बी.एच.यु.बाट पठाएका प्रेमा शाहका पत्रहरु

A letter of Prema Shah 17 .03 1972

नेपाली साहित्यमा यौन मनोवज्ञानसम्वन्धी कथाकारितामा विशिष्ट स्थान ग्रहण गरेकी प्रेमा शाहको पहिलो विवाह पटनाको धनीमानी व्यक्ति जे.पी. शाहीसंग वनारसमा ई. १९७१ जुलाई २ मा भएको थियो विवाहपछि उहाँहरुले काठमाडौंमा घर किन्ने कुरा चलेको थियो । प्रेमालाई उनको श्रीमान् एक भारतीय फुइँ गर्ने प्रवृत्तिको व्यक्ति जस्तो लाग्छ । कुरा कुरामा नेपालीमा एम.ए. गरेकी उनलाई उनको श्रीमान्ले राजनीतिशास्त्र र इतिहासमा डबल एम.ए. गरेको विश्वास लागेन । प्रेमालाई शनक चढ्यो, एक दिन भवन विभाग, बबरमहलमा ओभरसियर काम गरिरहेको मलाई आफूमा आत्मबल बढाउन एक हप्ता बनारस हिन्दु युनिभर्सिटी (बी.एच.यु.) मा श्रीमान्को डिग्री जाँच्न जान भने । उनको श्रीमान्ले हामीलाई लगे, डिग्री प्रमाणित भयो क्यार । प्रेमालाई त्यहाँ बाटिक कला अध्ययन गर्न मन लाग्यो, भर्ना भयो, होस्टेलमा बसी, बाहिर श्रीमान्को डेरा पनि छ ।

प्रस्तुत छ काशी हिन्दु विश्वविद्यालयमा बाटिक कला पढिरहँदा ई. १९७२ मार्च अप्रिलमा मलाई पठाएका प्रेमा शाहका चार पत्र । यसमा उनका अन्तर्मनका आवाजहरु अभिलिखित छन् । यसबाट उनको साहित्यिक मूल्यांकन गर्न मदत पुग्नेछ र मेरो जीवनमा उनको सकारात्मक भूमिकाको आभास मिल्नेछ । यसबाट झण्डै आधा शताब्दि अघिको नेपाल र भारतको स्थितिको एक झलक देखिन्छ ।

पत्र १

B. H. U.

17th March ‘72

मास्टर साहेब,

नमस्ते !

तपाईंका दुइटै चिट्टी पाएँ । inland र खामवाला नयाँ टिकटवाला ।

पहिलो inland वाला पढ्दा मन रमायो यो अहिले दिउँसो पाएको पढ्दा मन रमायो । “भालाले हान्नु, वर्छीले हान्नु वचनले नहान्नु” तपाईंको उक्ति तपाईंमाथि चाहिं परेन त मलाई यसरी मन दुखाउँदा ? मैले Mind गरिन र गर्ने बाटो पनि छैन संसारमा यौटा दुःख सुख पोख्ने भाँडो हुँदोरहेछ र त्यो भाँडो तपाईं हो मेरो मैले जैले पनि आफू भित्रका आँशु, राल, सिङान, हाँसो सबै त्यसै भाँडोमा पोखेको छु र तपाईंबाट मैले अनगिन्ती सान्त्वना, बल, सुरक्षा, सहयोगहरु पाएको छु ती सबका साटो तपाईंले मलाई जति घोचे पनि गाली गरे पनि मलाई रिस उठ्दैन खालि यत्ति हो कि “तपाईंको लागी केही गर्दा र संझदा म कति पटक कति ठाउँमा महामूर्ख (Greatest Stupid) भइसके छु भन्ने पनि संझन पुग्छु र मलाई दुःख हुन्छ त्यसकारण । केही गरेर मूर्ख बन्न ।

