प्रेमा शाहको आत्मजीवनी

Kashinath Tamot
Nepalmandal
Published in
2 min readJul 6, 2018
Prema Shah

प्रेमा शाहबारे कतिले जीवनी लेखे, कतिले लेख्ने छन् । उहाँको आफैले लेखेको छोटो आत्मजीवनी पाइएको छ । यो उहाँले मेरो घर वानेश्वरमा १७ मे १९८९ (विसं २०४६ जेठ ४ बुधवार) छोडेर जानु भएको रहेछ । मसंग भेट भएन । मेरो शुभ सफूकुथि (पुस्तकालय)को आगन्तुक पुस्तकमा लेख्नु भएको रहेछ :

प्रेमा शाह (बीरगंजबाट आएको भाई धर्मराज पाण्डेसित)

धर्मराज पाण्डेय, शिक्षा क्याम्पस, काठमाडौंमा कार्यरत रहेछ, उहाँको पनि हस्ताक्षर छ ।

यो आत्मजीवनी संभवतः कतै पेश गर्न वा प्रकाशोन्मुख पुस्तकमा राख्न तयार गर्नु भएको जस्तो बुझिन्छ । यसमा अरुले चर्चा गर्ने नगरिएको उहाँको वालसाहित्य, वालविकासमा योगदान पक्ष विशेष उल्लेखनीय छ ।

Biodata

नाम : प्रेमा शाह

शिक्षा : एम. ए.

प्रकाशित कृति : १. पहेंलो गुलाफ (कथासंग्रह)

२. विषयान्तर (कथासंग्रह)

३. मम्मी (लघु उपन्यास)

४. रामेको कथा (बाल उपन्यास)

५. मयुर भंगेरा (बाल उपन्यास)

६. आनन्दको आविष्कार (बाल उपन्यास)

र अन्य बालकथा संग्रहहरु र बालगीत संग्रहहरु ।

भ्रमण : भारतका प्रायः सबै भाग र जापान ।

सम्प्रति : नेपाल बाल संगठन, केन्द्रीय कार्य समितिको सदस्य ।

यस अतिरिक्त विभिन्न सामाजिक कार्यमा संलग्न ।

वीरगंजमा बाल सेवा पुस्तकालयको संस्थापिका ।

बाल पत्रिका ‘उज्यालो’ को संपादन ।

--

--