भीम जनरल बागको बिरुवाको लगत

Bag Durbar

नेपालको इतिहासमा भीमसेन थापा (जन्म ई॰ १७७५, जनरल ई॰ १८११, मृत्यु १८३७) को विशिष्ट स्थान छ । गोरखाका उनले ई॰ १८१२ मार्च २७ शुक्रवार (विसं १८६८ चैत्र शुक्ल १५) राजा गीर्वाण युद्धविक्रम शाहबाट काठमाडौं इकुबहाल, लगनटोल क्षेत्रको ठूलो भूभाग फिकदार लालमोहर मार्फत् प्राप्त गरी, पाएको केही वर्षमा त्यहाँ दरबार बनाए । (नेपाली १९६५ ः २६४–८) ठूलो बाग (बगैंचा) भएको दरबार भएकोले त्यसलाई बाग दरबार भनियो । त्यहाँ ६६ किसिमका ३५५६ वटा बिरुवा रोपिएका थिए, सबभन्दा बढी १८६६ वटा आँपका रुख थिए । त्यसलाई ठूलो बाग (पूर्व–पश्चिम १३०८ हात, उत्तर–दक्षिण ११४८ हात) र तल्लो बाग (उ–द १२०० हात, पू–प ३८४) गरी दुई भागमा बाँडिएको थियो । भीमसेन थापाको बाग दरबार क्षेत्रमा रहेको उपवन÷उद्यानलाई “भीम जनरल बाग” भनिएको छ । त्यहाँ रोपिएका बिरुवाहरुको लगत ई॰ १८२८ जनवरी ११ शुक्रवार (विसं १८८४ माघ कृष्ण ९) मा लिएको पाइएको छ । यही नामले भीमसेन थापाले गोरखा खिंचेतमा पनि यसै ताका ३६ थरिका बिरुवा भएको बाग (ठूलो बगैंचा) बनाएको रहेछ । (पन्त १९६८ ः ४०९–४१०) काठमाडौंको बागदरबारको बगैंचाको तत्कालीन नेपाली कवि यदुनाथ पोखरेलले “बडी बाग” भनी प्रशंसा गरेको थियो । (सत्याल २००८ ः ३५)

भीमसेन थापा (ई॰ १७७५–१८३७)को उपवनको नाममा ‘जनरल’ हुनुले उन्नाइसौं शताब्दिको पूर्वार्धमा सो अंग्रेजी शब्द (General) उच्च पदको, उच्च प्रतिष्ठाको भएकोले हो भन्ने बुझिन्छ । त्यस बेला फारसी–अरबी शब्द प्रयोगु गर्नु पनि इज्जतको हुन्थ्यो । त्यसैले यहाँ संस्कृतको साटो फारसी ‘बाग’ प्रयोग भएको छ । नेपालीमा फारसीकै बागचः (सानो बाग, फूलबारी)बाट विकसित बगैंचा शब्द लोकप्रिय भयो । एक शताब्दि अगाडिका केसर शमशेर (१८९२–१९६४)को केसर महलस्थित केसर बाग अहिले “गार्डेन अफ ड्रिम (स्वप्न बगैंचा) भएको छ । प्रस्तुत लगतमा नाप हात (१८ इञ्ची÷४५॰७२ सेन्टिमिटर)मा र चौडाइलाई गज भनिएको छ । यहाँ गज (चौडाइ अर्थमा) फारसीको गज (३६ इञ्च)को अर्थविस्तार भएको हो ।

राष्ट्रिय अभिलेखालयमा दोस्रो लगतको २०६ संख्या विषय संख्या ५० मा “नेपाल इतिहास” नाम दिएको एउटा ग्रन्थ छ । त्यसमा १७ एक्स्पोजर ( Exposure प्रकाश–पत्र) छ र साना साना पाँच विषयको विवरण छ । ती हुन् –

१॰ नेपालको अहवाल् (प्रकाशपत्र १–९)

२॰ दोलखा सहरको देवता (१०–१२)

३॰ सेरजङी किताप (१२–१४)

४॰ श्रीभीम जनरल बागका बिरुवा (१४–१५)

५॰ जंगी पहिलो स्थिति (१६–१७)