किन काम गर्ने जस्तो लाग्छ र अब म विस्तार तपाईंको म माथि भएको ‘अति विश्वास’ पात्र बन्नुको सट्टा अविश्वासी बन्दै जानेछ । यो मेरो गर्नुपर्ने प्रयास हो । यस्ता शब्दहरु फेरि नलेख्नुहोला, सोच्दै नसोच्नु होला । मास्टरसाहव, हो तपाईंले जति मेरो लागि सहयोग, मदत गर्नुभयो गर्नु भईरहेछ ती तपाईंका महानता र Humanity हुन तर यस्सै महानलाई त दुनियाँले मूर्ख भन्छन अनेक आरोप लगाउँछन । मेरो कारणले तपाईंलाई जति तकलीफ भइरहेछ त्यसको बोझ पनि मैले प्रत्यक्ष या अप्रत्यक्ष बोकिरहेकै छु । शायद त्यो तिर्न सकिन्न यदि त्यसको मोल रुपियाँ नै हो भने । भावना हुन मर्न शायद सकिन्छ तर त्यो पनि बुझिए । तर नजिक्याई र सद्भावनाबाटै एक अर्काका सुख, बार, पर्खाल र झन्झटहरु देखि मुक्त । मैले नजिक्याईमा (साथीको नातामा) कहिल्यै लिङ्गभेद मानिन र अझै मान्छु लोग्नेमान्छे (खालि मनुष्यको रुपमा) नै स्वास्नीमान्छेको परम हितैषी हुन्छ ।

अँ — तपाईं जति भन्नुस म दुःख मान्दिन । तपाईं पराई हैन । मैले लाख चोटि भनिरहन पर्दैन । तपाईंका यस्तै चिट्टी र कुराहरु देखि मैले आफ्नो बानी सुधार्नुपर्छ । शाहीजी पनि मलाई निकै भन्छन तर उसले भनेका कुरा जति ठीकै देखिएता पनि ती कतै अतिशयोक्ति लाग्छन, कतै अहमन्यता कतै थिचोमिचो, कतै निरर्थकता, कतै कहाली लाग्ने यस्सै उस्सै लाग्छन । शायद यी ‘लोग्ने’ ले सम्झाएको (?) ले होला र ती सम्झाई (?) ग्रहण गर्न मलाई कति कति ठाउँमा कतिकति गाह्रो, असुहाउँदो, विरोध र परिश्रम लाग्छ । किन होला ? के लोग्ने प्रत्येक ठाउँमा लोग्ने नै हुनुपर्छ ? प्रत्येक व्यवहारमा ? के उ सम्झाउँदा एउटा स्नेही स्वार्थरहित मित्रले संझाए जस्तो संझाउन सक्दैन ? लोग्ने जातै ढिठ र साह्रो हुँदोरहेछ क्यारे । यस तुलनामा तपाई सरल हुनुहुन्छ तपाईंका संझाईहरुलाई म मनन नगरिकनै बुझ्छु तर यसको अर्थ यो होइन कि बाटो देखाउनु लोग्ने मात्रै स्वास्नीको शुभचिन्तक होस अरु शत्रु होस । तपाईं मेरो शत्रु हैन मेरो भलो गर्ने साथी हो, भाई हो ।

म मेरो दुलाहालाई मायाँ गर्छु — तपाईंले देखेको बुझेको अध्याय देखि यता मैले शाहीजीलाई प्रगाढ रुपले मायाँ गर्न थालें । आफैलाई बिर्साएर, आफ्ना सबै आन्तरिक मान्यता र व्यक्तित्वलाई समेत लत्याएर मैले मायाँ गर्न थालें । आईमाईहरु साँच्चै मायाँ गर्न थाल्छन भने उग्र (मायामा) हुन्छन भनेको मैले सत्य भेट्टाएँ । तर मैले उसप्रति चुल्याएको मायाँको interpretation उसबाट के पाएको छु थाहा छ ? ‘शंका’ ! अर्थात म उसलाई शंका गर्छु र मैले स्पष्ट बुझें मेरो यो मायाँ उसलाई तीतो लागेको छ । शायद माया र चिनीको स्वभाव र गुण एउटै रहेछ । खालि स्वाद ।

