Traveler Diary: Survival Tour to हेलम्बु

Narayan Kandel
16 min readJun 6, 2018

May 25–27, 2018 (Friday — Sunday) [जेठ ११ — १३, २०७५ ]

Travel Theme: Survival Tour

Rule: no extra clothes, no money, no mobile, no help from known people, no umbrella, no torchlight, no background research, no influence of name or fame to local people to get help, no telling lie, no crying, no drama

यात्राको सुरवात

Hari Uncle’s Facebook Post

सधै जस्तै काम गर्ने तालिका थियो शुक्रबारको पनि। यतिकैमा हरि अकंलको Facebook पोस्ट देखे। survival tour को लागि साथी चाहियो भन्ने। Rule यस्तो थियो:
“पैसा, बहुमुल्य सामान, झोला, आदि केइ नबोक्ने + एक सरो कपडा जे लगाएको छ तेसै संग जाने।”
तात्पर्य बोलि बेचेर ३ दिन बाच्नु पर्यो भन्ने (बोलि बिकेन भने? दोस्रो उपाय नै छैन )।

पोहोर पनि जान खोजेर नमिलेको ले गर्दा मैले तुरुन्त msg गरे अकंललाई। म इच्छुक छु भनेर। एकछिन पछि अकंल ले msg पठाउनु भयो “Can you go today? Friday to Sunday?” यो हप्ता को आधी जसो काम पुरै बाकी थियो। तेही पनि यस्तो सन्जोग पछि कहिले मिल्छ पत्तो हुदैन भन्ने सोचेर reply पठाए Yap भनेर। आजकल repetitive भन्दा पनि नँया नँया कुरा गर्न बढी जोस आउछ। जिन्दकीका धेरै नयाँ-नयाँ पाटाहरुको अनुभव गरु भनेर हो कि। यो त झन् मेरो comfort zone भन्दा बाहिरको कुरा भयो।
केहि बेरमा हामी फोन मा कुरा गर्यौ।११ बजे बल्खु भेट्ने बयोधा हस्पिटल को काउन्टर मा। Mobile नबोक्ने भए पछी स्थान र समय पहिलै confirm गर्नु थियो। कुनै ठाउँ हेरेर आउन भन्नु भयो। १ घण्टा जतिमा खाना पकाएर खान सम्भव नदेखेर पाटनढोकाबाट खाना खाएर आए। काममा status राखे “going to the countryside. Don’t know about the internet status. will back on Sunday” अनि हिडे रूम बाट १०:३० तिर। पैसा नबोकेको ले सुरु मै गाडी चड्न भन्दा पनि हिड्न मन लाग्यो। लागे भित्रि बाटो हुदै बल्खु तिर। दिउसो गर्मी निकै बढी सकेको रहिछ। ११:१५ तिर बयोधा हस्पिटल पुगे पसिनै पसिना भएर। “गर्मीले गारो पर्छ कि क्यो हिड्न।” एउटा मन ले भन्दै थियो। चितवन को गर्मी खाएर हुर्केको म काठमाडौँ मा ८/९ वर्ष बसे पछि गर्मी खप्न नसक्ने भएको थिए। अङ्कललाई कुर्ने समयमा त्यहि waiting काउन्टरमा उपलब्ध कान्तिपुर पत्रिका हेर्न थाले। यतिकैमा मेरो आखा गयो तंग्रिँदै हेलम्बुको पर्यटन शीर्षक समाचारमा। राम्रो ठाउँ जस्तो छ। यतै जानु पर्छ क्याओ भन्ने भयो।

करिब १ घण्टा पछि अङ्कलसंग भेट भयो। अङ्कलले गर्न बाकी केहि काम सक्नु भयो। र २ बजे तिर बल्खु बाट सुरु भयो हाम्रो यात्रा। अङ्कलको लागि पनि नयाँ भएकोले हामी हिड्यौ हेलम्बुतिर।

Day १ बल्खु -कोटेश्वर -धुलिखेल -देउपुर

कोटेश्वर जानको लागि हामी नेपाल यातायात चड्यौ । पहिलो पटक पैसा नबोकी गाडी चढेको कस्तो कस्तो लाग्दै थियो। मनमा विभिन्न कुराहरु खेल्दै थियो।

“ बीचमा भाडा माग्न आएर छैन भन्दा मानेन भने। or public बिल्ला हान्यो भने।or free मा लैजान सक्दिन, यहि झर्नुस भन्यो भने।” यस्तै यस्तै।
“भाईलाई भनौला नि पैसा छैन भनेर। अब बीच मै भाडा माग्न आएर झर्नुस भन्छ भने झरौला र अर्को गाडीमा प्रयास गरौला नत्र २ खुट्टा जिन्दावाद।” भनेर चिन्तित मनलाई चित्त बुझाए ।

गाडी भित्र अङ्कलसंग जाने ठाउँको विषयमा कुरा गर्दा गर्दै कोटेश्वरमा पुग्यौ।अङ्कलले झर्ने बेला conductor भाईसंग कुरा गर्नु भयो पैसा छैन भनेर। भाईले सार्है गार्हो मान्यो। पछि डाइभर दाईसंग कुरा गर्नु भयो। उनले भने सजिलै माने। एउटा ठाउँ काटियो 😄