राष्ट्रिय अभिलेखालयमा रहेको देवनागरी, नेपाली भाषामा लेखिएको, २७॰५×२३॰५ सेन्टिमिटर नापको ग्रन्थलाई १९ मार्च १९७२ मा नेपाल–जर्मनी हस्तलिखितग्रन्थ संरक्षण परियोजना (१९७०–२००१)ले बी २४०÷१३ संख्यामा माइक्रोफिल्म गर्यो । यहाँ भीम जनरल बागका बिरुवाको लगतको उतार दिइएको छ ।

सन्दर्भ स्रोत

खाँ ‘मद्दाह’, मुहम्मद मुस्तफा, ई॰ १९८० । उर्दू–हिन्दी शब्दकोश । चतुर्थ संस्करण । लखनऊ ः उत्तर प्रदेश हिन्दी संस्थान ।

नेपाली, चित्तरञ्जन, ई॰ १९६५ । जनरल भीमसेन थापा र तत्कालीन नेपाल । काठमाडौं ः रत्न पुस्तक भण्डार, विसं २०२२ ।

पन्त, दिनेशराज, ई॰ १९६८ । राजज्योतिषी लीलानाथ पाँडे (वि॰सं॰ १८४३–८९), पूर्णिमा, १६ ः ४०९–१० ।

Manandhar, Tri Ratna, 2002. Date Conversion Chart : Bikram/Christian Era. Kirtipur : CNAS.

Satyal, Saurav R., 2008. Nepalz Floritaze (Part one): Exofloral Chronology. Kathmandu : Garden Society, Nepal.

भीम जनरल बागका बिरुवाको लगतको पाठ

सम्वत् १८८४ साल मिति माघ वदि ९ रोज रोज ६ का दिन श्री भीम जनरल बागका बिरुवा गैह्र बमोजीम तपसिल

ठुलो बागका हातको तजबिज् ज्मां हात् २८०४

पूर्व पश्चिमका हात १३०८

पश्चिम तरफको चोसो कांल्हा स्मेत् बारतक्को हात १८४

पुर्व कांल्हो बिरुवा लाग्याको हात ११६

बाझो काल्हो हात ४८

उत्तर दक्षिण हात ११४८

यसभित्र लाग्याका बिरुवा ज्मां २८६४

आपका १३१७

रुषकटहर ५३

सुंतला १०९१

अम्बा ६०

निबुवा ९३

बिमिरा २५

गुलियो निबुवा ७

काली ज्यामिर ३२

काठे ज्यामिर ५

अँमेली ९

चाक्सी १

कागति ३

दारिम् १

चषत्र ९

कवला १

काफल् ३

कोइरालो १

पन्यार २

अर्चल् ३

सिवलीगान् ३

अंफि १

अमारो १

नरिवल् २

सुपारि २७

लुकाठ् १९

दाल्चिनि २

लवाङ् १

छोहरा १

मरिच् २

कवाफ चिनी २

मुलछडि ३

वकैया आरु ४

षुर्वानी ८

बुनिञा आरु ७

आलुबषरा ५

करौदा २

झौवा १

लाल अम्बा १

षिर्नि २

नास्पाति ४

मेवाजान् १

लिचि २

चिनिञाँ चंपा १

बेलाइति ठुलो बेल् २

देसितार १

स्याउ २

अनार २

देसिप्यूँदि बयर १

बाडसाहि बडा जाम १

सुरुषलीच् ४

कहुवा १

नेकनाम् १

बर १

पिपल् १

अवला २

बेल् १

आष् १

बडहर २

धुपि ३

भैरुंपाति ३

चापो १

पलास् १

सेतबरुवा १

करम् २

क्यामुनु १

गुलाम जामुन् ११

तल्लो बाग् ज्मां हात १४५६

उत्तर दक्षिण लमाइ हात १२००

पूर्व पश्चिम गज हात २५६

यसभित्र लाग्याका आफका बिरुवा ज्मां ४३०

मुलबाटा मनि काल्हा दक्षिण तरफको हात ज्मां १२३०

लमाइ हात ८४० गज हात ३९०

यसमा लाग्याका बिरुवा ज्मां ७८

आप २० रूषकटहर ५८

डाडाको बिरुवा लाग्याको ठाउको हातको तजविज ८१२

लमाइ पुर्व र पश्चिम हात ३६०

गज उत्तर दक्षिण हात ४५२

यसमा लाग्याको बिरुवा ज्मां १८४

आप ९९ रूषकटहर ८५

येकुन् ज्मां बिरुवा ३५५६

आप् १८६६

रूषकटहर १९६

अरु सब जात जातका बिरुवा १४९४