अँ मेरो लागि तपाईंलाई कति दुःख पुल्चोकसम्म उसलाई बुझ्न जानुभो भाडाको घरमा । म पनि उसको चिठ्ठी न पत्र अत्तो न पत्तोले गर्दा अतालिएर पटना पुगें । warden लाई थाहै नदिई Room mate, Research Scholar वलसासँग कुरा मिलाएर Patna गएँ तर दादाबाट थाहा पाएँ कि छ, सातदिन पहिल्यै उ उनलाई केही नभनी कुन्नि कहाँ गयो । मलाई रातभर निद्रा लागेन रोइरहें । कस्तो एक्लो र टुहुरो Feel भयो मलाई । पुगेको रात पटना बसेर बिहान ८ बजे Delhi Express बाट बनारस फर्कें । मुगलसराय सम्म Train मा आएर त्यताबाट Taxi गरी (छिटो पुग्ने आशले) तीन बजे Banaras पुगें । दादासँग शाहीजीको बनारसको डेराको Add. लिएकी थिएँ । Taxi बाट चौकमा ओर्लेर Rikshaw बाट उसको डेरा पुगें । डेरा खोज्दा कमसेकम एक घंटा लाग्यो । रिक्शामा Air bag छोडेछु धेरै लुगा चोरिए । नभन्दै उ त डेरामा रहेछ । म पुग्दा उसका मान्छेहरुसित गफ गरिरहेको थियो । मैले घुर्कि (यहीनै उपयुक्त होला) लाएँ बनारसै भएर यतिका दिन देखि मलाई नभेट्ने, केही खबर नदिने आदि । शायद यो त अनुचित होइन हगि स्वास्नी उही पनि मायाँ गर्दै स्वास्नीको नाताले ।

मेरो शब्द “यो बिहाले मानिसलाई लवस्तरो बनाउँदो रहेछ ।” मा तपाईंले लेखि पठाउनुभएको, “अधैर्य बानीको परिचय दिनु भएजस्तो लाग्छ । विहा त गर्नुपर्छ, तपाईंले गर्नुभयो, बेसै छ । तर तपाईंको र धेरैको वैवाहिक जीवनबाट मैले विहा गरेर मानिसले बढी सांसारिक भौतिक कुरामा आफ्नो लक्ष्य बिर्सेकै हुन्छ भन्ने देखिरहेछु । एकदमै ठीक हो । विहा पश्चात मान्छेका गोडा अडिन्छन अवश्य तर फेरि संचालित हुन्छन । म यस्तै जड भएर रोकिने जीव होइन केवर मेरो पक्षमा । तर चल्नलाई मैले Push पनि त पाउनुपर्छ । मेरो दुलाहा धेरै Mahute (भन्नु कर लाग्छ) छ र मलाई सँधै काम गर्न, लेख्न भनिरहेकै हुन्छ तपाईं स्वयंले देख्नुभएको छ । यस्तो लोग्ने पाउनु सौभाग्य हो । तर लाग्छ उ मलाई कर गरिरहेको त हैन अह्राइरहेको त हैन ? प्रतिभा, विचार र कल्पना अर्थात मन र मस्तिष्क चाकरी र अह्रावट(order)को सँधै विरोधी छ । थाह छैन म यसरी कुंजिनु(निष्क्रिय रहनु) को के अर्थ हो ! भर्खरै विहे भएर रसमग्न हुने नशाले हो कि मेरो बौद्धिकताले साँचो Sympathy नपाएकोले हो । म दोधारमै छु ।

मास्टरसाहव ! चाहे म जुन बाटो या दोबाटोबाट जाउँ, हिंडु, दौडुं, लोप होउँ मैले आफूलाई बोध गरेकै छु, छामेकै छु । म आजकल प्रत्येक कुरामा कालिदास जस्तै एकाहोरो र मूढ भइरहीछु — प्रेममा पनि । (तथापि यी सवमा म सभ्य छु । प्रत्येक संघर्ष बोध म अब नै पहिलोपल्ट गर्दैछु । यति लामो उमेरमा प्रेम र आत्मसमर्पण पनि पहिलोपल्टै गर्दैछु ।)

त म कालिदास जस्तै पटमूर्ख भईरहीछु, आफू चढेको हाँगो आफै काट्दैछु, प्रेमीको लागि रात विरात, ठाउँ कुठाउँ भौंतारिंदैछु । उनले जस्तै प्रियबाट तीरस्कार पाउँदैछु । कालीदास त परिनामस्वरुप महाकवि भए, म त जोगी हुन्छु होला । भैगो छोडिदिउँ गन्थन । बोर हुनुभयो होला । तर मेरा वास्तविकता र सत्य यस्तै अझ Bore गर्ने हुन्छन के गर्नु हुन्छ । यति पोख्ने भाँडो पनि तपाईं नै त हो ।