त्यहाँ रोकिराखेको गाडीहरुमा हेलम्बु जाने गाडीको बारेमा बुझ्न थाल्यौ। एक जना ले “अघि भर्खर गाडी छुटेको र एकछिनमा आउने” कुरा गरे। धुलिखेलको लागि एउटा गाडी छुट्नै लागेको रहेछ। अहिले धुलिखेलसम्म गएर त्यहाँबाट पछि अर्को गाडी चड्ने सल्लाह गर्यौ। लामो बाटोको यात्रामा बीचमा पैसा छैन भन्दा गार्हो होला भनेर अङ्कल डाइभरसंग कुरा गर्न जानुभयो। अहिले पनि सजिलै माने डाइभर दाईले।हामी ३/४ बजे तिर धुलिखेल पुग्यौ।

धुलिखेल पुगेपछि मैले हेलम्बु जाने अर्को गाडीको बारेमा बुझ्न थाले। यतिकैमा शिवघाट, देउपुर हुदै माथि जाने गाडी आयो। हेलम्बु जानको लागि पछि अर्को गाडी आउन सक्ने कुरा गर्दै हुनुहुन्थ्यो नजिकैको होटेलको दाईले। म चाई केहि अघि सम्म भए पनि यस्मा जाने अनि पछि झरेर अर्कोमा चढौला भनेर डाइभर दाईसंग कुरा गरे भाडा नभएको भनेर। डाइभर दाईले सजिलै माने यस पाली पनि। गाडी पुरै भरिएको थियो। हामी अन्तिम तिर गयौ उभिनको लागि। गाडी चलिराको थियो। बेला बेलामा म अङ्कलसंग अघिल्ला यात्राहरुको खराब अनुभव (worst-case) को बारेमा सोध्दै गैरहेको थिए।आफुलाई त्यो हद सम्म तयार गरियो भने यात्रा तेस्तो गार्हो हुदैन भनेर।मनलाई ढाट्न भनौ या काबु मा राख्न भनौ खराब स्थिति समेत को लागि आफुलाई तयारी राख्ने बानी छ मेरो। मन मा धेरै उत्सुक्ता र केहि दुविदा हरु थिए नै। यहि दौडिरहेको मन लाई भुलाउन र जादै गरेको ठाउँ हरुको बारेमा थाहा पाउनको लागि म गाडीका अरु सहयात्रीहरुको गफगाफ सुन्नमा आफुलाई वेस्थ राख्थे। समयको गति संगै गाडी पनि अघि बढिराखेको थियो।

हाम्रा ओरिपरिका नँया मान्छेसँग बोलि भनेर आफ्नी सानी (करिब ७-८ वर्ष कि) छोरी हप्काउने बाबु देखि नानी संग खेल्न खोज्ने ठिटा ठिटी र धेरै पछि भेट भएका दुई अधबैसे थिए। उनीहरुको गफ सुन्दा स्कुले साथी जस्ता लाग्थ्यो। अरु बेला खासै सानातिना कुराहरु याद नगर्ने म अहिले भने (गिद्दको जस्तो) तिखो आखा र बकुल्लाको जस्तो ध्यान बनाई ओरिपरिका घटनाक्रमहरु नियाली रहेको थिए। यो सबै बिना पैसा हिडेको अहिलेको वातावरण ले गर्दा नै होला जस्तो लाग्छ। संगै केहि डर र धेरै नँया अनुभव बटुल्न लालायित मनले गर्दा पनि होला।

“आज कता बस्दै हुनुहुन्छ। ” कुरै कुराको प्रसङ्ग बीच एक यात्रुले अङ्कललाई सोधे
“जता बास पाइञ्छ तेतै बस्ने।”अङ्कलले भन्नु भयो।
“एक छाक खान र एक दिन बस्न त जस्ले नि दि हाल्छ नि।” उताबाट उत्तर आयो।
“तपाई ले दिने हो ?”अङ्कलले काउन्टर दिनु भयो।
“एक छाक होइन तिन छाक खुवाउछु म।” जोसै जोसमा भन्नु भयो उहाले । ब्यापारी मान्छे काउन्टर कुरा गर्न निकै खप्पिस।
“आज उहाको मै बस्ने हो त?”अङ्कलले मलाई सोध्नु भयो।
बाहिर हेर्दा उज्यालो नै देखिन्थ्यो । फेरी अर्को ठाउँमा पुग्दा रात पर्ने पो हो कि। गाउतिर मानिसहरु फेरी छिटै सुत्छन। मनमनै सोचे मैले।
“हुन्छ नि त अङ्कल ” मैले इसाराले भने।

यतिकैमा उहाको मै बस्ने चाजो पाजो बन्यो। उहाको थर दुलाल रहेछ। काठमाडौँबाट घर आउनु भएको रहेछ।व्यापारी मान्छे यात्रा चाई धेरै नै गर्नुहुने रहिछ।यस पाली गाडीमा उहासंगै श्रीमती पनि हुनुहुुदो रहेछ। उहाको घर नजिक आएपछि हामी चार जना गाडीबाट झर्यौ। र घर गयौ।

दुलाल जी अघि अघि र हामी पछि पछि थियौ। कस्ता मान्छे रहिछन। यतिकै भनेको त साचिकै बस्न पो आए भन्दै मनमनै अचम्म मान्दै पो हुनुहुन्थ्यो कि?

