सम्झनामा दक्षिण भारतको २१ दिने यात्रा

Narayan Kandel
6 min readMar 3, 2020

आज २१ दिने भ्रमण सकेर नेपाल आएको थिए। हल्का थाकेको शरीर अनि केहि गर्न जागर नभएको मन। यतिकै मा तुङ्ग बज्यो मोबाइल। हेर्दा मेसेज को notification रहिछ।

“आज कता?”
“आज कोठामा।”
“अनि कस्तो भयो त overall मा ।”
“रमाइलै भयो।”
“मलाई मिस गरिसिएन ? :p”
“नै।गरिन” भनेर कुराकानी अन्त्य गरे पछि हाम्रो दक्षिण भारत यात्रा को सुरु देखि अन्त्य सम्म को घटना क्रमलाई सम्झन खोजे।

मुम्बई (Sep 23, 2017)

भद्र ३१ गते साझ ४ बजे को flight बाट मुम्बई गयौ। साझ ८ बजे पुगी मोबाइल सिम लिइ बाहिर निस्कदा ९ जति बजेको थियो। jio service provider ले नेपाली पासपोर्ट देखाउदा सिम दिन मानेनं। Airtel को सिम लिग्यौ। बाहिर auto हरु बुझ्न थाल्यौ। “१००० जति लाग्छ। आज गणेश बिसर्जन। ४ घण्टा लाग्छ तेहा पुग्न। ” ५ km जति पर को कोठा मा जान १००० ic भन्दा चित्त बुझेन। अघि बढ्यौ। एक जना मानिस आएर हामीसंग बार्गेनिंग गर्ने दाजुलाई हप्काए र हामीलाई auto queue को सुरुको अटोमा चढ्न अर्हाए। सुजित र सुदिपसंग पैसा र जाने ठेगाना भए नभएको सोधेर म र सन्तोष एउटा अटोमा बस्यौ।

अटो चल्न थालेको केहि बेरमै जाम सुरु भएको थियो। स्पिकरको आवाजले अघि भनेको गणपति बिसर्जनसंग जाम जोड्न गार्हो भएन। रूम पुग्दा सम्म पनि कमि थिएन जाम। मैले सोचे भन्दा निकै भब्य थियो त्यो भिड। जुजु तारा रोड पुगेपछि हामी जाने होटेलको नाम अटो वालाले थाहा नपाएको अनि नजिक को landmark बारे स्थनिए संग सोध्दा पनि थाहा नभएको ले केहि गार्हो भयो । गणपति बिसर्जनको भिड यति विधि थियो कि कुरै नगरौ। एक चोटी अटोबाट झरेर होटेल बारेमा सोधेर आउदा अटो नै भेटाउन गार्हो भएको थियो। maps.me मा download गरेको maps ले कता जादै छौ भन्ने त थाहा हुन्थ्यो। तर होटेल भेटाउन भने सकेन तेसले। न त छेउको landmark लाई नै भेटाउन सक्यो। १० १२ जना लाई सोधेपछि १ जना ले landmark को बारेमा भनिदिए। एक छिन भए पनि खुसि भयो मन। तेहा पुगेर होटेलको नाम सोधपुछ गर्न थाल्यौ। अघि को खुसि यतिकै हरायो। केहि पत्तो लागेन। अब कोइ एक जना लाई hotspot छोडिदिन भनेर गूगल म्याप मा हेर्नु पर्ला भनेर कसलाई भन्ने भनेर बाटोमा हिडिरहेका मानिसहरु हेरिरहेका थियौ।

यतिकैमा सुजित र सुदिप पनि तेही भेटिए। भिडमा आफ्नै पारामा हिडिरहेका रे। एक— डेड घण्टा जति भयो रे हिडेको। “अटोले अगाढी जाम छ भनेर छोडीदियो।” सुजितले भने। अनि नजिकैको खुल्ला भवनको गार्डलाई सोध्यौ “यो होटेल कता छ थाहा छ हजुरलाई ?” भनेर। हामी ५ मिनट देखि होटेल अघि उभिरहेका रहिछौ। अर्कै होटेलको होडिंग बोड भएकोले हामीलाई ठम्माउन गार्हो भएको थियो।