अँ — शांतिको चिठ्ठी आएछ यतिका दिन पछि । हुन पनि उसको के दोष बिहे पछि यस्तै उस्तैमा अल्झन्छ मान्छे तर नअल्झिने क्षमता कमैमा हुन्छ । जेहोस शांति अत्यन्त सुखी र सन्तुष्ट रहिछ — हामी खुशी मनाउँ । विशेष म Hypnotised हुन्छु अलमल्ल पर्छु कसरी अरु सुख पाउँछन । म मात्रै किन unlucky. तपाईं उसको एबचतथ को निम्तोमा त अवश्यै जानुभएन, हैन त ? चिठ्ठी लेख्नु होला उसलाई । उसो भए आजकल तपाईंका कोठाभरी पाहुना छन ? अरु के के खबर छ काठमाण्डुको ?

अँ एउटा कुरा — हामी २० ता. (March) मा आइरहेछौं । अरु भेटेर भनुँला ।

वलसालाई ल्याउँ भनेको केही खटपट छ । खूब जाति केटी छ हेरुँ भगवानले के गर्छन । तपाईंको विषय उ मसित सोधीरहन्छ । अहिले उ यही छ । टेबुलतिर उभिएर ब्यागभित्र के हो खोतल्दै छ । मैले सोधे कि “मास्टरजी को कुछ कहना है ?” त भनी कि तिमी नै विचार गरेर लेख फेरि भनी कि “Give my Namaste to him” त्यसैले उसको नमस्ते पठाई रहेछु ।

हाम्रो Exhibition र मेला १८ ता. देखि २० ता. सम्म चल्दैछ । Exhibition मा मेरो एउटा Painting र तीनवटा Batik राखिएको छ । मेलामा म, आभा र शांति सिं मिलेर खाना र सामानको Stall राख्दैछौं । तपाईंको मालहरु विकाएर ल्याउँछु । आज यति

प्रेमा दिज्यू

पत्र २

21st March ‘72

मास्टर साहेव,

तपाईंको अर्को चिठ्ठी पनि हिजो बिहान पाएँ । यो चिठ्ठी यस्तै छोटो भो तपाईलाई मन पर्ने खालको । हाम्रो Exhibition 18 ता. देखि २५ ता. सम्म शुरु भईरहेछ । मेरो पेन्टिङ्ग, वाटीकहरु पनि छन । मैले नेपाली Stall राखें तीन दिन सम्म । खानेकुराहरु राम्ररी बिके । Post Cards केही बिके र अरु मेरै Personal खत्राक खुत्रुक बिके । खुकुरी प्रति सबै आकर्षित थिए तर India मा Weapons राख्न सख्त मनाही रहेछ, पकडिंदो रहेछ । एउटा छुरा सम्म को Licence पर्ने । त्यसैले विकेन । Danger रे खुकुरीहरु त । थाह पाएको भए ल्याउने थिइन झन्झट । शाहीजीले 19 ता. मा Patna आउनु भनी प्रोग्राम बनाएर घरमा फर्केको थियो । 19 ता॰मा जान भनी केही माल Pack गरेर ठीक भएको त फेरि टेलीग्राम तुरुन्त पाएँ ‘Don’t Start’ यस्तै छ । थाह छैन फेरि कहिले Kath. आउँछ । चिठ्ठी लेख्नुस ।

पत्र ३

मास्टर साहेव,

नमस्ते !

6th Ap. 72

यसपालि तपाईं Airport आउनु भएन कमसेकम म उडेको त हेर्नुहुन्थ्या । यसपालि Boing Zet 737 बनारस, दिल्ली, आगरा गयो । अरु प्लेन भन्दा सयगुना फरक । भित्र त कति ठूलो Air Condition Seat पनि गजब गजबको ! उड्दा त अरु प्लेन जस्तो नउडेर Rocket जस्तो ठाडो हानिएर उड्दो रहेछ, पछि फेरि तेसै हुने । पिङ्ग खेल्दा जस्तो उड्ने । डर पनि लाग्यो । Lunch पनि Heavy दियो — हुन त त्यस दिन ढिलो उड्यो । दुइ पखेटाहरु Horizon छुन लागे जस्ता थिए ।