दुलालजीको घरमा बुबा, आमा, श्रीमती, छोरा र छोरीहरु हुनुहुन्थ्यो। हामी घर गएर माथि कौसीको खाटमा बस्यौ। यतिकैमा दुलाल जीको बुबाले दुलाल जीलाई सोध्नु भयो “को हुनुहुन्छ उहाहरु?” भनेर।
“खोइ मैले नि चिनेको छैन। गाडीमा संगै आएको।” उहाले भन्नु भयो :D
परिवार का सबै अचम्मित हुनुहुन्थ्यो । किन आएका, के काम गर्छन, कस्ता मान्छे बस्दै छन हाम्रो घरमा भनेर होला। हामीले हाम्रो यात्रामा आफ्नो बारेमा केही नबताउने नियमलाई अपनाएको थियौ । हाम्रो परिचय/पेसाले यात्राको अनुभवमा असर नगरोस भनेर। अनि नियम तोड्न पनि भएन।

यतिकैमा भाउजुले पानी र गोरस लिएर आउनु भयो। हामीले खायौ। उज्यालो नै थियो के गर्ने होला त अब।अङ्कल बारीको काम गर्न पनि निकै टाठो। अघि दुलाल बाजेले मकै खनेर आएको भन्दै हुनुहुन्थ्यो।

“बाकी छ भने हिड्नु जाउ।”अङ्कलले दुलाल दाईलाई भन्नु भयो।
“म त सक्दिन खेत मा काम गर्न।” उनले जवाफ फर्काए।

अनि एक छिन् गफगाफ गर्यौ। छोरा, छोरिहरु व्यवस्थापन पढ्ने रहिछन। केइ दुबिदा छ भने म प्रस्ट बनाई दिन्छु भनेर अङ्कल बाबुलाई government accounting को कुरा बुझाइदिन थाल्नु भयो खाली समयमा। केहि बेर पछि अङ्कलले केराको बुङ्गोको अचार बनाउनु भयो। त्यहाँ सबैलाई नँया रहिछ बुङ्गोको अचार। म र दुलाल दाई को छोरा (भाई) भएर गाउमा कागती खोज्न गयौ। बाटोमा उनि हाम्रो यात्रा को बारेमा कुरा खोतल्न खोजे। केहि assignment भएर आउनु भएको हो ? उहा तपाइको सर हो? रोडिज जस्तै केहि बाट त होइन? यस्तै यस्तै। उनि भन्दै जान्थे म नकार्दै। यतिकैमा एउटा घरमा कागती भेट्यौ र हामी फर्कियौ। झन्डै झन्डै गार्हो पारेका थिए भाईले।

सानो गाउ , तल तिर इन्द्रावती, पर तिर देखिने नगरकोटका होटेलहरु। नजिकै रहेको कुलको मन्दिर भएको डाडो।अनि, रातको समयमा झिलिमिली देखिने पारी तिरका गाउहरु। रमाइलो वातावरण थियो त्यहाँको। र त्यहि रमाइलो वातावरण माझ मिठो खाना खाएर एक छिन फेरी गफ गाफ गर्यौ।र हामी करिब १०:३० बजे तिर सुत्यौ।

Day २: शिवघाट -मेलम्ची-बगैचा-दुबो चौर-शेर्माथान

भोलि पल्ट बिहान ५:३० तिर उठ्यौ। मिठो खाना र बासको लागि धन्यवाद दिएर शिवघाट हुदै मेलम्ची तर्फ़ लाग्यौ ५:४५ तिर । १५/१६ km को दुरी पार गरि मेलम्ची (२८५४ ft) पुग्दा करिब ८:१५ बज्यो।

मेलम्चीमा खाजा खाने सोची अङ्कल तरकारी बेवस्था गर्न लाग्नु भयो। म चिउराको बेवस्था गर्न तर्फ लागे। श्रेष्ठ दाजुले पैसा छैन खाजाको लागि चिउरा दिनुस न भनेर मैले भन्दा चिउरा मात्र खान गार्हो होला भनेर केहि चिनी पनि मिसाई दिनु भयो आफैले। श्रेष्ठ दाजुको चिउरा र यता पसलको तरकारी मिसाई टन्न खायौ।डाएरीमा टिप्न पसलको नाम सोध्दा साहुजीले नाम छैन भने। “के हो दर्ता नगरी चलाएको हो क्यो” भन्दा आतिदै, “कहाँ बाट आउनु भएको” भनेर सोध्न थाले। “हामी सरकारी मान्छे होइनौ नआत्तिनु” भन्दै तरकारीको लागि धन्यवाद दिएर लाग्यौ पाल चोक तर्फ।

बाटो मा भेटिनु भएका हरु लागि बाटो सोध्दै हिडिरहेका थियौ। एउटी नानी बजार तर्फ़ झर्दै थिइन।

“पाल चोक जाने बाटो कता हो बहिनि ?”अङ्कलले सोध्नु भयो।
“खै थाहा छैन। म त काठमाडौँबाट घुम्न आएको। ” बहिनिको जवाफ आयो।

यतिकै मा बगैचा मा श्रेष्ठ दाजु भेटिनु भयो। उहाले मेलम्ची देखि लाङटाङ निस्कने बाटोको बारेमा बताइदिनु भयो र हामी हाम्रो बाकी दुई दिनको तालिका बनाउन तर्फ लाग्यौ। लामो समय वनमा काम गर्नु भएकोले सबै ठाउँहरुको राम्रो ज्ञान रहिछ उहालाई। उहासंगको सल्लाहबाट आज शेर्माथानसम्म पुग्न सकिने कुरा पत्ता लाग्यो। बीचका गाउहरुको बारेमा पनि बताइदिनु भयो। अनि खाना खाएर जान आग्रह गर्नु भयो। हामीलाई पनि के खोज्छस कानो आखो जस्तो भयो। सिस्नु रहिछ उहाको घरमा। मलाई uncle ले सिस्नु टिप्न सिकाउनु भयो। पहिलो पल्ट सिस्नु खादै थिए श्रेष्ठ दाईको मा। अर्को चै पानीमा हुने कर्कलो (जलुगी) को तरकारी। दुवै नँया कुरा थियो मलाई। परिवारको बारेमा कुरा गर्यौ।