होटेल मा गइ registration को प्रक्रिया सकेर खाना खादा लगभग १२ जति बजेको थियो।

भोलि पल्ट नजिकैको समुन्द्र किनार मा गइ केहि बेर बस्यौ। गणपति बिसर्जन को फोहोर सफा गर्नको लागि विभिन्न संघ सस्था बाट टन्नै युवायुवतीहरु beach मा आई सफा गरिरहेका थिए। समुन्द्री छाल संग केहि बेर बिताए पछि होटेल तिर लाग्यौ। बाटोमा केहि मानिसहरु आगो बालेरा खान बनाउन सुरु गरिराखेका थिए। कोइ taxi मै सुतिरहेका, त कोइ सडक किनार मै। वर्गको भिन्नता को त्यो दृश्य कतिपय हिन्दि फिल्ममा देखे जस्तै थियो।

होटेलमा गई खाजा खाएर केहि बेर बसेपछि एअरपोर्ट तिर लाग्यौ। हिजो सिम लिए देखि चलाउन प्रयास गरेको मोवाइल इन्टरनेटमा हामी अझै सफल हुन सकेको थिएन। एअरपोर्टको wifi मा support संग कुरा गरेपछि सुचारु भयो mobile data.

मथुराई (Sep 24, 2017)

मथुराई झर्दा बाट हामीलाई भाषा को समस्या परेको थियो। तेताका मानिसहरु हिन्दि नबोल्ने अनि english नजान्ने हरुसंग इसारामा बात मार्नुपर्ने बाध्यता थियो। ट्याक्सी वालालाई जान पर्ने ठाउँ google map मा देखाएर पैसा हातको औलाले final गर्थ्यौ।

सुजितले भाषिक समस्यालाई रमाइलोमा परिवर्तन गरेको थियो। उ नेवारीमा कुरा गर्थ्यो, तेहाका मानिसहरु तमिलमा।

Meenakshi Temple, madurai

मथुराई पुगी चर्चित मन्दिर Meenakshi Temple घुम्यौ। धेरै जसो south indian फिल्म मा देखिराखेको मन्दिर आफ्नै आखा अघि थियो। मन्दिरमा मानिसहरुको चहल पहल धेरै नै देखिन्थ्यो। स्थानीयको सहयोगमा मन्दिर को इतिहास थाहा पायौ। यताको साडी अलि धेरै चर्चित रहेछ। हामीले आफ्नो ल्याउन छुटेको सामानहरुको किनमेल गरेर कोठा मा गयौ र रात बितायौ।

कन्याकुमारी (Sep 25, 2017)

तेस्रो दिन मथुराईबाट ट्याक्सी लिई कन्याकुमारी गयौ।बाटोमा हावा बाट बिजुली निकाल्न टर्बाइन हरु टन्नै राखिएको देखियो। ट्याक्सीको भाडा दिदा फर्किने बाटोको पनि दिनुपर्ने भन्दा चालकसंग केहीबेर असहमति भयो। हाम्रो र उसको बुझाई फरक परेकोले समस्या परेको थियो। पछि दुवै सहमतिमा आई भाडा विवाद साम्य पार्यौ। र होटेलमा गई झोला राखेर ओरिपरि घुम्न निस्कियौ। समुन्द्र किनारको मन्दिर घुमी तेतै दिन बितायौ र स्थनिए परिकारहरु खाई रात बितायौ।

Vivekananda Rock, Kanyakumari

रामेश्वोरम (Sep 26, 2017)