अँ यहाँ यस्तै छ जस्तो पहिले थियो यसको अतिरिक्त दुइ तीन घटना घटे । प्रथमत मेरो मिल्ने साथी एउटी Research Scholor — Hostel बाट आफ्नो local guardian कहाँ लुकेर बस्न गई आमाबाबुलाई छलेर । उहीL.G. सँग Court Marriage गरी । यस अघि विदामा घर जाँदा उसको अर्कै एउटा Foreginer धनी मान्छेसँग Engagement भएको थियो । दुनियाँमा कति विचित्रताहरु हुन्छन हगि ? यस पछि Engineering की एउटी केटी Pregnant थिई Hospital मा लगियो — छोरा पाई । तर उसको Beloved भाग्यो । पत्तो छैन । यस पछि हाम्रै ow Hostel मा विहान Bathroom मा मुख धुन लाग्दा एउटीको अधिग्रो गयो । अब सुन्नुहोस अस्ति चार तारिखको भयङ्करता । म दिउँसो ३॰३० मा Dept. बाट Hostel फर्कें । होस्टलमा गजबको चहलपहल, दौडादौड, तर सन्नाता पनि ।

बाहिर गेट मै चौकिदारले रहस्यमय ढंगले मलाई हप्कायो, “आपको पता है आपके New Hostel में एक लडकी ने फाँसी लगाकर आत्महत्या किया ।” म सिलाङ्गै भएँ । दौडेर माथि पुगें मेरो पुरानो कोठा 54 सँगैको नं. 53 की एउटी South Indian केटीले कोठामा सिलिङ्गको अंकुशमा पछ्यौराको फाँसी लाएर झुण्डिछ । हाम्रो मुटु काम्यो । सब केटीहरुलाई त्यसदिन नजरबन्द गरियो । कोठा कोठामा photographer ल्याएर झुण्डेको त्रिशंकुको Photo खिंचियो, Vice chancellor र अरु missing सित संवन्धित V.I.P. हरु आए । पुलिसका ट्रकका ट्रक आए । केटीको लाश पोस्ट मार्टमको लागि Hospital लगियो । हामीले कोठाको झ्यालबाट लुकेर ऐना झ्यालको रंग खुर्केर सव काण्ड हेर्यौं । यस्तो लाग्यो यो विद्यार्थीको Hostel होइन मुगलकालीन ‘जनाना खाना’ हो या हाम्रो चन्द्र संसेरको पालाको नानीहरु बस्ने सिंहदरवार हो । छोड्नुहोस लोग्नेमान्छे र स्वास्नीमान्छेको इतिहास त यस्तै Premitive नै छ । अँ — जीवनलाई संझना छ, P.K. Shrestha जीलाई मेरो नमस्कार साथै त्यस दिनको खानाको लागि आंतरिक धन्यवाद नबिर्सेर सुनाईदिनुस र मलाई चिठ्ठी लेख्छु भन्नु भएको थियो अवश्य लेख्नुहोला रे भनिकन उनलाई मेरो Add. अवश्य दिनुहोला । अरु तपाईंको धेरै धेरै कुरा लेखि पठाउनुस जति सके छिटो — प्रेमादिज्यू ।

N.B. शाहीजीको Registry पाएँ । जग्गाको रजिष्टे«शन बारे गोलमाल भयो ? रजिष्टे«शन भएपछि पनि छ मैना नपुगि घर बनाउन पाइन्न रे हो ? लेख्नु होला । शाहीजी अहिले कहाँ ?

N.B. — चित्रङ्गदा पन्तलाई दिनुभो होला । त्यसको हालचाल लेख्नुस । मास्टर साहव जति सक्यो छिटो चिठ्ठी लेख्नुस है लामो लामो । के गर्नु परदेशमा आफ्नो मान्छे भन्नु नै चिठ्ठी हो । छिटो यो पाउनासाथ चिठ्ठी लेख्नुस ।

MR. Kashi Nath Tamot, Overseer.

Housing & Physical Planning Department,

Design Section, Babar Mahal- KATHMANDU, NEPAL.

पत्र ४

B.H.U.