अघि बाटो मा भेटिएकी बहिनि त उहाको छोरी पो परिछन।SEE सकेर काठमाडौँ आफन्तको मा गएकी । उतै bridge course पढदै छिन रे। घरमा हामीलाई देखेर अप्ठारो मान्दै थिइन्। हामी उनलाई वास्ता नगरी श्रेष्ठ दाजु संग कुरा गर्न थाल्यौ। वन को जागिर छोडेर धुलिखेल तिर पसल गर्नु भएको रहिछ। अहिले त्यो पनि बन्द छ रे। मेलम्चीका नेवारहरु धुलिखेल तिरबाट सरेका रहिछ्न। उहाको घर पशुपति शम्शेर जङ्ग बहादुर राणा मेलम्ची आउदा बस्ने ठाउँ रहेछ। आवश्यक परेकाहरुलाई सहयोग गर्ने मनकारी रहिछन श्रेष्ठ दाई। एक जना गाउ कै मानिसलाई बिरामी भएको बेला घर परिवारले राम्ररी नहेरे पछि उनले अस्पताल लगेर उपचार गराएर पन्ध्र वर्ष देखीसंगै राखेका रहेछन । सकेको बेला सहयोग गर्ने नसकेको बेला आराम गर्ने गरी। एक छिनमा खान खायौ अनि धन्यवाद दिएर माथि तर्फ़ लाग्यौ।

१२ बजे तिरको जेठको चर्को घाम। अनि खाना पनि धेरै खाइएछ। गारो भयो हिड्न। रात पर्नु अघि नै नपुगे बास खोज्न समस्या हुने भएकोले र अलि ढिला पुग्दा भोकै बस्नु पर्ने खतरा हुन सक्ने भएकोले बिस्तारै-बिस्तारै अघि बढ्यौ ।अङ्कलको देश, विदेशको भ्रमण तथा पढ्दा र काम गर्दाको अनुभवहरु सुन्दै। हिड्दै गर्दा बाटोमा छिट फुट रुपमा राहत घरहरु भेटिए। काठमाडौँ तथा विदेशमा बस्नेहरुले भुकम्पको सरकारी अनुदान खानका लागि बनाएका घरहरु। बाटोमा जंगली फलफुलहरु पनि भेटिए। केहि खान हुने, केहि खान नहुने। नँया फल देखे टिपेर गोजीमा हाल्यो। र कोइ स्थानीय देखेमा सोध्यो अनि अघि देखियो भने खायो। हिड्दाको थकाई र पसिना सबै ओरिपरिका हरिया डाडा काडा हेर्दा सबै भुलिन्थ्यो। निकै रमणीय थियो वातावरण। टन्टलापुर घाममा एउटा सिमेन्ट बोकेको ट्रक आयो। लिफ्ट पाइयो केइ माथि सम्मको लागि। सुन्दर वातावरण माझ धुलो उडाउदै गुडेको ट्रकले दुबो चौर मा झारिदियो। दुबो त सबै मरिसके जस्तो थियो ठाउँ हेर्दा। नाममा मात्र रहिछ दुबो। नँया नँया घरहरु बन्दै थिए गाउमा। भुकम्पले क्षति पुर्याउन कुनै पनि गाउ बाकी नराखेको रहिछ भन्ने जस्तो लाग्यो मलाई ।

प्यास ज्यादै लागेकोले तामांगनी दिदीको घरमा पानी माग्यौ। तामांगनी दिदीको टिपिकल बोली सार्है सुन्दर थियो

“म म खान तल चोक जाने।”
“यस्तो गर्मी मा पसिना चुहाई चुहाई के हिड्न मन लागेको होला ?” यस्तै यस्तै।

recorder लगेको भए अझ मज्जा आउथ्यो होला सुनाउन। यतिकैमा पानी पिएर हामी हाम्रो गन्तब्य तर्फ लाग्यौ। हामी उचाईमा आएकोले गर्मिलाई चिसो हावाले फिक्का पार्दै लगिरहेको थियो। बिहानको खाना पनि पचिसकेकोले गर्दा हिड्न कुनै समस्या थिएन अहिले । अहिले सम्म हामी पैसा नबोकी हिडेको कुनै अनुभन नै भै रहेको थिएन । धुपीका रुखहरु बाट निस्किएको आवाज र रमाइलो वातावरणले हिड्ने उर्जा दिइराखेको थियो।बेला बेलामा क्यामेरा मिस गरेको खस खस चाई भैराख्थ्यो ।

बाटोमा बुढी आमा भेटिइन।पाल्चोक घ्याँ रहिछ ठाउँ। मैले अघि बाटोमा देखेको फल देखाउन थाले। पाना र थुथुरो रहिछ। खान हुने कुरा गर्नु भयों तर अहिले अल्लि खाने बेला भएको छैन रहिछ। तल आरु रहिछ विकासी खालको। खादा हुन्छ भनेर भन्नुभयो। केहि खायौ अनि केहि गोजीमा राख्यौ। एक छिन् हिडे पछि सिन्धुपाल्चोकको ककनीमा पुगियो।

