिक रुपमा पनि जुन १२ वटा जिल्ला हो । यो १४ अञ्चलको वेलाको त्यसलाई चाहिं ॰॰॰॰ गरिराखेको छ जस्तो संस्कृति अनुसार मिथिला परिक्रमा भनेर ठूलो घेरा, सानो घेरा, मध्य घेरा, ठूलो घेरा त्यसै प्रकारले नेपालमण्डलचाहिं ॰॰॰॰॰ तीनवटा घेरा भएको र अहिले सोचेको भन्दा ठूलो थियो भन्ने त्यसबाट पनि पुष्टी हुन्छ ।

५. भनेपछि हाम्रो नेवाः सभ्यतालाई कुरा गर्दाखेरी तन्त्रविज्ञानमा आधारित छ ।

– हो, तन्त्रविज्ञानमा पनि आधारित छ, तर यो पक्ष बौद्ध पक्ष देखियो । शैवले पछि पशुपतिलाई मूख्य

केन्द्र, बौद्ध पक्षले चाहिं इन्द्रचोकको कान्ति भैरवको रुपमा मान्छ ।

६. इन्द्रचोकमा कांति भैरव कहाँनिर छ ?

– इन्द्रचोकको विचमा एउटा खाल्डो छ । त्यसलाई केन्द्र मानेर त्यसलाई अभलतभच मानेर बौद्धहरुले ३

चक्र परिकल्पना गरेको छ ।

७. अलिकति व्याख्या गरिदिनुहुन्छ ? It’s very interesting भनेपछि, इन्द्रचोकमा हाम्रो आकाश भैरव छ हैन ?

– विचमा प्वाल छ, अहिले बारिराखेको छ

– भैरवको अगाडि । — भन्नाले जहाँचाहिं हाम्रो इन्द्रजात्रा इन्द्रको रथारोहण गर्छ त्यहां ।

– हो, ॰॰॰॰ समयबजि दिन्छ । त्यो भन्दा पनि मखनबाट इन्द्रचोक आउने अनि त्यसपछि भुइँमा एउटा खाल्डो छ । कान्तिपुर भन्ने नाउँ त्यहिबाट आएको हो । कान्तीश्वर देउटा त्यो खाल्डोमा छ । यसबारे नरेश वज्राचार्यज्यूले चक्र system नेपालमण्डल बारे विशेष लेख लेख्नुभएको छ । त्यसमा सबै कुराहरु छन् ।

– भनेपछि, इन्द्रचोकको कान्तीश्वर भैरवको त्यो point बाट हाम्रो नेपालमण्डलको ३ घेरामा बाँडेको छ । त्यसरी मण्डल रुपको तर राजनैतिक रुपले भन्ने हो भने यसलाई राज्यको रुपमा प्रयोग भइ आएको देखिन्छ । भनेपछि शुरुआत हेर्दा कहाँबाट यस्तो भन्ने कुराचाहिं तन्त्रलाई हामीले आधार मान्ने हो भने इन्द्रचोकको कान्तीश्वर भैरवबाट विचको वा शुरुआतको विन्दुबाट विभिन्न सानो सानो राज्यहरुलाई समेतेर एउटा हाम्रो नेवाः संस्कारभित्रको नेवार Civilization को एउटा ठूलो एउटा संस्कारको रुपमा देखिन आयो ।

– यो नेपालमण्डल भने, जसलाई हामी भन्छौं, त्यसलाई नेपालदेश भनेर नेपालक्षेत्र भनेर नेपाल महात्म्य भन्ने कितावमा पनि लेखेको छ । नेपालमहात्म्य भनेको नेपालमण्डलको महात्म्य हो । १६रौं शताब्दिमा लेखेको पुस्तकको त्यो पुस्तक अत्यन्त महत्वपूर्ण छ । त्यो पुस्तकले नै नेपालमण्डलको पुष्टि गरेको छ । उस्ले नै भनेको छ कि कौशिकी नदीले पापनास गर्छ पूर्वतिर, पश्चिमतिर चाहिं त्रिशूलगंगा छ । अनि दक्षिणतिर शितलोदक अर्थात् चिसापानी बग्ने चिसो पानी नदी । त्यो अहिले इन्द्रसरोवर भयो । अहिले कुलेखानीको जुन पानी पोखरी चिसापानी भन्ने नदीलाई थुनेर बनाएको पोखरी हो । त्यसपछि उत्तरतिर शिवपुरी छ भन्छ । जुन त्यो शिवपुरी भनेको छ । जुन हामी नेवारीमा सिलु तीर्थ, सिलु, गोसाइकुण्ड भन्दछ यो नेपालक्षेत्र हो भन्ने परिभाषा १६रौ शताब्दिमै गरिएको छ । त्यसकारण १६रौं शताब्दिमै पनि १२ ओटा जिल्ला मानिसकेको छ भन्ने बुझिन्छ ।