7th Ap. ‘72

मास्टर साहेव,

सात बजेको साँझ । गर्मी सासै ठ्याप्प हुने । कोठामा सिह्रान निर टेबुल Fan बाट हावा फ्यांक्दैछ । हाम्रो College हिजोदेखि विहान ठ (सात) देखि शुरु भयो । आजकल पढाई सढाई निमिट्यान्नै छ । क्लास ( हाम्रोमा डेस्क र वेञ्च हुँदैनन खालि Official ढंग मेच, कुर्सी) मा Students र गुरुजीहरु बीच खालि गफ, चुटकुला, संस्मरण, छेडखान यस्तै चल्छ । Students र गुरु वीच हाम्रो देशको जस्तो संकीर्ण सानो ठूलोको भाव र टाढापन चाहिं यहाँ छैन । दुवै दुवै प्रति Sincere छन(तैपनि कतै त कतै त भेदभाव हुन्छ नै) । हिजो र आज 12 बजे देखि 1 सम्म American Documentry देखाइएको थियो । 1.30 मा Hostel फर्कें, कोठामा पुगेर Squash (गर्मी हुनाले राखेकी छु एक बोतल किनेर) पीएँ, त्यसपछि Mess मा गएर पुरी–तरकारी कोठैमा ल्याइ चिया गर्मीमा खाना÷पुरी तरकारी खाँदै Magazine हरु पढें केही बेर । मेरो सिह्रानतिर अर्की Research scholor हेमा भास्कर ( South Indian केटी) को Bed छ । उ Philosophy मा PH.D. गर्दैछे । साँझमा Music college पनि join गर्दै । उ अघिसम्म भ्वायोलिन बजाई रहेकी थिई एकछिन भयो Music college गई । ‘नवनीत’ (नयाँ अंक) पढदैं थिएँ ‘नेपाल हमारा निकटतम पडोसी’ रचना खूब गहिरिएर पढें — निकै गल्ती कुराहरु भेटिए ( Indian हरु यस्तै गल्ती सोच्छन, लेख्छन हाम्रो बारेमा यो मैले यो लेख पढनु अघि नै अनुमान लगाई सकेकी थिएँ ।)

अँ, मास्टर साहेव ! त्यस लेखको Cutting तपाईंलाई यसै चिठ्ठीसित पठाएकी छु आफूलाई गलत लागेको र चित्त नबुझेको कुरोमा underline गरेकी छु कृपया ती सब पढेर मैले underline गरे जतिको ठीक उत्तर लेखि पठाउनु होला सबै संशोधन गरेर Fact कुरा लेखिपठाउनु होस । अति शीघ्र । छिटो । अविलम्ब । Quickly Please । कारण यहाँ म त्यस लेखको संशोधन र criticize गरी ‘नवनीत’मा पठाईरहीछु । कृपया त्यस cutting सहित तपाईंको संशोधन तुरुन्त Registry गरेर मलाई पठाईहाल्नुहोस । अबेर नगर्नुहोस है त्यस Indian लेखकको झाँटो झार्नुछ ।

ए, सात आठ मिनेट भयो वलसा आफ्नो Dept. बाट कोठामा आई । शीशीबाट सर्वत खन्याएर बनाएर पीई । उसलाई आज उसको मलयाली (मलयालम भाषी South Indian) केटो साथीले एउटा एलबम Present गरेको रहेछ कोठामा पस्ने साथ देखाई । केही त्यसमा लेखेको पनि रहेछ पढेर सुनाई यस्तै भावनाका कुराहरु मैले भने अब यसमा फोटोहरु टाँसिहाल । यसैवीच मैले थाहा पाएँ मैले उसलाई दिएको(उसैले मागेर मात्रै दिएको नत्र दिन्नथिएँ । उ ज्यादै Dry छे यस्ता नरम कुरामा ।) मेरै एउटा फोटो हराईछ । साफ रिस उठ्यो । शायद फर्कायन खोज्दैथिई”let’s go do the mess to drink the Horlicks”–उसले Horlicks किनेकी छ ) म गईन । यस्ता नीरस(नीरस कसरी भनुँ चाहनाहरु भएको मान्छेलाई ! ‘वेढंगी’ यही नै उपयुक्त हुन्छ होला) सित कहिले काहीं असाध्ये मन विरक्तिन्छ ।)