ककनी को एक गेस्ट हाउसमा अस्ट्रियाबाट आएका २ पर्यटकहरु आराम गरिराखेका थिए। गोसाईकुण्ड बाट झरेका उनीहरु लाई नेपाल को सबै कुरा मन पर्यो रे। “Everything is beautiful. Nature, people, guide everything. I can even travel alone here. It is safe also” भन्दै थिइन महिला पर्यटकले। निकै सुन्दर थियो ठाउँ। इन्टरनेट पनि पुगेको। यतै २, ३ महिना काम गरेर बस्न पाए खुब आनन्द आउथ्यो होला।

ककनीबाट माथि तिर बाहिरको मानिसलाई जग्गा किन्न दिदैनन रे। जग्गा भाउ सोधेको महँगो नै रहिछ। आना को २-४ लाख। धेरै जस्तो जग्गा खाली रहेछ पहाड तिर। गर्न सक्ने जति सबै कि त काठमाडौँ कि त विदेश।गाउमा बाकी भनेको बालबच्चा र बुढाबुढी।अनि कसले गर्नु खेति।

केहि बेर हिडे पछि चाल्के (भंझ्याँ) पुग्यौ। बाटोमा स्टोबेरी पनि देखिन थाले। काठमाडौँमा देखे भन्दा निकै सानो। पसलमा शेर्पा दाईलाई चिया बनाइदिन भनेर अघि बिहान बाकी भएको चिउरा र चिया खाए मैले।अङ्कलले तातो पानी र चिउरा खानु भयो (चिया नखानु हुने भएकोले )। पसलको बाबु (नाती) लाई नेपाली राम्ररी नआउने रहिछ नजिकैको अग्रेजी स्कुलले गर्दा होला। बुढाबुढी पनि ठिकैको अंग्रेजी बोल्छन रे माथि गाउतिर।विदेशी पर्यटकलाई सेवा दिन सजिलो होस् भनेर सबैलाई अंग्रेजी सिकाइएको रहेछ । निकै चिसो हावा चल्यो एक्कासी। आङ नै सिरिग पार्ने खाल को। शेर्पा दाजुलाई शेर्माथान जाने बाटो सोद्धा “तपाईहरुसंग झोला पनि छैन। कपडा पनि छैन।” भन्दै अचम्म परे। म windcheater, jacket र tshirt तथा trekking pants को साथमा थिए भने अङ्कलको नि तेस्तै थियो कपडा। मैले ज्याकेट बोकेको चाई कतै बास नपाएर बाहिर सुत्न पर्यो भने त सिरानी बनाउन चाहिन्छ भनेर। तर जाडो ठाउँ मा आएकोले गर्दा लगाउन काम लाग्यो।

एक छिनमा हामी शेर्माथान (८५९९ ft) पुग्यौ। सानो गाउ। २ ओटा गुम्बा। सबै जना शेर्पाहरु बस्ने (ह्योल्मो जाति का)। काटमार गर्न नपाइने। बाहिरबाट ल्याएको मासुचाई पकाएर खान मिल्ने। एक ओटा स्कुल (यांग्री स्कुल)।आलुको खेति हुदो रहिछ। जंगली जनावरले बाकी चाई राख्दो रहिनछ।पर्यटकहरु बस्ने होमस्टेहरु रहेछ। हामी एक ओटा होटेल लेखेको होमस्टे जस्तो देखिने घरमा गयौ बास माग्न। एक ठाउँमा बास र खाना नमाग्ने, यहाँ बास मागौ खाना अन्त मागौला भनेर बासको लागि कुरा गर्यौ। दाजु हामीलाई तल एउटा घरमा खानाको बेवस्था भयो। होटेलमा जान पैसा छैन हजुरकोमा बास पाइन्छ र ? भन्दा “म त यत्रो ७० वर्ष सम्म पैसा नभएको मान्छे देखेको थिएन” भन्दै आफ्नोमा बास नभएको र अन्तै खोज्न सुझाउनु भयो दिदिले । महिला प्रधान घर जस्तो थियो यो। शेर्पा पुरुषहरु धेरै जस्तो घर बाहिर काममा जाने भएकोले होला। त्यहि बसाईको क्रममा भुकम्पको राहत नपाएको गुनासो पोख्नु भयो। ढाटेेमा कारबाही गर्छु भनेर लेखेको छ कसरि ढाट्नु ? काठमाडौँमा घर भएको भनेकोले राहत नपाउनु भएको रहिछ। अरु विदेशमा बस्नेहरुले चाई ढाटेर राहत लिएछ्न। तेहा नमिल्ने भएपछि एउटा बन्दै गरेको घरमा गयौ।रंग लगाउन बस्नु भएका कामदारहरुसंग बास बारे कुरा गर्दा खासै सकारात्मक जवाफ नपाए पछि घरको साहुनी दिदिसंग कुरा गर्न जानु भयो अङ्कल । बस्ने ठाउँ मिल्यो।