समुन्द्र माथिको रेलको लिक

कन्याकुमारी बाट रामेश्वोरम जाने उतै बाट आएको एउटा ट्याक्सी फेला पर्यो।

अहिले भने हामीलाई केहि सस्तो पर्यो भाडा। बिहान कन्याकुमारीबाट हिडेका हामी दिउसो तिर रामेश्वोरम पुग्यौ। हिन्दुहरुको चार धाम मध्यको एक महत्वपुर्ण धाम हो रामेश्वोरम।

श्रीलंका जाने इंडियाबाट नजिकको ठाउँ। परापूर्वक कालमा बादरहरुले बनाएको पूलबाट लंका गएको किम्बदन्ति रहेछ। हामीले तेहा पनि केहि महत्वपुर्ण मन्दिरहरु घुम्यौ र दिन कटायौ ।

त्रिची (Sep 27, 2017)

पाचौ दिन हामी स्थानीय बसबाट त्रिची गयौ। चर्को घाममा बसको यात्रा केहि कस्टकर थियो। अहिलेसम्म को हाम्रो यात्रामा AC गाडीहरुले गर्दा सहज भएको थियो। अहिलेको वातावरण अलि फरक थियो।साउथ इंडिया को खाटी घाम हाम्रो लागि केहि चर्को महसुस हुदै थियो।गाडीमा एक जना ले भन्दै थिए “खाडी देशमा नेपाली चिसो भन्दा घाम देखि डराउछन।”.

त्रिची पुगी होटेलमा सामान राख्यौ र होटेलमा गयौ। चर्को घाम, अनि भोको पेटमा खाएको तातो खाना ले सुदिपलाई केहि बेर चक्कर आउने बनायो। अन्त भन्दा केहि सफा थियो त्रिची।

Ranganathaswamy Temple, Srirangam.

बेलुका तिर तेहा ओरिपरिका केहि मन्दिरहरु घुम्यौ।र स्थनिए परिकारहरु खाएर दिनको अन्त्य गर्यौ।

Brihadisvara temple, a UNESCO site built around 1000 years ago is a large South Indian temple. It was built by Cholan king, Raja Chola I using over 13,000 tonnes of granite even though no granite was found within 100 km radius of the area.
Tanjavur Big Temple.

छैटौ दिन बिहान पनि थप केहि मन्दिर दर्शनको लागि गयौ।

Airavatesvara temple — another huge Hindu temple in South India made out of Granite Stone.

मन्दिरबाट फर्किदा १२ बजेको थियो। रूममा गइ ब्याग लिएर सिधै रेल्वे स्टेशनमा गयौ। ४ ओटा टिकट लिएर चेन्नई तिर प्रस्थान गर्यौ ।

चेन्नई (Sep 28-Oct 5, 2017)

बिहानको करिब ५ बजेतिर रुम पुग्यौ र आराम गर्यौ। सबैले लिएको एक हप्ताको बिदा लगभग सकिन लागेको थियो। तेसैले चेन्नई बसाईमा हामीले काम र घुमघाम संग संगै लैजानु पर्ने थियो। बिहान बेलुका विभिन्न मन्दिर तथा समुन्द्र किनारहरु तिर घुम्यौ र दिउसो काम गरेर एक हप्ता बितायौ।

Watching Sui Dhaga at Inox City Center
Science City

अनि हैदरावाद लाग्यौ।

हैदरावाद — pycon (Oct 5–13, 2017)

pycon

२ दिन pycon attend गरेर बाकी ६ दिन घुमघाम गर्यौ। amazon मा shopping गरिएको सामानहरु कुर्दैमा अन्तिम २ दिन बित्यो।

चारमिनार
The building on the left is Government Nizamia General Hospital popularly known as Government Unani Hospital. It was built by the Nizams in 1926

र २१ औ दिन नेपाल फर्कियौ।

कोलकत्ताबाट घर फर्किदै

यहाँ सम्म पढ्दा तपाईको मनमा केहि जिज्ञासा अथवा सुझाव भए Response मा गएर बाढ्नु होला।

--

--