त अहिले एक्लै छु, लेख्दैछु यही । अँ — आज पनि एउटा Registry शाहीजी ‘पतिजी’ को पाएँ निकै Romantic छ । पढदा मन उफ्रन्छ तर फेरि खुम्चन्छ ‘के साँचो हो, के झूठो हो’ प्रेम र मायाँमा फुर्कनु मूर्खता हो । त्यसैले चिठ्ठीका Effect (प्रभाव) आफूमाथि पर्न दिईन । जीतेन्द्रिय यस्तै हुनुलाई भनिन्छ क्यारे । वलसालाई पनि चिठ्ठी लेखेको छु उस्तै Romantic — My darling देखि शुरु गरेर ‘मेरो चिठ्ठीलाई तिम्रो दुइ पत्रे पछ्यौरी भित्र लुकाउनु कारण त्यसले तिमीलाई छोओस र प्रभाव उत्पन्न गरो’ — अंग्रेजीको रुपांतर गरेको मैले)

A letter of Prema Shah 07.04 1972

तपाईं नै भन्नुहोस (हुन त यो खालि जिस्केको मात्रै हो तपाईं पनि नसोच्नुहोस ती मैले Mind गरें सकिर्ण भनेर) मेरो साथीलाई पनि उस्तै Romantic मलाई पनि उस्तै Romantic मलाई अव के स्वाद आउला । उफ्रेको मुटु पनि खुम्चने हैनन ? हा — हा — हा भैगो छोड्नुस ।

अँ शाहीजीले लेखेको छ –

Your Master jee is the only who visits me almost daily & supplies we news papers & magazines. No one else ever visit me. (उसैको शब्द हो) मास्टर साहेव ! तपाईंले मलाई कहिल्यै नतिर्न सक्ने गुन लाएको छ बाब म अहिले उऋण हुन सक्दिन । खालि यस्तै फलाक्छ मात्रै गर्न सक्ने केही हैन । मास्टर साहेव, दुःख सुखका कुरा त तपाईंको लिन दिन अर्का त हलुका गर्न सकुंला यत्ति एउटाको आशा छ । यही त हो रहेछ नि संसारमा सवभन्दा ठूलो कुरो — दुःख सुखको साथी । यही नै सत्य हो रहेछ । मैले बुझें । मास्टर साहेव ! एउटी केटी तपाईंलाई खोजुं भनेर रोजें उही ‘वलसा’ तर कुठाउँमा परेछ । उ पापीनी एउटा Doctor को फेरामा छ ।

त्यसले पुछेको होइन । कहिलेकहीं अलि नरम (ठिटौली वानी) भएर कुरा गर्दो रहेछ उ प्रेम संझँदैछ । रातभरी मलाई सुत्न दिन्न । उसबारे मेरो दृष्टिकोण चाहियो रे । उसले उसलाई प्रेम गरेको हो कि हैन रे । मैले त होइन यो त जुनसुकै केटा र केटीका वीचको साधारण औपचारिकता मात्र हो आत्मीयता त अलग कुरा हो भनेर संझाई सकें । तैपनि उ मुग्ध छे । त्यो निकै Smart छ, आकर्षक छ, म्यअतयच छ — त्यसैले होला । अव यस May 7th मा छुटिमा उ घर जान्छे तर उसै ( Doctor पनि South Indian र केरल कै हो ।) सित जान्छु — भन्छु भन्दैछे । जे गरोस मास्टर साहेव ! प्रेम भन्छन तर प्रेम कतै मात्र पाईन्छ होइन र ? उसले के पाउँछे कुन्नि । जे सुकै गरोस । छोड्नुस — तपाईं सक्नुहुन्छ भने एक्लै बस्न सक्नु जाती । दुकेलीहुनुले झन संकस्ट हुँदोरहेछ ।

मलाई हेर्नुस । कस्तो मान्छे कस्तो हुँदैछु । आत्मविश्वास हराएर के बाँच्नु ? ठीकै छ एउटी केटीले ( Hostel की) आत्मविश्वास हराई — तुरुन्तै झुण्डिएर मरी । त्यसो पनि कहाँ गर्ने साहस आउँछ र । कायर छु म त । भैगो Bore हुनुहोला । तपाईंको हालखबर सब Detail मा लेखिपठाउनु । मेरो पत्र कतैबाट आएको भए ष्mउयचतबलत मात्र छानेर पठाउने । — प्रेमा दिज्यू

P.S. चित्राङ्कदाको हाल लेख्नुहोस

Like what you read? Give Kashinath Tamot a round of applause.

From a quick cheer to a standing ovation, clap to show how much you enjoyed this story.