एक ओटा डसना, सिरक र सिरानी मिल्यो।नँया घर अनि झ्याल पनि नभएकोले गर्दा हामीसंग उपलब्ध सिरक दस्नाले पुग्ला जस्तो लागेन।ज्याकेट लगाएर नै सुतिने भयो आज। अब खाना खोज्नु पर्ने। एकै ठाउँमा खाना र बास नखोज्ने भनेर बास दिने दिदिकोमा खाना को कुरा गरेनौ। एक जना दिदिले किन पैसा नबोकी आउनु भएको ? काम गर्न आउनु भएको हो भने अहिले उधारोमा खानु अनि पछि कमाएर पैसा दिनु भन्नु भयो। ढाट्न नमिल्ने भएकोले तेहा पनि खाएनौ। दुई जना भाईहरु (१८ र २२ वर्ष का) इन्टरनेट चलाउन डाडा तिर जादै रहिछन। उनिहरुसंग कुरा गर्दा उनीहरुको लागि बनाएको खाना खानु हामी केहि बेरमा बनाएर खान्छौ भने। बल्ल बल्ल खाना पनि मिल्यो। सप्तरीका उनीहरु ज्यालामा काम गर्न काठमाडौँको ठेकदारले पठाएको रहिछ त्यहा। एक जना साथी काठमाडौँ गएकोले सिरक डसना थप भएको भने। हामीले थप डसना लिएर आयौ र सुत्यौ।

Day ३

बिहान उठी भाईहरुको डसना फिर्ता दियौ र धन्यवाद भनि काठमाडौँ फर्किने बाटो सोध खोज गर्न थाल्यौ। एक जनाले बाटो बताइदिनु भयो। माथि डाडाबाट जुगल हिमाल को शृंखला देखिन्छ भन्दै हुनुहुन्थ्यो एक गाउले दाजुले। आकास नखुलेकोले माथि गइएन। “छिमी, छिमन्चे हुदै तिम्बु गएर त्यहाबाट गाडी चड्ने” रे काठमाडौँ जाने। अर्को आगो बलिराखेको घरमा तातो पानी मागेर खायौ र छिमी को बाटो सोध्दै हिड्यौ । हिड्दै गर्दा जंगलमा एउटा दोबाटो आयो। कता जाने? सिधा कि तल। दुवै तर्फ़ मानिस हिडिराखे जस्तो। दुविधा माझ तल तिर जाने बाटो समायौ। हामी जानुपर्ने ठाउँ तलै छ भन्ने सोचेर। केहि बेरमा स्याम्जेल गाउमा पुग्यौ।

“अघि जानपर्ने सिधा बाटो हो। तपाई हरु सिधै तल झर्नु भएछ। यहाँबाट अब हल्का उकालो पर्नेभयो । खासै समस्या भएन। चिया खानु हुञ्छ?” सोध्नु भयो।
“हुञ्छ” हामीले भन्यौ। “नुन चिया खानु हुञ्छ कि चिनी चिया।”
“नुन चिया” नँया कुरा खान मनलागेर भने।

एता तिर प्राय नुन चियाखादा रहेछन। दुध, घ्यु, चियापत्ती अनि हल्का नुन हालेर बनाइने। एक गिलास सक्दा फेरी हालिदिनु हुञ्छ। केहि बेर जारी रहयो चिया खाने क्रम । करिब ५, ६ गिलास चियाखाए मैले। घर परिवार को बारेमा बुज्दा १ ओटा छोरा र छोरी लाई गुम्बामा पठाउनु भएको रहिछ उतै पढ्ने गरि।कान्छी छोरी चाई नमानेर गाउको स्कुलमा पड्ने रे। माओबादी द्वन्द कालमा बन्द भएर फेरी खोलेको। अनि मात्र गाउमा बस्ने गरिबका छोराछोरीले पढ्ने वातावरण बनेको रे। अहिले पनि जम्मा १०६ जना विद्यार्थी रहिछन यांग्री स्कुलमा । कक्षा ९ मा जम्मा ८ जना छन् रे। धनीहरुले काठमाडौँमा राखेर पढाउने चलन रहेछ पहिलैबाट। बालीनाली पनि जंगली जनावरले केइ नराख्ने भनेर दुख पोख्दै हुनुहुन्थ्यो हामीले सोध्दा। पछि व्यवस्थापन पढ्ने भन्दै थिइन् नानीले। एक छिन् बसेर दुध चिउरा खायौ।अंकलले हस्थलेखन स्किल सिकाई दिनु भयो र धन्यवाद दिई छिमन्चे तर्फ़ लाग्यौ।

बाटो भरि ऐसेलु। मन थाम्नै गारो। ऐसेलु खादै, हिड्दै गर्न थाल्यौ हामी। छिमन्चे पुगेपछि माथि तिरबाट तल जादै गरेकी दिदि भेटीइन। बाटो सोध्यौ अनि संगै हिडेम केहि बेर। हजुरआमा बितेर तल जादै हुनुहुदो रहिछ। माथिबाट झर्दा बीच बाटोको जंगल कटाउन भाई आएको रहिछ। जंगली जनावरको त्रासले । इजरायल ७ वर्ष बसेर आउनु भएको रहिछ। उताको पैसाले जग्गा र घर जोडेको रे। अहिले ३२ हजार जति आउदो रहिछ २ तलाको घर भाडा बाट। यस्तै यस्तै गफ गर्दा गर्दै उनलाई अर्को भाई तल बाट लिन आए। हामी पनि ओरालोमा मा एसेलू, हाडे काफल खादै तल तिर हिडीराखेका थियौ। श्युगेञ्चे (७५७२ ft ) हुदै नुर्बुलिङ्ग पुग्यौ। एक छिनमा मानिस मरेको ठाउँ मा पुग्यौ। आफ्नो रिति अनुसारको काम हुदै थियो। गाउले मानिसहरु जम्मा भएका थिए।त्यसको केहि तल नुर्बुलिङ्ग मनिचौर स्कुल आयो।