काठमाडौं अलग्गै पाटन, भक्तपुर अलग्गै भनेर जुन इतिहासकारले हामीलाई सिकाई रहेको छ, वास्तवमा त्यस्तो होइन ।

८. NewaCivilization र Nepalmandal िभनेर differences गर्न सकिन्छ ?

– Newa Civilization र Nepalmandal एउटै होइन ।

पूर्वतिर उत्तरतिर पश्चिमतिर दक्षिणतिर चारैतिरबाट आएका मान्छेहरुले तत्स्थानीय परिचयलाई बिर्सेर नयाँ जुन सभ्यता विकास गर्यो, त्यो नेवाः सभ्यता भयो । तर यो बारे नेपालमण्डल भित्र तामाङ्गहरु पनि छ । तामाङ्गहरु पनि नेपालमण्डलकै आदिवासी हो । यस्तै प्रकारले दोलखाको थामीहरु पनि आदिवासी नै हो । दक्षिणतिरको चेपाङ्गहरु पनि आदिवासी हुन् । नेपालमण्डलभित्र केही भागमा दनुवारहरु पनि छन् । अलिकति यो शहरी क्षेत्रभन्दा बाहिरतिर बसेकोले यिनीहरुको त्यती प्रचार प्रसार भएन । तर नेपालमण्डल भनेपछि यिनीहरु सबैलाई बुझ्नुपर्छ । यसकारणले हाम्रो राजनीति गर्ने नेताहरु छ ती नेताहरुले चाहिं नेपालमण्डल भन्नाले यी सबै बुझाउने हुनाले नेवाः राज्य भन्न रुचाउँछन् । ‘नेपालमण्डल’ भनेपछि त्यहाँ वसोवास गर्ने सबैलाई समेत्छ ।

धन्यवाद दाई । अन्तमा भन्नुपर्ने कुरा विश्व समुदायलाई भन्नु पर्ने केही छ भने भन्नुहोस् ।

– नेपालमण्डलको ऐतिहासिक कुरा र त्यसपछि यो चाहिं एउटै हो भन्ने विचार चाहिं इतिहासको अध्ययनबाट थाहा भयो । यसलाई विस्तारित अहिलेको वर्तमान गणतन्त्रको अवस्थामा ७ नं प्रदेशको निर्धारण अध्ययन गरी हेर्दा नेपालमण्डलका सम्पूर्ण ३ नं प्रदेश चाहिं नेपालमण्डलको ऐतिहासिक थलो हो । त्यसकारण नेपालमण्डल प्रदेश नं ३ को चाहिं नाम नेपालमण्डल उपयुक्त छ यसमा चाहिं विश्व समुदायले समर्थन गर्यो भने यो ३ नं प्रदेशको नाम नेपालमण्डल हुनसक्छ । होइन भने ॰॰॰॰॰ यो ३ नं॰ प्रदेशको नाम चाहिं कसैले वागमति प्रदेश, भनेर नाम राख्ने कोशीस गरेको छ । कसैले नेवा राज्य भन्ने पनि कोशीस गरेको छ । यो सबै जाति विशेष नभइकन यो एउटा सबै स्थान हुँदा त्यहाँ चाहिं ३००० वर्षको सभ्यता रहेको छ । नेपालको इतिहास कस्तो छ भन्ने देखियो कि पश्चिमको खस राज्य १० — ११ शदीबाट सुरु भयो । दक्षिणको मैथली राज्य पनि यसरी नै भयो । पूर्वमा किराँति राज्य पनि त्यति धेरै इतिहास भएको छैन तर यस सबै राज्य नेपालमण्डलमा जोडिन आउँदाखेरी तिनीहरुले २००० वर्षको इतिहास तिनीहरुले पायो भने नेपालमण्डलको ३००० वर्षको इतिहास यीनीहरुसंग जोडिन आयोभने २००० वर्षको इतिहास यीनीहरु यसमा जोडीन आयोभने २००० वर्ष वोनस पायो । यसप्रकार नेपालमण्डल मूलत नेपामण्डल भनेर यसरी परिचर्चा हुन्छ । यसकारण नेपालमण्डललाई बढीभन्दा बढी प्रयोग गरेर हुनत यो स्वतः नै प्रदेश नं ३ को नामकरण गर्न सक्यो भने इतिहास पनि कायमै रहन्छ । जति टुक्रा गर्न खोजेपनि यसलाई टुक्रा गर्न सकिंदैन । इतिहासले, भौगोलिक रुपको एकताले एैक्यवद्ध भई बसेको र Composition ले गर्दा पनि टुक्र्याउन सक्दैन । यो एक ढिक्का भयो यस मामिलामा मलाई अत्यन्त खुशी लागेको छ र सबैजनाको यसमा ध्यान जान सकोस् ।

One clap, two clap, three clap, forty?

By clapping more or less, you can signal to us which stories really stand out.