हाँडीगाउँ इष्टिका सम्पदा प्रदर्शनी

Kashinath Tamot
Sep 7, 2018 · 4 min read
Minister Ramesh Nath Pande and Mayor Keshab Sthapit in exibition
Distinguished persons in the Dias
Brick and photo exibition
2nd century Brick
Sudarshan Raj Tiwari scanning the brick

विशालनगर–हाँडीगाउँ सम्पदा संरक्षण तथा संवद्र्धन समितिले ई. २००३ अप्रिल २५–२७ शुक्रवार–आइतवार (विसं २०६० वैशाख १२–१४) तीन दिन विशालनगर–हाँडीगाउँ क्षेत्रका सांस्कृतिक सम्पदा सम्बन्धी वस्तुको फोटो प्रदर्शनी गरेको थियो ।

यो हाँडीगाउँ गहना खोज्ने पोखरी अगाडि रहेको समुन्द्र(कुमारी राणा)–मन(शमशेर)–विद्या(देवी राणा) प्रतिष्ठान माध्यमिक विद्यालयमा सम्पन्न भएको थियो । यो यसै भेगका निवासी मन्त्री रमेशनाथ पाण्डेबाट उद्घाटन भएको थियो । त्यसबेला काठमाडौं महानगरपालिकाको मेयर केशव स्थापित पनि उपस्थित थिए ।

प्रदर्शनीमा विशालनगर–हाँडीगाउँ क्षेत्रका सम्पदाको फोटो प्रदर्शित गरिएका थिए, साथै प्रायः त्यसै भेगबाट प्राप्त अभिलेख अंकित वा अनङ्कित ई. दोस्रोदेखि बीसौं शताब्दिसम्मका इष्टिका (ईंट) प्रदर्शन गरिएका थिए । त्यसमध्ये मालिगाउँबाट प्राप्त दोस्रो शताब्दिको मानिएको अभिलेख ‘र(ज्ञा)स(रदेव)’ अंकित ईंट विशेष आकर्षणको वस्तु बनेको थियो । यसबारे दुई महिनापछि समितिले बेग्लै दिनभर प्राचीन इष्टिका अभिलेख सम्बन्धी गोष्ठी २८ जून, २००३मा सोही विद्यालयमा सम्पन्न गराएको थियो ।

यी इष्टिकाहरु विशालनगरका प्रा. सुदर्शनराज तिवारीका सङ्कलन हुन् । तिनको फोटो लिने काम २५ दिन अघि १ जनवरी २००३मा तिवारीकै घर आँगनमा यलम्वर तमोटबाट भएको थियो, जुन यहाँ प्रस्तुत छ । केही इष्टिका तिवारीजीले स्क्यान गर्नुभयो ।

प्रस्तुत छ प्रदर्शनीमा राखिएका इष्टिकाको विवरणसहित समयक्रमानुसारका फोटोहरु ः

Nepalmandal

Kashinath Tamot on Nepalmandal

Kashinath Tamot

Written by

Nepalmandal

Kashinath Tamot on Nepalmandal

Welcome to a place where words matter. On Medium, smart voices and original ideas take center stage - with no ads in sight. Watch
Follow all the topics you care about, and we’ll deliver the best stories for you to your homepage and inbox. Explore
Get unlimited access to the best stories on Medium — and support writers while you’re at it. Just $5/month. Upgrade