करिब ९ बजेको थियो। १ छिन् पढाएर जाम भन्नु भयोअंकलले। अनि स्कुल मा गएर sir, miss हरु संग कुरा गर्न थाल्यौ। १ जना English lady (Chinese origin) ले पनि volunteer भएर पढाउदी रहिछन । English teacher संग स्कुल को बारेमा सोधखोज गर्यौ। कम्प्युटर teacher कम्प्युटर मा बेस्त हुनुहुन्थ्यो।धेरै जसो बाहिरका बिद्यार्थी पढदा रहिछन। होस्टेलमा बसेर। होस्टेलका विद्यार्थीहरुले (१३५ जना होस्टेल बस्ने,जम्मा १६० जना बिद्यार्थी) खाना खाने समय भएको रहिछ। जाउलो खादा रहिछन बिद्यार्थीहरुले र सरहरुले सुक्का रोटि । सरले खाजा खान जाऊ भनेसी हामी पनि गयौ। हामीले पनि जाउलो खायौ।मिठो रहिछ । एकछिन मा principal sir आउनु भएसी कुरा गरेर ७, ८, ९ र १० का विद्यार्थी लाई एउटा कोठामा राखेर कस्तो सपना देख्नी, अनि कसरी प्राप्त गर्ने आफ्नो सपना भन्ने बिषय ४० min जति पढाउनु भयो अंकलले।त्यसपछि हामी सर मिसहरुसंग विदा मागेर हिड्यौ।

हिड्दै गर्दा मन कटक्क खाने NGO ले बनाएका धाराहरु देखिए बाटोमा ।२, ३ ओटा नजिकै नजिकै। २ ओटा चाई बिग्रिएको जस्तो थियो। घर नभएको ठाउँमा बनाइएका धाराहरु । फरक फरक NGO ले बनाएको जस्तो। पैसा पकाउनको लागि। बनायो छोड्यो। प्रयोग गर्ने मान्छे पनि छैनन् अनि मर्मत सम्भार पनि छैन।

बाटोमा भेटिने विभिन्न मानिसहरुसंग कुरा गर्दै हिडिराखेका थियौ। एकजना बाजे सहित को ५ -६ जना को हुल भेटियो। कम्मरमा खुकुरी भिरेका।“किन भिरेको दाई डर लाग्यो।” भन्दा यो त सोभा मात्र हो भन्दै थिए। पानी छ कि भनेर सोधेको Deu लिएर आएका रहिछन। तेही खाइयो। गर्मिले पिरोलेसी।

“झोला मा के छ बाजे केइ खाने कुरा छैन?” अंकलले सोध्नु भयो।
“तपाईले खान्न होला? गोरु को मासु छ।” निकै गार्हो गरि भने बाजेले।
“गोरुको होइन म त केइ को मासु नि खान्न बाजे।” अंकलले भन्नु भयो।
तेस्को केहि तल १५ — १६ वर्ष को जस्ती नानी भेटिइन।
“नानी आज पढाई छैन?” अंकलले सोध्नु भयो।
“बिहे गरेको मान्छे को नि के को पढाई।“ नानी को उत्तर आयो।

सामान्य लाग्ने घतलाग्दो उत्तर । सानै उमेरमा बिहे अनि घर व्यवहार।
केहि बेर हिड्दा आलुबखरा लटरम्म फलेका बारी हरु आयो। केहि टिपेर खाइयो अनि केहि गोजी मा हालियो। शरीरलाई पौस्ट्रिक तत्व जो पुर्याउनु थियो।

तिम्बु (४३९३ फिट) पुग्दा ११ बजेको थियो। पानी मागेर खायौ र काठमाडौँ जाने अबको गाडीको बारेमा सोध्दा १२ बजे एउटा जाने र अन्तिम गाडी २ बजे जाने थाहा पायौ।अर्को पैदल हिड्ने बाटो पनि रहेछ काठमाडौँ जाने। तिम्बु बाट कुटुमुसान हुदै सुन्दरीजल निस्कने। अहिले नभ्याउने भएकोले पछि कुनै समय हिड्ने विचार गरि नजिकैको मेलम्ची सुरुङ हेरी काठमाडौँ गाडीमा फर्किने विचार गर्यौ। त्यहाँबाट मेलम्ची को सुरुङ ३ कि मी पर रहिछ। ४०/५० min मा पुगेर १ छिन् बसेर आउन त गारो पर्छ। पैसा छैन। लास्ट को गाडी ले लैजान्न भन्यो भने गारो हुन्छभन्ने सोचेर “बाइक खोजौ पाइयो भने जाउला नत्र अहिलेलाई यतिकै भयो।” भनेर एसो तल तिर गएको एउटा रोकिराखेको बाइक देखियो। कसको बाइक हो भनि सोधखोज गरेर बाइक वाला दाजु लाई १ छिन् बाइक दिन अनुरोध गरियो । आफ्नो माथि गएर तल जानु पर्ने भएको ले नमिल्ने बताए सुरुमा। कामै बिग्रने गरि त नजाउ। मिल्छ भने लगिदिनुस भनेको, १ छिन पछि तेब्बर जाऊ न त भने दाजुले । सुरुङ पनि देखिने भैयो :D

भू पु आर्मी रहिछन उनि। तेही भएर सजिलै छिर्न पाइयो भित्र । हामी भन्दा अघि गएकाहरु छिर्न नपाएर बीच बाटो बाटै फर्किनु परेको थियो।

त्यहा बाट तिम्बु फर्किदा ११:४५ बजेको थियो। १५ min गाडीमा बस्न भन्दा हिडौ भनेर हिड्न थाल्यौ। किउल पुग्दा १२:३० भएको थियो। यतिकैमा गाडी आयो। चढेम । अहिले गाडीस्टाफलाई नभनेर गाडी को यात्रु लाई भाडा प्रयायोजन गरिदिन भन्ने सल्लाह गरेर बसिराखेको थियौ। यदि कोहि नभेटीदै कन्डक्टर भाई पैसा माग्न आए के भन्ने। मिल्छ भने काठमाडौँ नत्र धुलिखेल नत्र मेलम्ची सम्म पुर्याइदेउ भन्ने।उत्तरको लागि ट्यापमा पार्ने। किनकि मेलम्चीबाट ४ बजे सम्म काठमाडौँको लागि गाडी छुट थियो। यस्तै सल्लाह गर्दै थियौ। ठय्याक्क काठमाडौँ जानको लागि ४ जना भाईहरु चढे। सुरुमा लिमिटेड पैसा भएको र नपुग्ने बताएका थिए भाईहरुले। पछि तेती पैसा मै कन्डक्टर भाईसंग कुरा गरेर मिलाउला नि भनेपछि हुन्छ भने । कन्डक्टर भाईलाई भाडा दियौ। ल यति भएसी काठमाडौँ पनि पुगिने भइयो। आज काठमाडौँ गाइञ्छ कि नै भन्ने मनको दुविदा पनि सकियो। अनि भन्यौ भाई हरु लाई हाम्रो यात्रा को उदेश्य। भाईहरु त पुरै अचम्मित ।

करिब ५ बजे तिर कोटेश्वर झरेर म पुल्चोव्क तिर आउन टेम्पू चढे।अङ्कल कलंकी जान गाडी।टेम्पोको ढोका तिर थिए।डाइभरको नजिक तिर बस्न पाए त सजिलै हुन्थ्यो भाडा छैन है दाई भन्न लाई। अरु झरे १ जना भाई बाकी थियो डाइभरको साइड तिर। “भाई कहाँ जाने हो?” सोधे। “रत्नपार्क” उसले भन्यो। “लौ! यो त जादैन त। यहि झरेर पारि गई रत्नपार्क जाने माइक्रो चढ।” भाई थापाथली नजिक झर्यो। म डाइभर नजिक आइपुगे। कुपन्डोल तिर आएसी दाई पैसा छैन है नबिल बैंक मा हो झर्ने भने।अहिले देखि नै फोकट मा चढेको भन्ने थाहा दिम भनेर भनेको।फेरी झर्ने बेला मा झ्याउ होला भनेर । बेला बेला मा ऐनाबाट मलाई हेर्थे डाइभर दाजुले।कस्तो मान्छे हो पैसा नबोकी हिड्ने भनेर हो कि । :D नबिल बैंक आयो। धन्यवाद है दाई भनेर झरे। अनि यतिकै मा सकियो हाम्रो “बाच्ने यात्रा” अथवा “जोगी यात्रा”। पहिलो पल्ट मागेर यात्रा गरियो।त्यो पनि हेलम्बु सम्म।

गएको ३ दिन अरु ३ दिन भन्दा निकै फरक थियो। सामान्य तथा सोच्न समेत नसकिने यात्रा गरिएको थियो। बाहुन, क्षत्री, नेवार, तामांग, शेर्पा, लामा, गुप्ताको सहयोगमा हामीले गास र बास मिलाएका थियौ। विभिन्न बर्ण, उमेर, लिङ्ग, जातका मानिसहरु भेटेका थियौ। हाम्रो घर गाउका मानिस हरु कति सहयोगी हुन्छन भन्ने प्रतेक्ष्य अनुभव गर्ने मौका पाएको थिए। उनिहरुको सुख/दुख को एक भन्को बुझ्ने मौका पाए।तराई को सुख/दुख त अलि अलि देखेको थिए। अहिले पहाडको सुख/दुखको साक्षतकार गर्ने, सुन्ने अवसर मिल्यो। सामान्य सोचे भन्दा निकै राम्रो पाए मैले हाम्रो गाउ समाजको वातावरण। जस्तो सुकै अभावमा हुर्केको भए नि मानिसहरुको सहयोगी भावना अचम्मको थियो। मलाई फरक यात्राको अनुभब गर्ने अवसर दिनु भएको मा हरि अङ्कललाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु।

यहाँ सम्म आउनु भयो भनेपछि तपाइलाई केहि नँया लाग्यो होला हाम्रो यो यात्रा। कस्तो लाग्यो भन्ने कुरा response मा share गर्नु भए आभारी हुने थिए।

Route:

Day 1: Balkhu-Koteshwor-Deupur (all via Bus)

Day2: Deupur — Shivaghat — Bahuntar — Melamchi — Bagaicha — Dubochaur — Palchowk — Ningale — Sermathang (around 45Km all walk)

Day 3: Sermathang — Chhime — Chhimanche — Timbu — Kiul — Melamchi — Koteshwor — Patan (walked upto Kiul then by bus)

Survival Tour is one of the theme tour Hari uncle do once in a year. It is his 13th time and mine first. More detail about Hari Kumar Silwal uncle and his purpose visits are available at http://hasikumar.com/?HKSPageID=crazy_experiences

Kantipur Article link

तंग्रिँदै हेलम्बुको पर्यटन by अनिश तिवारी

PS: युनिकोड नेपालीमा लेख्न खोज्दा भएको अशुद्ध शब्द हरु को लागी हार्दिक क्षमा प्रार्थी छु।

पछिल्लो ब्लग:

विपश्यना ध्यान : संस्मरण

--

--